पूर्वको व्यस्त विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन वन्दै
पूर्वको व्यस्त विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन वन्दै

— पूर्वको व्यस्त विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन वन्दैछ । बढीमा एक वर्षभित्र करिब ६० वर्ष पुरानो टर्मिनल भवन छाडेर नयाँ टर्मिनल भवनमा स्थानान्तरण हुने बताइएको छ । पछिल्लो समय आन्तरिक हवाई यात्रुको बढ्दो चाप थेग्न विराटनगर विमानस्थललाई हम्मेहम्मे पर्ने गरेको छ ।


सन् २०२१ देखि २०२४ सम्म यात्रुको चाप ५ प्रतिशतले बढेको थियो । सन् २०२५ देखि सन् २०३० सम्म ४ प्रतिशत र सन् २०३० देखि सन् २०३५सम्म ३ प्रतिशत यात्रु बढ्ने पूर्वानुमान नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को छ ।


प्राधिकरणले करिब ३ अर्ब १२ करोड रुपैयाँ लागतमा अत्याधुनिक र सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरिरहेको छ । सँगै धावनमार्ग पनि विस्तार गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काले दुई वर्षमा करिब ४५ प्रतिशत हाराहारीमा काम सम्पन्न भइसकेको जनाए । उनका अनुसार जसमा वित्तीय प्रगति ३७ प्रतिशत मात्रै छ ।

‘आगामी २०८२ पुसभित्र निर्माण सकेर हस्तान्तरण गरिसक्ने योजना छ,’ इन्जिनियर खड्काले भने,‘त्यही कारण काम तीव्र पारिएको छ ।’ टर्मिनल भवनको शिलान्यास तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गरेका थिए । निर्माणको ठेक्का केसी, डाँफे जेभीले पाएको छ । इन्जिनियर खड्काका अनुसार १६ हजार ५ सय ९० वर्ग मिटर क्षेत्रफलमा भवन निर्माण भइरहेको छ । चाँडै १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्गलाई लम्ब्याएर १ हजार ७ सय ७० मिटर बनाइने प्राधिकरणले जनाएको छ । ‘धावन मार्गको स्तरोन्नतीले उडानलाई थप सुरक्षित र प्रभावकारी बनाउने पक्का छ,’ खड्का भन्छन् ।
नयाँ टर्मिनल भवन निर्माणपछि ६४ वर्षपछि विराटनगर विमानस्थल नयाँ रुपमा देखिने छ । विराटनगरमा सन् १९५८ मा विमानस्थल बनेको थियो । पहिला भारतको जोगबनी नजिकैको जतुवा गाउँमा रहेको विमानस्थल केही समयपछि विराटनगर सारिएको थियो । नयाँ टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, चारवटा रेस्टुरेन्ट, सम्मेलन कक्ष, तीनवटा भीआईपी कक्ष, बाल उद्यान, स्तनपान कक्षजस्ता सुविधा हुनेछ ।

पूर्वी नेपालको प्रमुख विमानस्थलमध्येको विराटनगरबाट दैनिक २० भन्दा बढी उडान हुँदै आएको छ । विगतमा पहाडी गन्तव्यहरू, तुम्लिङटार, भोजपुर, रुम्जाटार, पोखरा र माउन्टेन फ्लाइटसमेत हुन्थ्यो । विमानस्थलको स्तरोन्नतिपछि बन्द रहेका आन्तरिक उडानलाई पुनः सञ्चालन गर्ने र भारत, बंगलादेशलगायतका छिमेकी देशहरूमा समेत उडान गर्ने योजना प्राधिकरणको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गरी विराटनगर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न निजी क्षेत्रसँग सहकार्य भइरहेको जनाएका छन् । खासगरी नजिकका छिमेकी मुलुकहरू भारत र बंगलादेशका विभिन्न सहरमा सीधा उडानको सम्भावना रहेको मुख्यमन्त्री कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— रास्वपा सभापति रवि लामिछानेले नेपालमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । सहकारी ठगी लगायतका मुद्दामा काठमाडौं जिल्ला अदालतबाट बुधबार धरौटीमा रिहा भएपछि लामिछानेले न्याय प्रक्रियालाई सघाएको बताए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशअनुसार काठमाडौं जिल्ला अदालतमा धरौटी वापत बैंक ग्यारेन्टी बुझाएर ...
— गैंडाले आक्रमण गर्दा मंगलबार चितवन माडीमा एकजनाको निधन भएको छ । चितवन निकुञ्ज कार्यालयबाट प्राप्त विवरणअनुसार आक्रमणमा परेर चितवन माडी नगरपालिका-३ बैराठका ५६ वर्षीय छविलाल बोटेको निधन भएको हो । निकुञ्जको सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापामगरले भैंसी चराउन रिउ खोला बगरको काँसघारीमा गएका बेलामा बोटेलाई गैंडाले आक्रमण गरेको बताए । उनको घटनास्थलमै निधन ...
: कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासले बुधबार लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो। पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी मुद्दामा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमाछुटेका लामिछाने काठमाडौंमा पनि धरौटीमा रिहा भएका हुन्। स्वर्णलक्ष्मी सहकारी ...
कहिलेकाहीं राजनीति रोचक सञ्जोगबाट अगाडि बढ्छ । जस्तो, गतसाता काठमाडौंमा एउटा त्यस्तै रोचक सञ्जोग बन्यो । अर्थात् एकैदिन एमाले र माओवादीको केन्द्रीय समितिको बैठक बस्यो । र, एकैदिन सकियो । रोचक के भने, दुवै पार्टीका बैठकमा उनीहरूले मनग्गे एकअर्काको कुरा गरे । कुरा गर्नु स्वाभाविक पनि हो, किनभने यी पार्टीहरूको सम्बन्धको आफ्नै ऐतिहासिक सिलसिला र उतारचढाव छ । जो, कहिले तीव्र अन्तरविरोधको ...
— राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार भूमिसम्बन्धी अध्यादेश जारी भएको जानकारी दिएकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्ले योसहित ५ अध्यादेश सिफारिस गरेकोमा ४ अध्यादेश यसअघि ...