मुख्य समाचार
आइतबारदेखि अमेरिकामा टिकटक बन्द गर्ने
आइतबारदेखि अमेरिकामा टिकटक बन्द गर्ने

— टिकटकले अमेरिकामा आफ्नो सञ्चालन बन्द गर्ने तयारी गरेको छ । जनवरी १९ सम्मको समयसीमा सकिने भएपछि टिकटकले यही आइतबारदेखि अमेरिकामा टिकटक उपलब्ध नहुने बनाउन लागेको रोयटर्सले जनाएको छ । योसँगै अमेरिकाका १७ करोड टिकटक प्रयोगकर्ताले एप चलाउन पाउने छैनन् ।


सोमबार ह्वाइट हाउस प्रवेशसँगै राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गर्नुअघि नै अमेरिकामा टिकटक बन्द हुन लागेको हो । वासिङ्टन पोस्टका अनुसार ट्रम्पले भने टिकटकमाथि प्रतिबन्ध लगाउने मिति जनवरी १९ मा नभएर त्योभन्दा ६० देखि ९० दिन पर धकेल्ने गरी कार्यकारी आदेश जारी गर्ने तयारी गरेका छन् । तथापि, उनले कानुनी रूपमा कसरी त्यस्तो आदेश जारी गर्न सक्छन् भन्नेमा प्रश्न छ ।


टिकटकको योजनाबारे जानकार स्रोतलाई उद्धृत गर्दै एनबीसी न्युजले पनि आइतबारबाटै कम्पनीले सञ्चालन रोक्ने तयारी गरेको जनाएको छ । राष्ट्रपति जो बाइडेनले गत अप्रिलमा हस्ताक्षर गरेको कानुनमा टिकटकको अमेरिकी सञ्चालन कम्पनीले कि त गैर चिनियाँ उद्यमीलाई बिक्री गर्नुपर्ने नभए प्रतिबन्ध लगाइने व्यवस्था छ । यसका लागि अमेरिकी सरकारले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई जनवरी १९ सम्मको समय सीमा दिएको थियो ।

बाइटडान्सले भने सो कानुनले अभिव्यक्ति स्वतन्त्रता उल्लङ्घन गर्नुका साथै व्यवसायमा समान अवसर नदिएको लगायत आरोप लगाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । मुद्दाको सुनुवाइका क्रममा अमेरिकी प्रयोगकर्ताको डेटा सङ्कलन गरेर टिकटकले चिनियाँ सरकारलाई दिने अमेरिकी सरकारको आशङ्काप्रति न्यायाधीशहरूले बढी जोड दिएका थिए । यसले पनि प्रतिबन्ध लगाउन सक्ने कानुन उल्ट्याउने बाइटडान्सको चाहना पूरा नहुने सङ्केत देखिएको छ ।

अमेरिकामा इलन मस्कदेखि युट्युबर मिस्टर बिस्ट, शार्क ट्यांक अमेरिकाका लगानीकर्ता केभिन ओलियरी, अर्बपति फ्र्याङ्क म्याककर्टजस्ता प्रख्यात अर्बपतिहरूले टिकटकको अमेरिकी स्वामित्व खरिद गर्न चाहेको खबर बाहिरिएका छन् । टिकटकले भने सर्वोच्चको फैसला कुर्ने र त्यो आफ्नो पक्षमा आएन भने अमेरिकी स्वामित्व बिक्री गर्नुभन्दा सेवा नै बन्द गरेर हिँड्ने प्रतिक्रिया दिएको एनबीसी न्युजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: टिकटकले आफ्नो अमेरिकी व्यवसायलाई निरन्तरता दिन ह्वाइट हाउससँग सम्झौता गरेको छ। यद्यपि, कम्पनीको अमेरिकी सञ्चालनको जिम्मेवारी कसले लिनेछ भन्ने कुरा अझै स्पष्ट भएको छैन। राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक सम्झौतालाई अनुमोदन गरेकोमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन्। यो सम्झौताले टिकटकको विश्वव्यापी सञ्चालनबाट अलग एउटा नयाँ अमेरिकी संस्था निर्माण गर्नेछ। यो हाल चीनबाट ...
— चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले अन्तत: टिकटकको अधिकांश अमेरिकी स्वामित्व अमेरिकी लगानीकर्तालाई बेचेको छ । झन्डै आधा दर्जन अमेरिकी लगानीकर्ताले टिकटकको कुल ८०.१ प्रतिशत स्वामित्व खरिद गरेका छन् । भिडियो सेयरिङ प्लाटफर्म, टिकटकमा अब बाइटडान्सको स्वामित्व १९.९ प्रतिशत मात्र छ । बाँकी स्वामित्व सिल्भर लेक, ओर्‍याकल र एमजीएक्स हरेकले १५ प्रतिशत र डेल फ्यामिली अफिस, युरी ...
काठमाडौं फिन्टेक र पीसीआई एसएससीको संयुक्त आयोजनामा माघ १४ गते काठमाडौंमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथाम सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
— सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ अवरुद्ध भएको छ । यो साता दोस्रोपटक भएको यस्तो समस्याले विश्वका हजारौं व्यक्ति प्रभावित भएको इकोनमिक टाइम्सले जनाएको छ । पछिल्लो एक घण्टायता नेपालसहित देशहरूमा एक्सका अपडेटहरू आएका छैनन् । इन्टरनेट प्लाटफर्महरूको आउटेज ट्रयाक गर्ने डाउन डिटेक्टर डटकमले शुक्रबार साँझ ७७ हजारभन्दा बढी प्रयोगकर्ताहरूले एक्समा समस्या आएको रिपोर्ट गरेको जनाएको छ । ...
फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो रियालिटी ल्याब्स विभागमा कार्यरत १ हजार भन्दा धेरै कर्मचारी हटाएको छ । मेटाले सन् २०२६ को सुरुवातमै उक्त बहुचर्चित विभागबाट १० प्रतिशतभन्दा बढी कर्मचारी हटाउने निर्णय गरेसँगै त्यसले चर्चा पाएको हो। रियालिटी ल्याब्स त्यही इकाइ हो, जसले भर्चुअल रियालिटी, मेटाभर्स र एक्सटेन्डेड रियालिटी जस्ता प्रविधिमा काम गर्दै आएको थियो। कम्पनीका संस्थापक तथा प्रमुख ...