मुख्य समाचार
बेलायती संसद्‍मा उठ्यो नेपालको जलवायु परिवर्तनसम्बन्धी मुद्दा
बेलायती संसद्‍मा उठ्यो नेपालको जलवायु परिवर्तनसम्बन्धी मुद्दा

— बेलायती संसद् हाउस अफ कमन्समा नेपालको जलवायु परिवर्तन असरसम्बन्धी विषय उठान भएको छ । सत्तारुढ लेबर पार्टीकी सांसद एलेक्स बेकरले मंगलबार संसद्‍मा उक्त मुद्दा उठाएकी हुन् ।


बेकरले प्रश्न गरिन्, 'नेपाल जलवायु परिवर्तनसँग लड्ने अन्तिम चरणमा छ । गत वर्षको अन्त्यतिर हामीले काठमाडौंमा बाढीबाट दुई सय जनाको मृत्यु भएको देख्यौं। धेरै वर्षदेखि बेलायतको साझेदार र मित्र बनेको यो राष्ट्रलाई सहयोग गर्न बेलायत सरकारले के गरिरहेको छ ?'


सांसद बेकर भूतपूर्व गोर्खा सैनिक तथा नेपाली समुदायको बाक्लो बसोबास रहेको अल्डरसट, फार्नबरो जस्ता क्षेत्रलाई प्रतिनिधित्व गर्ने 'अल पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपाल' की अध्यक्ष पनि हुन् । बेकरको उक्त प्रश्नको जवाफमा ब्रिटिस विदेशमन्त्री डेभिड ल्यामीले जलवायु परिवर्तनका असरहरूसँग जुध्न ब्रिटिस सरकारले नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । विदेशमन्त्री ल्यामीले बेलायत सरकारले नेपाललाई जलवायु परिवर्तनका असरसँग जुध्न तीन करोड ८५ लाख पाउण्ड (झन्डै साढे ६ अरब रुपैयाँ) सहयोग गरेको बताए ।

त्यस्तै उनले नेपालमा जलवायु परिवर्तनका असर कम गरी विकास कार्यक्रम सञ्चालन गर्न आगामी आठ वर्षका लागि ५ करोड ८० लाख पाउन्ड (झन्डै १० अर्ब रुपियाँ) सहायता दिने निर्णय भइसकेको पनि जनाए । विदेशमन्त्री ल्यामीले जलवायु परिवर्तनको मुद्दामा नेपालसँग बेलायतको सम्बन्ध महत्त्वपूर्ण रहेको पनि बताए ।

सांसद बेकरले एक दिनअघि सोमबार लन्डनस्थित नेपाली दूतावासमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, कार्यवाहक राजदूत विपिन दुवाडी लगायतसँग भेटवार्ता गरेकी थिइन् ।

'हामीले निमन्त्रणा गरेपछि एलेक्स दूतावासमा आइन् । उक्त भेटमा सांसद बेकरसमक्ष जलवायु परिवर्तन, भूतपूर्व गोर्खा जस्ता संवेदनशील विषय संसद्‍मा पुर्‍याइदिन आग्रह गरेका थियौं,' दुवाडीले कान्तिपुरसँग भने । उनीसँग अर्को भेट छिट्टै हुने र बाँकी मुद्दामा समेत छलफल गरिने दुवाडीले बताए ।

नयाँ लेबर सरकार गठन भएपछि गत वर्ष अगस्ट महिनामा बेलायतले नेपाललाई 'रिजिलियन्स, एडेप्टेसन तथा इन्क्लुजन' (रेन) कार्यक्रमका लागि तीन करोड ८५ लाख पाउन्ड सहयोग गर्ने घोषणा गरेको थियो । यसअघि तत्कालीन प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारको पालामा झन्डै १० अर्ब रुपैयाँ नेपाललाई सहयोग गर्ने घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...