मुख्य समाचार
कांग्रेस विश्वप्रकाश- गैर आवासीय नेपालीलाई नागरिकता दिएपछि किन भिसा ?
कांग्रेस विश्वप्रकाश- गैर आवासीय नेपालीलाई नागरिकता दिएपछि किन भिसा ?

। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैर आवासीय नेपालीका सम्बन्धमा अध्यादेशमा उल्लेखित विषयमा आफ्नो विमत्ति रहेको बताउँदै सच्याउन माग गरेका छन् ।

सरकारको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशमा गैरआवासीय नेपालीलाई दश वर्षसम्म निःशुल्क भिसा उपलब्ध गराउने व्यवस्था छ ।




अध्यादेशमा ‘नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मुलको विदेशी नागरिक वा निजको परिवारलाई दश वर्षसम्मको गैरआवासीय भिसा निःशुल्क उपलब्ध गराइने’ उल्लेख गरिएको छ ।

गैर आवासीय नागरिकता प्रदान गरेर भिसा उपलब्ध गराउने विषय अनुचित हुने महामन्त्री शर्माले बताएका छन् ।



बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीका मन्त्रीसहितको बैठकमा शर्माले यसबारे प्रश्न उठाएका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार, नागरिकता प्रदान गर्ने संविधानको व्यवस्था अनुसार गैर आवासीय नेपालीले नागरिकता प्राप्त गर्ने हुँदा भिसा किन ? भन्दै उनले प्रश्न गरेका थिए ।

‘गैर आवासीय नेपालीले नागरिकताका लागि संविधानले व्यवस्था गरेको एउटा प्रकार अनुसारको नागरिकता लिने हुन् । नागरिकता प्राप्त गर्नेलाई किन भिसा दिनुपर्ने ?’, शर्माले बैठकमा बोलेको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘गैर आवासीय नागरिकता प्राप्त गरेको व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘तिमीलाई निःशुल्क भिसा छ’ भन्न मिल्दैन ।’

गैर आवासीय नेपालीका सन्दर्भमा गरिएको थप व्यवस्थामा ‘गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई एक पटकमा दुई वर्ष अवधिको बहुप्रवेश सुविधा सहितको आवासीय भिसा निशुल्क उपलब्ध गराइने’ प्रावधान राखिएको छ । गैर आवासीय नेपालीलाई संविधानको भाग २ को धारा १४ ले नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ ।

सरकारले कानुन सुधारका क्रममा राखेको उक्त व्यवस्थालाई गैर आवासीय नेपाली संघमा आवद्धहरूले समेत असन्तुष्टि व्यक्त गरेका छन् । गैर आवासीय नेपाली संघका उपाध्यक्ष हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपछि पनि पुनः भिसा लिनुपर्ने व्यवस्था संविधानको मर्म र एनआरएनएको अपेक्षासँग मेल नखाने सामाजिक सञ्जालमा लेखेका छन् ।

गैर आवासीय नेपालीलाई सन्दर्भमा अध्यादेशमा राखिएको व्यवस्था संशोधन हुने बिहीबारको कांग्रेस बैठकमा सहभागी नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी गरेका छन् । चितवनको माडीमा अवस्थित सोमेश्वर माध्यममिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ...
। काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पातलबीचको विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित समितिले केयू र धुलिखेल अस्पतालबीचको विवाद मिलाएको हो । राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय समितिको प्रतिवेदनलाई केयूका सभाले पारित गरेसँगै विवाद सकिएको हो । शुक्रबार सिंहदरबारमा बसेको सभाले केयू र धुलिखेलको पूर्ववत् सम्बन्ध यथावत् राख्ने निर्णय ...
। काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पातलबीचको विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित समितिले केयू र धुलिखेल अस्पतालबीचको विवाद मिलाएको हो । राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय समितिको प्रतिवेदनलाई केयूका सभाले पारित गरेसँगै विवाद सकिएको हो । शुक्रबार सिंहदरबारमा बसेको सभाले केयू र धुलिखेलको पूर्ववत् सम्बन्ध यथावत् राख्ने निर्णय ...
। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ढुक्कले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेका हुन् । सरकारले जलविद्युत् उत्पादनमा देखिएका समस्या समाधान गर्ने बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । मुलुकको अवरोध गरेका सबै कुरालाई ...
। प्रतिनिधिसभा अन्तर्गत राज्य, व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई बैठकमा बोलाएको छ । राष्ट्रिय परिचयपत्र सम्बन्धी छलफलका लागि गृहमन्त्री लेखकलाई समिति बैठकमा बोलावट भएको सभापति रामहरि खतिवडाले जानकारी दिए । ‘राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थाका प्रावधानमाथि छलफल गर्न उहाँ (गृहमन्त्री)लाई भोलि बिहान साढे १२ बजे बैठकमा बोलाएका छौं,’ सभापति खतिवडाले भने । केही क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य ...