मुख्य समाचार
माघे संक्रान्तिका अवसरमा नुवाकोटको विभिन्न स्थानमा ३० हल गोरु जुधाइयो
माघे संक्रान्तिका अवसरमा नुवाकोटको विभिन्न स्थानमा ३० हल गोरु जुधाइयो

: माघे संक्रान्तिका अवसरमा नुवाकोटको विभिन्न स्थानमा ३० हल गोरु जुधाइएको छ। माघे संक्रान्तिका अवसरमा नेपालको मुख्य स्थान तारुकाको चन्दनीमा यस पटक विशेष महोत्सवका रूपमा यस वर्षको गोरु जुधाई मेला गरिएको हो।


तारकेश्वर गाउँपालिका-३ चन्दनीमा यस वर्ष छनौट गरेर १४ हल गोरु जुधाइएको हो। गोरुपालक किसानहरूले मदनकुमार श्रेष्ठको अध्यक्षतामा तारुकामा गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरेर यस वर्ष गोरु जुधाई सम्पन्न गरेका हुन्।

तारुकाको चन्दनी पुगेर गोरु जुधाई महोत्सवको मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले उद्घाटन गरे। यसपटक चन्दनीमा १४, बेत्रावतीमा १०, पञ्चकन्यामा ६ हलका साथै शेराबगर, तादी, थानसिङ लगायतका स्थानमा समेत गोरु जुधाइएको छ।

विजेतालाई ११ हजार र उपविजेता गोरु धनीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। यसैगरी पञ्चकन्या गापा-३ पिपलडाँडामा समेत गोरु जुधाइएको छ। सो स्थानमा ६ हल गोरु जुधाइएको आयोजक समितिका अध्यक्ष शिवहरि विष्टले बताए। पञ्चकन्याका निखिल थापाको नाममा दर्ता भएको गोरु प्रथम भएको छ। थापाले नगद २० हजार रुपैयाँ पुरस्कार थापेका छन्।

जीवन थापाको गोरु दोस्रो भएर नगद १५ हजार, केशव थापाको गोरु तेस्रो भएर नगद १० हजार रुपैयाँ पुरस्कार थापेका छन्। सहभागी अन्य गोरुका धनीले सान्त्वना भएर नगद ३/३ हजार रुपैयाँ पुरस्कार थापेका छन्।

नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीमा यस वर्ष १० हल गोरु जुधाइएको छ। विजेता तथा उपविजेता गोरु धनीलाई नगद पुरस्कार प्रदान गरिएको छ। क र ख वर्ग गरेर गरिएको जुधाइमा जित्ने गोरु धनी किसानलाई १५ हजार रुपैयाँ र दोस्रो भएको गोरुको धनी कृषकलाई १३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

माघे संक्रान्तिका दिन गोरु जुधाई हेर्नका लागि नुवाकोटको तारुका र बेत्रावतीसम्म पुग्नका लागि सहज सडकका कारण यातायात सजिलो भएपछि पनि दर्शकहरूको उपस्थिति बर्सेनि बढ्दै गइरहेको आयोजकहरूको भनाई रहेको छ। गोरु जुधाई हेर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गोरखाबाट समेत सर्वसाधारण आउने गरेका छन्।

तारुकाको चन्दनीमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परा २०६० सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा गोरु जुधाउन थालिएको हो। गत २०६२ सालदेखि भने समिति गठन गरेर व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...