मुख्य समाचार
१० हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
१० हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

— पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गोरखामा किशोरीलाई खोप लगाउने भएको छ । यस क्रममा जिल्लाका १० हजार १ सय ६८ किशोरीलाई एचपीभी खोप लगाइने भएको हो ।


माघ २२ गतेबाट खोप अभियान संचालनको तयारी छ । खोप अभियान दुई दिनसम्म चल्ने छ । विद्यालयमा अध्ययन गर्ने ६ देखि १० कक्षासम्मका छात्रालाई खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालय गोरखाका खोप कोल्डचेन निरीक्षक नानीबाबु दानीले बताए ।


१० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर खोप अभियान संचालन गर्न लागिएको हो । खोप अभियानका लागि १ सय ९६ खोप केन्द्र निर्धारण गरिएको छ । अभियान संचालनका लागि स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सरोकारवालाई अभिमुखीकरण कार्यक्रम संचालन भइरहेको पनि उनले जानकारी दिए ।

गोरखा नगरपालिकामा २ हजार ५ सय ७३ जना किशोरीलाई खोप लगाउने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए । अभियानका क्रममा लक्षित उमेर समूहमा रहेका विद्यालयबाहिरका छात्रालाई पनि समेट्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्र बैंक र आरबीआईको साझा संयन्त्र बैठकमा अन्तरदेशीय भुक्तानी छलफल
मेलम्ची खानेपानी पाइप फुट्दा क्षति पुगेका २१ पीडित परिवारले पाए क्षतिपूर्ति
पोखरा विमानस्थलको सवा २ अर्ब बेरुजु उड्डयन प्राधिकरणले गर्‍यो फर्छ्योट
टीओबी समूहका तेन्जिन : न बाबुले छोरा चिने, न छोराले बाबु
। कर्णाली प्रदेशमा ७३१ जना एचआईभी संक्रमित भएको पाइएको छ । ५ वर्षको अवधिमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना संक्रमित भेटिएको सरकारी तथ्याक छ । आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ४९७ जनालाई जाँच गर्दा ३० जना एचआईभी सक्रमित भेटिएका छन् भने ०७८/०७९ मा १२ हजार ९० जनालाई जाँच गर्दा ७० जना ...