मुख्य समाचार
चक्कु आक्रमण घटना : शंकास्पद व्यक्तिलाई हिरासतमा लिएर सोधपुछ गरिंदै
चक्कु आक्रमण घटना : शंकास्पद व्यक्तिलाई हिरासतमा लिएर सोधपुछ गरिंदै

: मुम्बईमा बान्द्रा प्रहरीले शुक्रबार अभिनेता सैफ अली खानमाथि आक्रमणको घटनामा एक शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले शंकास्पद व्यक्तिलाई सोधपुछ गरिरहेको छ।


यस घटनामा बिहीबार एक संदिग्धको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको थियो। उक्त व्यक्तिलाई जनवरी १५ मा राती २.३० बजे सैफको घरमा देखिएको थियो। यसपछि अर्को सीसीटीभी फुटेज बाहिर आयो जसमा बान्द्रा रेलवे स्टेशन नजिकै एक संदिग्ध व्यक्ति देखिएका जनाइएक छ। ती दुई संदिग्ध व्यक्ति एउटै हुन् कि होइनन् भन्ने अझै स्पष्ट भएको छैन।

सैफको स्वास्थ्यको बारेमा अस्पतालले बुलेटिन जारी गरेको छ। अस्पतालका प्रमुख न्यूरोसर्जन डा. नितिन डांगे र सीओओ डा. नीरज उत्मानीले सैफलाई आईसीयू वार्डबाट विशेष कोठामा सारिएको बताए। उनका अनुसार हाल सैफ पूर्ण रूपमा खतरामुक्त छन्।




डा. उत्तममणिका अनुसार सैफ स्ट्रेचर बिना नै आफैं अस्पताल भित्र गएका थिए। त्यस समयमा तैमुर पनि उनीसँगै थिए। सैफको मेरुदण्डको हड्डीमा लाग्नबाट २ मिमिले बचेको डाक्टरले बताएका छन्।

जनवरी १५ मा राती करिब २.३० बजे सैफमाथि उनको घरभित्र आक्रमण भएको थियो।

सैफलाई संक्रमणबाट जोगाउन डाक्टरहरूले आगन्तुकहरूलाई प्रतिबन्ध लगाएका छन्। उनलाई २-३ दिनसम्म निगरानीमा राखिनेछ, त्यसपछि डिस्चार्ज गर्ने नगर्ने निर्णय लिने बताइएको छ। छिटो निको हुन डाक्टरले आराम गर्न सल्लाह दिएका छन्। सैफ एक हप्तामा निको हुने र हाल उनलाई पूर्ण आराम गर्न भनिएको छ।

घटना सैफ-करीनाका छोराछोरी तैमुर-जेहको कोठामा भएको

यो घटना सैफ-करीनाका छोराछोरी तैमुर-जेहको कोठामा भएको जनाइएको छ। उनहरुको घरकी कामदार अरियामा फिलिप उर्फ ​​लिमा कोठामा उपस्थित थिइन् । एक अज्ञात व्यक्तिले उनलाई समाते। उनको चिच्याहट सुनेर सैफ बच्चाहरूको कोठामा पुगे। सैफलाई देख्ने बित्तिकै अज्ञात व्यक्तिले उनीमाथि आक्रमण गर्न थाले।

आक्रमणकारीले १ करोड रुपैयाँ मागेको थियो

प्रहरीले सैफको घरका तीन जना घरेलु कामदारलाई सोधपुछको लागि प्रहरी चौकीमा लगेको बताएको छ। यसैबीच घरेलु कामदारले प्रहरीलाई अचानक बाथरूम नजिकै छायाँ देखेको बताइन्। उनले करीना आफ्नो कान्छो छोरालाई हर्ने आएकी होलिन भन्ने सोचिन्। पछि उनलाई शंका लागेपछि हेर्न गइन्। अचानक एक जना पुरुषले उनीमाथि आक्रमण गरे। उनलाई धारिलो हतियार देखाए र चुप लाग्न भने।

यसैबीच अर्की कादार पनि आइपुगिन्। यस समयमा आक्रमणकारीले बच्चाहरूको हेरचाह गरिरहेकी कामदार (नैनी)सँग करोड रुपैयाँ माग गरे। सोही समयमा सैफ अली खान पनि त्यहाँ पुगे । सैफलाई देखेपछि अज्ञात व्यक्ति र सैफबीच झगडा भयो।

उनले बयानमा थप भनिन्, 'आक्रमणको समयमा घरमा ३ महिला र ३ पुरुष नोकरहरू थिए। इब्राहिम र सारा अली खान पनि सोही बिल्डिङको आठौं तला बस्छन्। आक्रमणपछि उनीहरू आएर सैफ अली खानलाई अटोमा अस्पताल पुर्‍याए।'

सो समयमा घरमा चालक थिएनन्। कसैलाई पनि स्वचालित विद्युतीय गाडी चलाउन नआउने भएकाले अटोबाट लीलावती अस्पताल लगिएको उनले बताइन्।

प्रहरी र अपराध महाशाखाका २० टोलीद्वारा अनुसन्धान

बान्द्रा प्रहरी चौकीले आक्रमणकारीहरूको खोजी गर्न १० वटा टोली गठन गरेको छ। अपराध महाशाखाले पनि घटनाको अनुसन्धान गर्न टोली गठन गरेको छ। अनुसन्धानका लागि क्राइम ब्रान्च पनि सैफको घरमा पुगेको छ। टोलीमा इन्काउन्टर स्पेशालिस्ट दया नायक पनि रहेका दैनिक भास्करको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...
। बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ । भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ । टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा ...
। लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ । विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्‍याप्ड’ को सूची सार्वजनिक गरेको छ जसमा उक्त गीत शीर्षस्थानमा छ । उक्त गीतलाई १.७ अर्ब पटक सुनिएको छ । रोचक के छ भने के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम