मुख्य समाचार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्धको महाभियोगमाथि सुनुवाइ सुरू
दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्धको महाभियोगमाथि सुनुवाइ सुरू

— दक्षिण कोरियाको संवैधानिक अदालतले गत महिना 'मार्सल ल' जारी गरेपछि निलम्बित राष्ट्रपति युन सुक यओललाई पदबाट हटाउने विषयमा सुनुवाइ सुरू गरेको छ । तर युन अनुपस्थित भएकाले पहिलो सुनुवाई चार मिनेटमा नै सकिएको दक्षिण कोरयाली अधिकारीहरूले जनाएका छन् ।


युनका वकिलहरूले सुनुवाई सुरू हुनुअघिनै उनी आफ्नो सुरक्षाका कारण अनुपस्थित हुने जनाएका थिए । युनविरूद्ध दक्षिण कोरियाली अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।


डिसेम्बरमा ३ युनले अप्रत्यासित रूपमा मार्सल ल लागू गरेपछि उनलाई संसदले निलम्बन गरेको हो । उक्त कदमपछि विपक्षी दलले दर्ता गराएको महाभियोग प्रस्तावमा उनको आफ्नै पार्टीका सांसदहरूले पनि मतदान गरेका थिए ।

तर उनी पदमुक्त हुने विषयको अन्तिम निर्णय भने संवैधानिक अदालतले गर्नेछ । आठ सदस्यीय अदालतका कम्तीमा ६ सदस्यले महाभियोगलाई समर्थन गरेको खण्डमा उनी औपचारिक रूपमा पदबाट हट्नेछन् ।

दक्षिण कोरियाको कानून अनुसार अब अदालतले युनको उपस्थितिबिना नै सुनुवाईका लागि नयाँ मिति तोक्नुपर्नेछ । बीबीसीका अनुसार अर्को सुनुवाई बिहीबारका लागि तोकिएको छ ।

युनका वकिलहरूले उनी उचित समयमा सुनुवाईका लागि उपस्थित हुने जनाएका छन् । तर उनीहरूले सुनुवाई मितिबारे अदालतको एकपक्षीय निर्णयलाई चुनौती दिएका जनाइएको छ । मंगलबार अदालतले आठ न्यायाधीशमध्ये एकलाई सुनुवाई प्रक्रियाबाट हटाउन वकिलहरूले गरेको अनुरोध अस्वीकार गरेको थियो ।

डिसेम्बर १४ मा संसदले महाभियोग लगाउन मतदान गरेयता यूनले सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन् । त्यसयता उनले आफ्ना प्रमुख वकिलहरू मार्फत बोल्दै आएका छन् ।


अनुसन्धानकर्मीरूले युनलाई विद्रोह गरेको मुद्दामा पक्राउ गर्ने तयारी गरिरहेका छन् । प्रहरीले उनलाई हिरासतमा लिने दोस्रो प्रयास केही दिनमै गर्न लागेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । युन पक्राउको सामना गर्ने दक्षिण कोरियाको पहिलो बहालवाला राष्ट्रपति हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको जानकारी दिएका छन् । उनले भने, ‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव दिएर जाँदैछौं, यही हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब हेर्नेछौं, इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन ।’ इस्लामाबादमा आयोजित ...
: अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी 'एयर फोर्स टु' विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्। बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्। इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान ...
: इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौतामा सहमति नजुटेपछि स्वदेश फर्किएको छ। इरानी संसदका सभामुख मोहम्मद बगेर गालिबाफको नेतृत्वमा आएको उक्त टोली स्थानीय समयअनुसार आज बिहान करिब ८ बजेपछि इस्लामाबादबाट उडेको हो। यसअघि, अमेरिकी प्रतिनिधिमण्डल पनि शान्ति वार्तामा कुनै ठोस सम्झौता हुन नसकेपछि पाकिस्तानबाट फर्किसकेको छ। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरेका थिए। गत मंगलबार राति ...
: इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका सँग ‘दुई–तीन महत्वपूर्ण विषयमा सहमति नजुटेका कारण’ सम्झौता हुन नसकेको बताएका छन् । उनले इरान न्यूज नेटवर्कसँग कुरा गर्दै पाकिस्तानको मध्यस्थतामा २४–२५ चरणका अप्रत्यक्ष वार्ता भएको जानकारी दिएका छन् । केही विषयमा अमेरिकी प्रतिनिधिमण्डलसँग सहमति बने पनि दुई–तीन मुद्दामा विचार नमिल्दा अन्तिम सम्झौता हुन नसकेको उनले जानकारी दिएका ...
: पाकिस्तानी राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच २१ घण्टा चलेको वार्ता कुनै नतिजा बिना समाप्त भयो । यो जानकारी अमेरिकी उपराष्ट्रपतिले दिएका हुन्, जो वार्ताका लागि पाकिस्तान आएका थिए । आइतबार बिहान ६ बजेपछि पत्रकार सम्मेलनमा जेडी भान्सले पाकिस्तानले अमेरिका र इरानबीच दूरी घटाउन र सम्झौता गराउन पूरा प्रयास गर्‍यो, तर हामी कुनै सम्झौतामा पुग्न ...