मुख्य समाचार
केयू र धुलिखेल अस्पतालबीचको विवाद सुल्झियो
केयू र धुलिखेल अस्पतालबीचको विवाद सुल्झियो

। काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पातलबीचको विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित समितिले केयू र धुलिखेल अस्पतालबीचको विवाद मिलाएको हो ।

राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय समितिको प्रतिवेदनलाई केयूका सभाले पारित गरेसँगै विवाद सकिएको हो । शुक्रबार सिंहदरबारमा बसेको सभाले केयू र धुलिखेलको पूर्ववत् सम्बन्ध यथावत् राख्ने निर्णय गरेको हो ।




समितिको प्रतिवेदन अनुसार तीन महिनाभित्र नयाँ सम्झौता गरिने छ। यसको तयारीका लागि आयोगका सदस्य अधिकारी नै संयोजक रहेकको समिति गठन गरिएको छ ।

समितिमा विश्वविद्यालयबाट प्राडा ऋषिकेश वाग्ले र प्राडा मनोज हुमागाईं तथा अस्पतालका तर्फबाट डा. विराजमान कर्माचार्य र प्राडा राजीव श्रेष्ठ छन् । यो समितिले नयाँ सम्झौताको मस्यौदा आगामी सिनेटमा प्रस्तुत गर्नेछ।



नयाँ सम्झौता नभएसम्म कामकाज गर्न सम्बन्धित डीन र प्रशासकयी निर्देशक रहेको तीन सदस्यीय अन्तरिम सहजीकरण समिति गठन गरिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं कुलपति केपी ओलीले दुवै संस्था आपसमा मिल्नु उचित भएकाले अलग हुने प्रस्ताव नल्याउन भनेका थिए । २०५९ चैत १९ गतेदेखि केयू र धुलिखेलबीच सहकार्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी गरेका छन् । चितवनको माडीमा अवस्थित सोमेश्वर माध्यममिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ...
। काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पातलबीचको विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित समितिले केयू र धुलिखेल अस्पतालबीचको विवाद मिलाएको हो । राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय समितिको प्रतिवेदनलाई केयूका सभाले पारित गरेसँगै विवाद सकिएको हो । शुक्रबार सिंहदरबारमा बसेको सभाले केयू र धुलिखेलको पूर्ववत् सम्बन्ध यथावत् राख्ने निर्णय ...
। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ढुक्कले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेका हुन् । सरकारले जलविद्युत् उत्पादनमा देखिएका समस्या समाधान गर्ने बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । मुलुकको अवरोध गरेका सबै कुरालाई ...
। प्रतिनिधिसभा अन्तर्गत राज्य, व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई बैठकमा बोलाएको छ । राष्ट्रिय परिचयपत्र सम्बन्धी छलफलका लागि गृहमन्त्री लेखकलाई समिति बैठकमा बोलावट भएको सभापति रामहरि खतिवडाले जानकारी दिए । ‘राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थाका प्रावधानमाथि छलफल गर्न उहाँ (गृहमन्त्री)लाई भोलि बिहान साढे १२ बजे बैठकमा बोलाएका छौं,’ सभापति खतिवडाले भने । केही क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य ...
। राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको शुक्रबार अवलोकन गरेका छन् । अवलोकनको क्रममा राष्ट्रपति पौडेलले निर्माणाधीन फास्ट ट्र्याकको कामको प्रगतिबारे जानकारी लिएका छन् । उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिएका छन् । मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको ...