मुख्य समाचार
वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीलाई आक्रमण गरेको आरोपमा एकजना पक्राउ
वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीलाई आक्रमण गरेको आरोपमा एकजना पक्राउ

: वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीलाई आक्रमण गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका-१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने ४८ वर्षीय ललित कुमार केसी रहेका छन्।


माघ २ गते बुधबार दिउँसो पौने ४ बजे काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर सार्वजनिक सडक खण्डमा सर्वसाधारणहरूको भिड रहेको अवस्थामा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो।

अदालतको दक्षिण गेट अगाडिको सडक खण्डमा जेबा क्रसिङबाट सडक पार गर्ने क्रममा उक्त भीडमा रहेका केही व्यक्तिहरूले हुलहुज्जत गरी आक्रमण गर्न खोजेकोमा तत्काल प्रहरी परिचालित भई वरिष्ठ अधिवक्ता त्रिपाठीलाई उद्धार गरी सुरक्षित स्थानमा राखेको थियो।




आक्रमण गर्ने व्यक्तिहरूमध्ये केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। पक्राउ परेका केसीमाथि ज्यान मार्ने उद्योगमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको सूचना अधिकारी अधिकारीले बताए। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गृहमन्त्री रमेश लेखकले सरल र सहज सेवा प्रवाह, सुशासन, अपराध नियन्त्रण र सामाजिक सुरक्षाको न्यायोचित वितरणका लागि राष्ट्रिय परिचयपत्र आवश्यक भएको बताएका छन्। शुक्रबार सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बोल्दै गृहमन्त्री लेखकले सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य भएको औंल्याए। 'राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका नागरिकका जैविक तथा ...
: सरकारले दुई अर्ब बराबरको सम्पत्ति जफत गर्ने भएको छ। भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन गृह मन्त्रालय सक्रिय बनेको हो। सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए। 'पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक ...
: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार पूर्णरूपमा असफल भइसकेको बताएका छन्। शुक्रबार संसद भवन बानेश्वरमा बसेको विपक्षी दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले अलोकतान्त्रिक काम गरेको भन्दै वर्तमान सरकार पूर्णरूपमा असफल भइसकेको टिप्पणी गरे। संविधान संशोधनका लागि भन्दै रातारात सरकार परिवर्तन गर्ने र अहिले २०८७ मा मात्रै संशोधन हुन्छ भन्ने ...
: नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका-३ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ थिमीमा बस्ने ३० वर्षीय राजु कार्की रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कार्कीले नेपाली सेनाको अधिकृत भएको बताउँदै जग्गा पास गराइदिने भनेर पीडितसँग ३ लाख रुपैयाँ लिएका थिए। रकम ...
: सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रमा लगानी बोर्डबाट स्वीकृत भएका आयोजना वा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न पाउने व्यवस्था खारेज गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले राष्ट्रिय निकुञ्ज ऐनमा थप गरिएको दफा ५ क र दफा ६ (१ ...