मुख्य समाचार
आर्सनलले टोटनहामलाई २-१ गोलअन्तरले हराए
आर्सनलले टोटनहामलाई २-१ गोलअन्तरले हराए

। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले पुनरागमन जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले टोटनहामलाई २-१ गोलअन्तरले हराएको हो ।

आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले एक गोल गरे भने एक गोल आत्मघाती भएको थियो । त्यसअघि टोटनहामका लागि सन ह्‍युङ मिनले गोल गरेका थिए ।




सनले २५औं मिनेटमा गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा डोमिनिक सोलान्केको नाममा आत्मघाती गोलमार्फत आर्सनल बराबरीमा फर्कियो ।

त्यसको चार मिनेटपछि ट्रोसार्डले गोल गर्दै आर्सनललाई पहिलो हाफमै अगाडि ल्याए । दोस्रो हाफमा थप गोल भएनन् र आर्सनल ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लियो ।



आर्सनलको २१ खेलबाट ४३ अंक भएको छ । एक खेल कम खेलेको लिग लिडर लिभरपुलको ४७ अंक छ । पराजित टोटनहाम २४ अंकसहित १३औं स्थानमाा छ ।

गएराति नै भएका अन्य खेलमा न्युकासलले वुल्भ्सलाई ३-० ले हराउँदा एस्टन भिल्लाले एभर्टनलाई १-० ले हरायो । क्रिस्टल प्यालेसले लेस्टर सिटीलाई २-० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित