मुख्य समाचार
गाजा युद्धविरामबारे कतारमा वार्ता जारी, सम्झौता हुने संकेत
गाजा युद्धविरामबारे कतारमा वार्ता जारी, सम्झौता हुने संकेत

— गाजा क्षेत्रमा युद्धविराम र बन्धकहरूको रिहासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन इजरायल र हमासका प्रतिनिधिहरूबीच कतारको राजधानी दोहामा वार्ता जारी छ । वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले युद्धमा पहिलोपटक इजरायल र हमासका प्रतिनिधिहरूले एउटै भवनमा अप्रत्यक्ष वार्ता गरिरहेको बताएका बीबीसीले उल्लेख गरेको छ ।


हमासले पनि इजरायली सेनाले स्ट्रिप छाड्ने विषयको आफ्नो सर्त त्यागेको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एउटा सम्झौता सफल हुने क्रममा रहेको बताएका छन् । एक इजरायली अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई पनि बढीमा केही घण्टा वा दिनमा सम्झौता हुने बताएका छन् ।


आगामी जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्ने डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता नभएको खण्डमा स्थिति भयावह हुने धम्की दिएसँगै वार्ता टुंगोमा पुग्न लागेको समाचार सार्वजनिक भएको हो ।

बाइडेनले आइतवार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गरेका थिए । त्यस्तै, उनले सोमबार वार्ताको मध्यस्थता गरिरहेका कतारका शेख तमिम बिन हमाद अल-थानीसँग कुरा गरेका थिए । प्यालेस्टिनी अधिकारीहरूका अनुसार हमास र इजरायली अधिकारीहरूले सोमबार एउटै भवनमा ६ घण्टा अप्रत्यक्ष वार्ता गरेका थिए ।

इजरायली सञ्चार माध्यमहरूले सम्भावित युद्धविराम सम्झौता तीन चरणमा लागू हुने जनाएका छन् । पहिलो चरणमा गाजामा बन्दी रहेका ३३ इजरायली बन्दीहरूलाई रिहा गरिनेछ । त्यसको बदलामा इजरायलले प्रत्येक महिला सिपाहीको सट्टामा ५० प्यालेस्टिनी कैदी र हमासले बन्दी बनाएका हरेको सट्टामा ३० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ ।

त्यस्तै, पहिलो चरणको अन्त्यमा गाजा र इजिप्टको सीमाबीचको क्षेत्र फिलाडेल्फी करिडोरबाट इजरायलले पूर्ण रूपमा सेना फिर्ता गर्नेछ । दोस्रो चरणको युद्धविराम १६ दिनको हुने र गाजामा बन्दी रहेका बाँकी पुरुष र सैनिकहरूलाई रिहा गरिने जनाइएको छ ।

सम्झौताको तेस्रो चरणले गाजामा वैकल्पिक सरकार स्थापना गर्ने र यसलाई पुनर्निर्माण गर्ने योजनालगायत दीर्घकालीन व्यवस्थालाई सम्बोधन गर्ने अजजजिराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...