मुख्य समाचार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्धको महाभियोगमाथि सुनुवाइ सुरू
दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्धको महाभियोगमाथि सुनुवाइ सुरू

— दक्षिण कोरियाको संवैधानिक अदालतले गत महिना 'मार्सल ल' जारी गरेपछि निलम्बित राष्ट्रपति युन सुक यओललाई पदबाट हटाउने विषयमा सुनुवाइ सुरू गरेको छ । तर युन अनुपस्थित भएकाले पहिलो सुनुवाई चार मिनेटमा नै सकिएको दक्षिण कोरयाली अधिकारीहरूले जनाएका छन् ।


युनका वकिलहरूले सुनुवाई सुरू हुनुअघिनै उनी आफ्नो सुरक्षाका कारण अनुपस्थित हुने जनाएका थिए । युनविरूद्ध दक्षिण कोरियाली अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।


डिसेम्बरमा ३ युनले अप्रत्यासित रूपमा मार्सल ल लागू गरेपछि उनलाई संसदले निलम्बन गरेको हो । उक्त कदमपछि विपक्षी दलले दर्ता गराएको महाभियोग प्रस्तावमा उनको आफ्नै पार्टीका सांसदहरूले पनि मतदान गरेका थिए ।

तर उनी पदमुक्त हुने विषयको अन्तिम निर्णय भने संवैधानिक अदालतले गर्नेछ । आठ सदस्यीय अदालतका कम्तीमा ६ सदस्यले महाभियोगलाई समर्थन गरेको खण्डमा उनी औपचारिक रूपमा पदबाट हट्नेछन् ।

दक्षिण कोरियाको कानून अनुसार अब अदालतले युनको उपस्थितिबिना नै सुनुवाईका लागि नयाँ मिति तोक्नुपर्नेछ । बीबीसीका अनुसार अर्को सुनुवाई बिहीबारका लागि तोकिएको छ ।

युनका वकिलहरूले उनी उचित समयमा सुनुवाईका लागि उपस्थित हुने जनाएका छन् । तर उनीहरूले सुनुवाई मितिबारे अदालतको एकपक्षीय निर्णयलाई चुनौती दिएका जनाइएको छ । मंगलबार अदालतले आठ न्यायाधीशमध्ये एकलाई सुनुवाई प्रक्रियाबाट हटाउन वकिलहरूले गरेको अनुरोध अस्वीकार गरेको थियो ।

डिसेम्बर १४ मा संसदले महाभियोग लगाउन मतदान गरेयता यूनले सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन् । त्यसयता उनले आफ्ना प्रमुख वकिलहरू मार्फत बोल्दै आएका छन् ।


अनुसन्धानकर्मीरूले युनलाई विद्रोह गरेको मुद्दामा पक्राउ गर्ने तयारी गरिरहेका छन् । प्रहरीले उनलाई हिरासतमा लिने दोस्रो प्रयास केही दिनमै गर्न लागेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । युन पक्राउको सामना गर्ने दक्षिण कोरियाको पहिलो बहालवाला राष्ट्रपति हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...