मुख्य समाचार
करिब डेढ लाख पर्ने औषधि सरकारले निःशुल्क दिने
करिब डेढ लाख पर्ने औषधि सरकारले निःशुल्क दिने

। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।

थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महंगो मानिन्छ । साथै, यो औषधी सहज उपलब्ध हुन कठिन छ ।


अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको भनाइ छ । पक्षघातबाट हरेक वर्ष झण्डै आठ सयजनाले ज्यान गुमाइरहेको सरकारी तथ्यांक छ ।

‘उपचार गर्न सकिने भए पनि औषधी दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गइरहेको पायौं,’ पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले भने, ‘त्यसैले जीवनरक्षाका लागि सरकारले नै औषधी प्रदान गर्ने व्यवस्था मिलाउन लागेका हौँ ।’



रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।

थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान जोगिने चिकित्सकहरूले बताउने गरेका छन् । यो औषधीको एउटा मात्राको मूल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । र, सहजै उपलब्ध नहुने भएकाले पनि धेरैको ज्यान गइरहेको छ ।

अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।

मन्त्रालयले औषधी वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ । पक्षघातको औषधी र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालहरूमा लागू हुने छ । यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्वपूर्ण भएको न्यूरो चिकित्सक डा. राजु पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भक्तपुर क्यान्सर अस्पतालले वार्षिक एक लाख बिरामीलाई सेवा दिइरहेको छ। अस्पतालको ३१ औं वार्षिकोत्सवको अवसरमा सोमबार भक्तपुरमा आयोजित उद्घाटन समारोहमा अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले उक्त जानकारी दिएका हुन्। उनका अनुसार यो संख्या ओपीडी जाँचमा आउने बिरामीको संख्या हो। वार्षिकोत्सवको अवसरमा नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम ...
: इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयकि प्रमुख प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी १६ का बुद्ध सिंह वाईवा र सर्लाहीकै हरिवन नगरपालिकाका सरिन योन्जन रहेका छन्। उनीहरूका साथबाट प्रहरीले १ सय ...
: इशोधरा गाउँपालिकामा नयाँ ल्याइएको २ वटा एम्बुलेन्सहरू ८ महिनादेखि सञ्चालनमै नआई प्रयोगविहीन अवस्थामा छन्। गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ७ को तर्फबाट सञ्चालन गर्न ल्याइएको २ एम्बुलेन्सहरू चालक नहुँदा अलपत्र परेका हुन्। १० लाख रुपैयाँ वडाको बजेट र १० लाख रुपैयाँ गाउँपालिकाको बजेट खर्च गरी पूर्ण राजश्व छुट गरी २० लाख रुपैयाँको ...
मेलम्ची संघर्ष समितिले भन्यो– खोला थुनेर पानी काठमाडौं पठायौं तर हामीले एक रुपैयाँ पाएनौं
। जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार एक विदेशी कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाम्बियाकी ३५ वर्षीया अभिशार्ग कपुतुला छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकी उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको परिसरका एसएसपी रमेश थापाले बताउ । उनी लागु औषधको कसुरमा कारागार चलान भएकी थिइन् ।