रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश
रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश

: कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।


जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासले बुधबार लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी मुद्दामा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमाछुटेका लामिछाने काठमाडौंमा पनि धरौटीमा रिहा भएका हुन्। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा बयान दिन उनी आइतबार आफैं अदालत उपस्थित भएका थिए।


आइतबार बयान सकिए पनि थुनछेक नभएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश भएको थियो। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी,जीबीको साढुभाई दीपक लामा,कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ३९ जनालाई ‍प्रतिवादी कायम गरिएको छ।

उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन्। सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

यस अगाडि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा काठमाडौं जिल्ला अदालतको आदेशपछि रिहा भइसकेका छन्।

सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सूर्यदर्शन सहकारी ठगी मुद्दामा उनीसँगै छविलाल जोशी,रामबहादुर खनाल,कृष्णबहादुर गुरूङ,लिला पछाइ र आरती गुरूङ धरौटी बुझाएर रिहा भएका छन्।

लामिछानेविरुद्ध चितवन,रुपन्देही र पर्सामा पनि सहकारी ठगीमा मुद्दा दायर भइसकेको छ। त्यहाँ उनीसँग अनुसन्धान अधिकृतले बयान लिइसकेको छ। सहकारि ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा अनुसन्धान गर्न प्रहरीले लामिछानेलाई गत कार्त्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— रास्वपा सभापति रवि लामिछानेले नेपालमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । सहकारी ठगी लगायतका मुद्दामा काठमाडौं जिल्ला अदालतबाट बुधबार धरौटीमा रिहा भएपछि लामिछानेले न्याय प्रक्रियालाई सघाएको बताए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशअनुसार काठमाडौं जिल्ला अदालतमा धरौटी वापत बैंक ग्यारेन्टी बुझाएर ...
— गैंडाले आक्रमण गर्दा मंगलबार चितवन माडीमा एकजनाको निधन भएको छ । चितवन निकुञ्ज कार्यालयबाट प्राप्त विवरणअनुसार आक्रमणमा परेर चितवन माडी नगरपालिका-३ बैराठका ५६ वर्षीय छविलाल बोटेको निधन भएको हो । निकुञ्जको सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापामगरले भैंसी चराउन रिउ खोला बगरको काँसघारीमा गएका बेलामा बोटेलाई गैंडाले आक्रमण गरेको बताए । उनको घटनास्थलमै निधन ...
कहिलेकाहीं राजनीति रोचक सञ्जोगबाट अगाडि बढ्छ । जस्तो, गतसाता काठमाडौंमा एउटा त्यस्तै रोचक सञ्जोग बन्यो । अर्थात् एकैदिन एमाले र माओवादीको केन्द्रीय समितिको बैठक बस्यो । र, एकैदिन सकियो । रोचक के भने, दुवै पार्टीका बैठकमा उनीहरूले मनग्गे एकअर्काको कुरा गरे । कुरा गर्नु स्वाभाविक पनि हो, किनभने यी पार्टीहरूको सम्बन्धको आफ्नै ऐतिहासिक सिलसिला र उतारचढाव छ । जो, कहिले तीव्र अन्तरविरोधको ...
— राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार भूमिसम्बन्धी अध्यादेश जारी भएको जानकारी दिएकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्ले योसहित ५ अध्यादेश सिफारिस गरेकोमा ४ अध्यादेश यसअघि ...
— निर्माणमा कुनै समस्या आइनपरे आउँदो २०८२ असोजभित्र नागढुंगा–सिस्ने खोला सुरुङमार्ग हुँदै पूर्व–पश्चिमका लागि सवारीसाधन छुट्नेछन् । २०७६ कात्तिक ४ मा निर्माण थालिएको सुरुङमार्गको ८५ प्रतिशत काम सकिएको छ । अब १५ प्रतिशत मात्र निर्माणको काम ८ महिनाभित्र सक्नुपर्नेछ । सुरुङको धेरै काम सकिइकेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक विजय जैसीले बताए । ‘मुख्य–मुख्य काम सकिसकेको छ, ...