मुख्य समाचार
५ वर्षका जुम्ल्याहाले गरे आधारशिविरसम्मको पदयात्रा
५ वर्षका जुम्ल्याहाले गरे आधारशिविरसम्मको पदयात्रा

: विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको आधारशिविरसम्मको पदयात्रा गर्न रुचाउनेका लागि सौभाग्य नै हो। समुन्द्री सतहबाट ५ हजार ३ सय ६४ मिटरको उचाइमा अवस्थित सगरमाथा आधारशिविर पुग्न बर्सेनि हजारौंको संख्यामा नेपालीसँगै विदेशी आउने गर्छन्। यो पदयात्रा सहज भने छैन, अझ बालबालिका लिएर त्यहाँसम्म हिँडेर जाने परिकल्पना गर्न सकिँदैन। तर, पाँच वर्षका जुम्ल्याहा बालकले हिँडेर नै सगरमाथा आधारशिविरसम्मको यात्रा गरेका छन्। जुम्ल्याहा बालक त्रिजल कवाडी र त्रिनेश कवाडीले सगरमाथा आधारशिविरसम्मको यात्रा आफैंले हिँडेर तय गरे। उनीहरू २०७५ फागुन २१ गते मध्यपुर थिमि नगरपालिका– ७ भक्तपुरमा जन्मेका हुन्।


आमा सुजिता बाडे र बुवा राजेश कवाडीको साथमा सोलुखुम्बुको थामडाँडाबाट ६ दिनको यात्रापछि उनीहरू आधारशिविर पुगेका हुन्। भक्तपुर नगदेशका स्थानीय उनीहरू यही असोज २६ गते शनिबार आधारशिविर यात्राका लागि निस्किएका थिए। सल्लेरी हुँदै थामडाँडासम्म चारपाङ्ग्रे सवारीबाट यात्रा गरेका उनीहरूले थामडाँडाबाट आधारशिविरसम्मको यात्रा ६ दिनमा तय गरेको आमा सुजिता बाडेले बताइन्। उनीहरू आधारशिविर कात्तिक ३ गते दिउँसो ११ बजेर ४१ मिनेटमा पुगेको बाडेले जानकारी दिइन्। पहिलो पटक पाँच वर्षका बालबालिका र जुम्ल्याहा आधारशिविरसम्मको पदयात्रामा पुगेपछि त्यहाँको स्थानीय निकायहरू खुम्बु पासाङ ल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्ज बफर जोन व्यवस्थापन समितिले सफलताको प्रमाणपत्र दिएका छन्। ती निकायहरूले दिएको प्रमाणपत्रमा विश्व सम्पदा सूचीमा रहेको आधारशिविरसम्मको पदयात्रा सफलतापूर्वक सम्पन्न गरेको भनी उल्लेख छ।

गिनिज वल्र्ड रेकर्डका लागि २ वटा आवेदन




कवाडी दम्पतीले दुई छोराहरूले सानो उमेर र छोटो अवधिमा आधारशिविरसम्मको यात्रा तय गरेपछि गिनिज वल्र्ड रेकर्डका लागि आवेदन दिएका छन्। उनीहरूले वल्डै रेकर्डमा दुई वटा आवेदन दिएको आमा बाडेले जानकारी दिइन्। उनका अनुसार पाँच वर्षका जुम्ल्याहा बालकहरूले पदयात्रा सम्पन्न गरेको पहिलो विश्व रेकर्डमा र दोस्रो रेकर्ड ब्रेक गर्दै छोटो अवधि (६ दिन) मा नै आधारशिविरको यात्रा तय गरेकोमा निवेदन दिइएको छ। यसअघि सात घण्टा बालबालिकाले आधारशिविरसम्मको यात्रा तय गरेको रेकर्ड छ। अघिल्लो रेकर्ड लुक्लाबाट आधारशिविरसम्मको यात्रा सात दिनमा तय गरेको र आफ्ना छोराहरूले लुक्लाभन्दा ६ घण्टा वरैको थामीडाँडाबाट ६ दिनमा नै सम्पन्न गरेको आमा बाडेले जानकारी दिइन्। गिनिज वल्र्ड रेकर्डमा आवेदनका लागि नेपाल पर्यटन बोर्डले प्रशंसापत्र र सिफारिसपत्र उपलब्ध गराएको छ। यसै वर्षको कात्तिकमा विश्व रेकर्डका लागि आवेदन दिएको र ३ देखि ५ महिनामा औपचारिक जानकारी आउने उनले बताइन्।

छोटो दूरीबाट सुरु भएको थियो उनीहरूको पदयात्रा

स्थानीय लर्डबुद्ध इंगलिस सेकेन्डरी स्कुलमा यूकेजीमा पढ्ने त्रिजल र त्रिनेशले करिब साढे दुई वर्षको उमेरमा नुवाकोटको लताराम्बेश्वर महादेवको मन्दिरसम्म साढे तीन घण्टाको पदयात्रा गरेका थिए। बच्चा बोक्नलाई ब्याग (क्यारिङ ब्याग) पनि बोकेर गएको तर उनीहरूले हिँडेर नै उक्त यात्रा तय गरेको उनीहरूकी आमाले सुनाइन्। सोही वर्ष नै उनीहरूले हेलम्बुको आमा ह्याङ्ग्रीसम्म यात्रा करिब तीन घण्टाको र रसुवाको धुन्चेबाट गोसाइँकुण्डसम्म करिब दुई दिनको हिँडाइ तय गरेका थिए।

खासै स्वास्थ्य समस्या नभएका उनीहरूले सानैबाट पदयात्रामा रमाउने गरेको आमा सुजिता भन्छिन्। आधारशिविरसम्मको यात्रामा आफूहरूभन्दा बढी उनीहरू रमाएको पनि उनले सुनाइन्। आधारशिविर यात्राको क्रममा नै त्यहाँ स्थानीयहरूले यति सानो उमेरमा अहिलेसम्म नेपाली बच्चाहरू नआएको सुनाएपछि कवाडी दम्पतीले वल्र्ड रेकर्डका लागि पहल सुरु गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...