— विपक्षी दलहरूको समाजवादी मोर्चा पुन: सक्रिय भएको छ । करिब छ महिनापछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मोर्चाको बैठक बसेको हो ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एस गठबन्धन सरकार भएको बेला गठन भएको मोर्चा यो गठबन्धन टुटेसँगै निष्क्रिय थियो ।
मोर्चाका संयोजक नेपाल कम्युनिस्ट पार्टीका महासचिब नेत्रविक्रम चन्दको अध्यक्षमा बसेको बैठकमा कार्यसञ्चालन कार्यविधि मस्यौदालाई अन्तिम रुप दिन छलफल भएको सहभागी एक नेताले बताए ।
मोर्चाले कांग्रेस एमाले गठबन्धन सरकारलाई खबरदारी गर्न कार्यक्रम तय गर्ने तयारी समेत गरेको छ । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव चन्द र नेपाल समाजवादी पार्टी (यादव) पक्षका महेन्द्र यादवलगायत नेताहरु सहभागी छन् ।