मुख्य समाचार
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक यओल पक्राउ
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक यओल पक्राउ

— दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक यओल पक्राउ परेका छन्। युनलाई बुधबार बिहान सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीहरूले राजधानी सोलस्थित निवासबाट पक्राउ गरेको बीबीसीले जनाएको छ ।


दक्षिण कोरियामा राष्ट्रपति पक्राउ परेको यो पहिलो घटना हो । युन दोस्रो पटकको प्रयासमा पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्ने यसअघिको सुरक्षाकर्मीको प्रयास असफल भएको थियो । राष्ट्रपतिको सुरक्षा सेवा (पिएसएस)का सुरक्षाकर्मीहरूले पक्राउ गर्न गएका अधिकारीहरूलाई रोकेपछि युन पक्राउ पर्नबाट जोगिएका थिए । त्यसका साथै, उनका समर्थकहरूले पनि पक्राउको लागि अवरोध गरेका थिए ।


बुधबार पनि समर्थकहरूले युनलाई पक्राउ पर्नबाट जोगाउने प्रयास गरेका थिए । भ्रष्टाचार अनुसन्धान कार्यालयले सोधपुछका लागि पटक-पटक बोलाउँदा उपस्थित नभएपछि युनविरूद्ध पश्चिमी सोल जिल्ला अदालतबाट पक्राउको अनुमति लिएको थियो । पक्राउपछि उनलाई भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीहरूले सोधपुछ गरिरहेका बीबीसीले जनाएको छ ।

डिसेम्बरमा ३ युनले अप्रत्यासित रूपमा मार्सल ल लागू गरेपछि उनलाई संसदले निलम्बन गरेको हो । उक्त कदमपछि विपक्षी दलले दर्ता गराएको महाभियोग प्रस्तावमा उनको आफ्नै पार्टीका सांसदहरूले पनि मतदान गरेका थिए । उनको महाभियोगबारे अन्तिम निर्णय संवैधानिक अदालतले गर्न बाँकी छ।

यसबारे अदालतले मङ्गलबारदेखि सुनवाई सुरु गरिसकेको छ । तर युन अनुपस्थित भएकाले मङ्गलबारको पहिलो सुनुवाई चार मिनेटमा नै सकिएको थियो । यसबारे अर्को सुनुवाई बिहीबारका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...