मुख्य समाचार
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक यओल पक्राउ
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक यओल पक्राउ

— दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक यओल पक्राउ परेका छन्। युनलाई बुधबार बिहान सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीहरूले राजधानी सोलस्थित निवासबाट पक्राउ गरेको बीबीसीले जनाएको छ ।


दक्षिण कोरियामा राष्ट्रपति पक्राउ परेको यो पहिलो घटना हो । युन दोस्रो पटकको प्रयासमा पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्ने यसअघिको सुरक्षाकर्मीको प्रयास असफल भएको थियो । राष्ट्रपतिको सुरक्षा सेवा (पिएसएस)का सुरक्षाकर्मीहरूले पक्राउ गर्न गएका अधिकारीहरूलाई रोकेपछि युन पक्राउ पर्नबाट जोगिएका थिए । त्यसका साथै, उनका समर्थकहरूले पनि पक्राउको लागि अवरोध गरेका थिए ।


बुधबार पनि समर्थकहरूले युनलाई पक्राउ पर्नबाट जोगाउने प्रयास गरेका थिए । भ्रष्टाचार अनुसन्धान कार्यालयले सोधपुछका लागि पटक-पटक बोलाउँदा उपस्थित नभएपछि युनविरूद्ध पश्चिमी सोल जिल्ला अदालतबाट पक्राउको अनुमति लिएको थियो । पक्राउपछि उनलाई भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीहरूले सोधपुछ गरिरहेका बीबीसीले जनाएको छ ।

डिसेम्बरमा ३ युनले अप्रत्यासित रूपमा मार्सल ल लागू गरेपछि उनलाई संसदले निलम्बन गरेको हो । उक्त कदमपछि विपक्षी दलले दर्ता गराएको महाभियोग प्रस्तावमा उनको आफ्नै पार्टीका सांसदहरूले पनि मतदान गरेका थिए । उनको महाभियोगबारे अन्तिम निर्णय संवैधानिक अदालतले गर्न बाँकी छ।

यसबारे अदालतले मङ्गलबारदेखि सुनवाई सुरु गरिसकेको छ । तर युन अनुपस्थित भएकाले मङ्गलबारको पहिलो सुनुवाई चार मिनेटमा नै सकिएको थियो । यसबारे अर्को सुनुवाई बिहीबारका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...