मुख्य समाचार
माघे संक्रान्तिका अवसरमा नुवाकोटको विभिन्न स्थानमा ३० हल गोरु जुधाइयो
माघे संक्रान्तिका अवसरमा नुवाकोटको विभिन्न स्थानमा ३० हल गोरु जुधाइयो

: माघे संक्रान्तिका अवसरमा नुवाकोटको विभिन्न स्थानमा ३० हल गोरु जुधाइएको छ। माघे संक्रान्तिका अवसरमा नेपालको मुख्य स्थान तारुकाको चन्दनीमा यस पटक विशेष महोत्सवका रूपमा यस वर्षको गोरु जुधाई मेला गरिएको हो।


तारकेश्वर गाउँपालिका-३ चन्दनीमा यस वर्ष छनौट गरेर १४ हल गोरु जुधाइएको हो। गोरुपालक किसानहरूले मदनकुमार श्रेष्ठको अध्यक्षतामा तारुकामा गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरेर यस वर्ष गोरु जुधाई सम्पन्न गरेका हुन्।

तारुकाको चन्दनी पुगेर गोरु जुधाई महोत्सवको मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले उद्घाटन गरे। यसपटक चन्दनीमा १४, बेत्रावतीमा १०, पञ्चकन्यामा ६ हलका साथै शेराबगर, तादी, थानसिङ लगायतका स्थानमा समेत गोरु जुधाइएको छ।

विजेतालाई ११ हजार र उपविजेता गोरु धनीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। यसैगरी पञ्चकन्या गापा-३ पिपलडाँडामा समेत गोरु जुधाइएको छ। सो स्थानमा ६ हल गोरु जुधाइएको आयोजक समितिका अध्यक्ष शिवहरि विष्टले बताए। पञ्चकन्याका निखिल थापाको नाममा दर्ता भएको गोरु प्रथम भएको छ। थापाले नगद २० हजार रुपैयाँ पुरस्कार थापेका छन्।

जीवन थापाको गोरु दोस्रो भएर नगद १५ हजार, केशव थापाको गोरु तेस्रो भएर नगद १० हजार रुपैयाँ पुरस्कार थापेका छन्। सहभागी अन्य गोरुका धनीले सान्त्वना भएर नगद ३/३ हजार रुपैयाँ पुरस्कार थापेका छन्।

नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीमा यस वर्ष १० हल गोरु जुधाइएको छ। विजेता तथा उपविजेता गोरु धनीलाई नगद पुरस्कार प्रदान गरिएको छ। क र ख वर्ग गरेर गरिएको जुधाइमा जित्ने गोरु धनी किसानलाई १५ हजार रुपैयाँ र दोस्रो भएको गोरुको धनी कृषकलाई १३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

माघे संक्रान्तिका दिन गोरु जुधाई हेर्नका लागि नुवाकोटको तारुका र बेत्रावतीसम्म पुग्नका लागि सहज सडकका कारण यातायात सजिलो भएपछि पनि दर्शकहरूको उपस्थिति बर्सेनि बढ्दै गइरहेको आयोजकहरूको भनाई रहेको छ। गोरु जुधाई हेर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गोरखाबाट समेत सर्वसाधारण आउने गरेका छन्।

तारुकाको चन्दनीमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परा २०६० सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा गोरु जुधाउन थालिएको हो। गत २०६२ सालदेखि भने समिति गठन गरेर व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत र प्रतिस्पर्धा गरेका ६ फिल्मको प्रदर्शन यहाँ गरिएको छ । महोत्सवको प्रवद्र्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस प्रदर्शन छायाँ हलमा ३ दिनसम्म गरिएको थियो । चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गरेका हुन् । तीन दिनसम्म देखाइएका ती फिल्मलाई करिब ...
। बलिउड फिल्मकर्मीको संगठन ‘द फेडरेसन अफ वेस्ट इन्डिया सिने इम्प्लोएज’ ले अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको ‘असहयोग निर्देशन’ एक सातापछि फिर्ता लिएको छ । डिसेम्बरमा रणवीर निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’ बाट अन्तिम समयमा बाहिरिएपछि संगठनले सो निर्णय गरेको थियो । संगठनले आफूलाई पठाइएका कानुनी नोटिसको जवाफ कानुनी टोलीमार्फत दिने जनाएको छ । भारतीय मोशन ...
विश्वप्रसिद्ध पप गायिका डुआ लिपा र अभिनेता क्यालम टर्नर विवाह बन्धनमा बाँधिएका छन् । दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आइतबार लन्डनस्थित ओल्ड मेरीलेबोन टाउन हल मा पारिवारिक सदस्य र नजिकका साथीभाइको उपस्थितिमा सादगीपूर्ण समारोहबीच विवाह गरेका हुन् । सार्वजनिक भएका तस्वीरमा ३० वर्षीया डुआ लिपा सेतो स्कर्ट-सुट, चौडा टोपी, सेता पञ्जा र हिल ...
। १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाकारका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट, मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र मिस ...
स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ । स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण ...