: नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका-३ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ थिमीमा बस्ने ३० वर्षीय राजु कार्की रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कार्कीले नेपाली सेनाको अधिकृत भएको बताउँदै जग्गा पास गराइदिने भनेर पीडितसँग ३ लाख रुपैयाँ लिएका थिए। रकम लिएर फरार भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको छ।