मुख्य समाचार
इजरायल र हमासबीचको युद्ध कहिले रोकिएला ?
इजरायल र हमासबीचको युद्ध कहिले रोकिएला ?

— इजरायल र हमासबीच १५ महिना लामो युद्ध अन्त्यको दिशातिर थप उल्लेख्य प्रगति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । गाजा क्षेत्रमा युद्धविराम र बन्धकहरूको रिहासम्बन्धी सम्झौताको मस्यौदा तयार भएको छ । यस्तो मस्यौदा युद्धविरामको मध्यस्थ गरिरहेको कतारले सोमबार दुवै पक्षलाई पठाएको थियो ।


प्रस्तावित मस्यौदाअनुसार प्रगति भएको खण्डमा गाजामा ४२ दिनका लागि लडाइँ रोकिनेछ र दर्जनौँ इजरायली बन्धकहरू र सयौँ प्यालेस्टिनी कैदीहरू रिहा हुनेछन् ।


मस्यौदाअनुसार पहिलो चरणमा इजरायली सेना गाजाको किनारातिर फिर्ता हुनेछ, र धेरै प्यालेस्टिनीहरू आफ्ना बाँकी रहेका घरमा फर्कन सक्नेछन् । त्यसपछि सहायता आपूर्तिको काम अघि बढ्नेछ । एसोसिएट प्रेसले युद्धविराम पहिलो चरण पछिसम्म टिक्छ कि टिक्दैन भन्ने प्रश्न भने कायमै रहेको जनाएको छ ।

एसोसिएट प्रेसले केही साताभित्र सुरु हुने अपेक्षा गरिएको नयाँ चरणको वार्तामा इजरायल, हमास, अमेरिका, इजिप्ट र कतारी मध्यस्थहरूले गाजा कसरी शासित हुनेछ भन्ने जटिल मुद्दा समाधान गर्नुपर्ने विषय प्रवेश गर्नुपर्नेछ । यो चरणमा उल्लेख्य प्रगति नभएमा अहिले भएको वार्ताको प्रगति शून्यमा झर्न सक्छ । यदि दोस्रो चरण सुरु गर्न ४२ दिनभित्र कुनै सम्झौता भएन भने, इजरायलले गाजामा हमासलाई नष्ट गर्न पुनः आफ्नो आक्रमण सुरु गर्न सक्छ : यद्यपि दर्जनौँ बन्धकहरू अझै हमासको नियन्त्रणमा रहन सक्छन्।

हमासले युद्धविराम सम्झौताको मस्यौदामा सहमति जनाएको दुई अधिकारीहरूले पुष्टि गरेका छन्। तर इजरायली अधिकारीहरूले भनेका छन् कि सम्झौताका विस्तृत विवरणहरू अझै टुंगिएको छैन, जसको अर्थ केही सर्तहरू परिवर्तन हुन सक्छन् वा सम्पूर्ण सम्झौता नै असफल हुन सक्छ।

प्यालेस्टिनी अधिकारीहरूका अनुसार हमास र इजरायली अधिकारीहरूले सोमबार एउटै भवनमा ६ घण्टा अप्रत्यक्ष वार्ता गरेका थिए । इजरायली सञ्चार माध्यमहरूले सम्भावित युद्धविराम सम्झौता तीन चरणमा लागू हुने जनाएका छन् । पहिलो चरणमा गाजामा बन्दी रहेका ३३ इजरायली बन्दीहरूलाई रिहा गरिनेछ । त्यसको बदलामा इजरायलले प्रत्येक महिला सिपाहीको सट्टामा ५० प्यालेस्टिनी कैदी र हमासले बन्दी बनाएका हरेको सट्टामा ३० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ ।

इजरायल र हमासबीच जारी वार्ता नेपालका निम्ति किन चासोको विषय भइरहेको छ भने, हमासको नियन्त्रणमा नेपालका विपिन जोशी रहेका छन् । वार्ता सफल भएको खण्डमा अपहरणमा रहेका विपिनसहितका बन्धकहरू छुटेनछन् ।


परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल‐खुलाइफीसँग फोन वार्ता गरेकी थिइन् । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्ति वार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्तासमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको जानकारी दिएका छन् । उनले भने, ‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव दिएर जाँदैछौं, यही हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब हेर्नेछौं, इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन ।’ इस्लामाबादमा आयोजित ...
: अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी 'एयर फोर्स टु' विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्। बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्। इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान ...
: इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौतामा सहमति नजुटेपछि स्वदेश फर्किएको छ। इरानी संसदका सभामुख मोहम्मद बगेर गालिबाफको नेतृत्वमा आएको उक्त टोली स्थानीय समयअनुसार आज बिहान करिब ८ बजेपछि इस्लामाबादबाट उडेको हो। यसअघि, अमेरिकी प्रतिनिधिमण्डल पनि शान्ति वार्तामा कुनै ठोस सम्झौता हुन नसकेपछि पाकिस्तानबाट फर्किसकेको छ। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरेका थिए। गत मंगलबार राति ...
: इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका सँग ‘दुई–तीन महत्वपूर्ण विषयमा सहमति नजुटेका कारण’ सम्झौता हुन नसकेको बताएका छन् । उनले इरान न्यूज नेटवर्कसँग कुरा गर्दै पाकिस्तानको मध्यस्थतामा २४–२५ चरणका अप्रत्यक्ष वार्ता भएको जानकारी दिएका छन् । केही विषयमा अमेरिकी प्रतिनिधिमण्डलसँग सहमति बने पनि दुई–तीन मुद्दामा विचार नमिल्दा अन्तिम सम्झौता हुन नसकेको उनले जानकारी दिएका ...
: पाकिस्तानी राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच २१ घण्टा चलेको वार्ता कुनै नतिजा बिना समाप्त भयो । यो जानकारी अमेरिकी उपराष्ट्रपतिले दिएका हुन्, जो वार्ताका लागि पाकिस्तान आएका थिए । आइतबार बिहान ६ बजेपछि पत्रकार सम्मेलनमा जेडी भान्सले पाकिस्तानले अमेरिका र इरानबीच दूरी घटाउन र सम्झौता गराउन पूरा प्रयास गर्‍यो, तर हामी कुनै सम्झौतामा पुग्न ...