मुख्य समाचार
इजरायल र हमासले गाजामा १५ महिनादेखि जारी युद्ध रोक्न सहमति
इजरायल र हमासले गाजामा १५ महिनादेखि जारी युद्ध रोक्न सहमति

इजरायल र हमासले गाजामा १५ महिनादेखि जारी युद्ध रोक्न सहमति जनाएका छन्। युद्धविरामको अवधिमा हमासले गाजामा बन्धक बनाइएका इजरायली नागरिकहरूलाई रिहा गर्ने सहमति भएको छ। त्यसको बदलामा इजरायलले पनि हमासका मानिसहरूलाई रिहा गर्नेछ।


युद्धविरामको बारेमा आधिकारिक घोषणा भने हुन बाँकी नै छ। इजरायली प्रधानमन्त्री नेतान्याहूको कार्यालयले हमाससँग युद्धविराम सम्झौता अझै नसकिएको बताएको छ।

तर अमेरिकी राष्ट्रपति जो बाइडेन र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले भने युद्धविराम सम्झौताको पुष्टि गरेका छन्। थानीले युद्धविराम जनवरी १९ देखि लागू हुने बताए।




अल जजीराको रिपोर्ट अनुसार थानीले बुधबार हमास र इजरायलका प्रतिनिधिहरूसँग भेट गरेका थिए। त्यसपछि यो सम्झौता भएको हो।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनिगाजामा युद्धविराम सम्झौता भएको जनाएका छन्। उनले मध्यपूर्वमा बन्धकहरूलाई रिहाइ गर्ने सम्झौता भएको जनाए।

७ अक्टोबर २०२३ देखि गाजामा इजरायल र हमासबीच युद्ध चलिरहेको थिए। यसमा दुवै पक्षका ४७ हजारभन्दा बढीको मृत्यु भएको छ।

युद्धविरामपछि के हुन्छ?

युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायली सेना गाजा सीमाबाट ७०० मिटर पछाडि आफ्नो क्षेत्रमा सर्नुपर्ने हमासको शर्त छ। हाल यो युद्धविराम सम्झौता इजरायली मन्त्रिपरिषद्मा पेश हुन बाँकी छ। त्यहाँ अनुमोदन भएपछि युद्धविराम सम्झौता तुरुन्तै लागू हुनेछ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौताको बारेमा बताउँदै हमासले चाँडै बन्धकहरूलाई रिहा गर्ने जनाएका छन्।

इजरायल र हमास बीचको युद्धविरामको पहिलो चरण कुल ४२ दिनसम्म रहन सक्छ। युद्धविराम सम्झौताको पहिलो चरणमा, हमासले ५ महिलासहित ३३ बन्धकहरूलाई रिहा गर्ने छन्। अर्कोतर्फ इजरायलले यसको बदलामा २५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछन्। १५ दिन पछि हमासले बाँकी बन्धकहरूलाई पनि रिहा गर्नेछन्। यसैबीच, दुवै पक्षले स्थायी युद्धविरामको बारेमा छलफल गर्नेछन्।

कतार र अमेरिकाको मध्यस्थतामा सम्झौता

यो सम्झौता इजिप्ट, कतार र अमेरिकाको सहयोगमा कतारको राजधानी दोहामा भएको हो। इजरायलको प्रतिनिधित्व मोसादका प्रमुख डेभिड बार्निया र शिन बेटका प्रमुख रोनेन बारले गरेका थिए।

अमेरिकाको तर्फबाट ट्रम्पका दूत स्टिभ विटकफ र बाइडेनका दूत ब्रेट म्याकगर्क उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...