मुख्य समाचार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति सोधपुछका क्रममा बोल्नै अस्वीकार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति सोधपुछका क्रममा बोल्नै अस्वीकार

। सैनिक शासनको असफल प्रयासबारे अनुसन्धानकर्ताको सोधपुछलाई शुक्रबार फेरि अस्वीकार गरेका छन्।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोग लगाउने समयसीमा नजिकिँदै गर्दा उनले अनुसन्धान प्रक्रियामा सोधपुछका क्रममा बोल्न अस्वीकार गरेका हुन्।




युनले डिसेम्बर ३ मा ‘राज्य विरोधी तत्वहरू’ को धम्कीको सामना गर्न आवश्यक रहेको भन्दै ‘मार्शल ल’ घोषणा गरेका थियो। विपक्षी सांसद र जनप्रदर्शनपछि उक्त घोषणा केही घण्टामा नै फिर्ता भएको थियो।

राष्ट्रपतिको उक्त कदमले देशलाई अराजकतातर्फ धकेलेको छ ।



उनले संसद्मा हस्तक्षेप गरी मार्शल ल अस्वीकार गर्न संसद्मा मतदान हुनबाट रोक्न असफल भएपछि उहाँको घोषणा केवल छ घण्टामा नै विफल भएको थियो । त्यसपछिका हप्ताहरूमा युनलाई संसद्ले महाभियोग लगाएको थियो र हिरासतमा लिने दक्षिण कोरियाको पहिलो बहालवाला राष्ट्रपति हुनुअघि उनको संरक्षित निवासमा लुकेर गिरफ्तारीको विरोध गरिएको थियो।

उनको निवासमा छापा मार्दा बुधबार बिहान पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ पूर्जीमा युनलाई केवल ४८ घण्टाको लागि हिरासतमा राख्न अनुमति दिइएको थियो।

अनसन्धानकर्ताहरूले शुक्रबार उनको हिराशतको बसाईलाई लम्बाउन नयाँ पक्राउ पूर्जी माग्ने अपेक्षा गरिएको छ जसले सम्भवतः उनलाई २० दिनको लागि हिरासतमा राख्न आदेश दिनसक्ने अनुमान गरिएको छ । यसले अभियोजनकर्ताहरूलाई उनीविरुद्ध अभियोगलाई औपचारिक रूप दिन समय दिनेछ।

भ्रष्टाचार अनुसन्धान कार्यालयले उनीमाथि विद्रोहको सम्भावित अभियोगमा अनुसन्धान गरिरहेको छ र अभियोग प्रमाणित भएमा उनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुनसक्छ ।

यदि शुक्रबार नयाँ वारेन्ट दायर गरियो भने युनलाई कम्तीमा पनि अदालतमा सुनुवाइ नहुञ्जेल र सप्ताहन्तमा यसको अनुमोदनका लागि फैसला नभएसम्म हिरासतमा राखिनेछ। यदि सुनुवाइपछि अदालतले यसलाई अस्वीकार गर्यो भने उनी रिहा हुनेछन् ।

सीआईओले स्थानीय समयअनुसार शुक्रबार बिहान १० बजे युनलाई सोधपुछका लागि बोलाएको थियो तर उनका वकिल युन कब क्युनले एएफपीलाई बताए अनुसार उनले लगातार दोस्रो दिन पनि उपस्थित हुन अस्वीकार गरेका थिए ।

सीआईओका अधिकारीहरूले एएफपीको अनुरोधको तत्काल जवाफ दिएनन्।

अर्का वकिल सिओक डोङ–ह्योनले शुक्रबार पत्रकारहरूलाई भने, ‘युनले अनुसन्धानकर्ताहरूलाई आफ्नो स्थितिबारे बताइसकेका छन् । उनीहरूका प्रश्नहरूको जवाफ दिनुपर्ने कुनै कारण छैन।’

डोङ–ह्योनले भने, ‘राष्ट्रपति आज सीआईओमा उपस्थित हुनुहुने छैन । उहाँले पहिलो दिन नै अनुसन्धानकर्तासमक्ष आफ्नो आधारभूत धारणा पर्याप्त रूपमा व्यक्त गर्नुभएको छ।’

युनलाई बुधबार घण्टौं सम्म सोधपुछ गरिएको थियो तर अर्को दिन सोधपुछका लागि उपस्थित हुन इन्कार गर्नुअघि उनले आफ्नो ‘मौन बस्न पाउने अधिकार’ को प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...