मुख्य समाचार
अन्तिम १६ को खेलमा सेल्टा भिगोलाई ५-२ गोलअन्तरले हराउँदै रियल अघिल्लो चरणमा प्रवेश
अन्तिम १६ को खेलमा सेल्टा भिगोलाई ५-२ गोलअन्तरले हराउँदै रियल अघिल्लो चरणमा प्रवेश

। रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को खेलमा सेल्टा भिगोलाई ५-२ गोलअन्तरले हराउँदै रियल अघिल्लो चरणमा प्रवेश गरेको हो ।

रियलको जितमा एन्ड्रिक फेलिपेले दुई गोल गरे भने किलियन एमबाप्पे, भिनिसियस जुनियर र फेडेरिको भालभर्डेले एक-एक गोल गरे । सेल्टाका जोनाथन बाम्बा र मार्कस एलोन्सोले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो


खेलको ३७औं मिनेटमा एमबाप्पेको गोलमार्फत रियलले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ४८औं मिनेटमा भिनसियसले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफ सकिन लाग्दा सेल्टाले दुई गोल फर्कायो ।

८३औं मिनेटमा बाम्बा र इन्जुरी समयमा एलोन्सोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काए । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलियो ।



अतिरिक्त समयमा रियलले थप तीन गोल गर्‍यो । १०८औं मिनेटमा एन्ड्रिकले गोल गर्दा ११२औं मिनेटमा भालभर्डे र ११९औं मिनेटमा एन्ड्रिकले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल ५-२ को जितसहित क्‍वाटरफाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित