मुख्य समाचार
सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

— कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकमा बाटो काट्दै गरेका स्थानीय ७३ वर्षीय मानबहादुर सदासंकरको शुक्रबार साँझ मृत्यु भएको हो ।

उनी नारायणगढबाट बसमा घर नजिक आइपुगेर बाटो काट्दै गर्दा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । सदासंकर कावासोती निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकका महत्वपूर्ण व्यक्तिगत विवरण दुरुपयोग नहुनेमा ढुक्क हुन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले नागिरकको व्यक्तिगत विवरण सुरक्षित राख्ने जिम्मा सरकारले लिएको बताए । उनले जनतालाई सहज तथा सरल सेवा दिन, अपराध नियन्त्रण गर्न तथा सम्पत्ति शुद्धीकरणको विषयलाई ...
— सरकारी कार्यालयहरूमा कम्प्युटर इन्जिनियरलगायत सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्ति टिकाउन मुस्किल भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले बताएका छन् । विभागमा अहिले १५ दरबन्दीमध्ये १० जना इन्जिनियरले जागिर छोडेर कोही विदेश गएको र कोही अन्य क्षेत्रमा प्रवेश गरेपछि ५ जनाले काम गरिरहेको उनले बताए । दर्ता तथा परिचयपत्र छपाइका कामहरू प्रभावकारी ...
— राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगका सिफारिसमध्ये मात्र १३.६७ प्रतिशत पूर्ण रूपमा कार्यान्वयन भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै अध्यक्ष मगरले पीडकलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनका लागि आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयन नहुँदा आयोगप्रति जनआस्था घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । अध्यक्ष मगरले आयोगका ...
— वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यले सगरमाथा संवाद आयोजनाको तयारी गर्न लागिएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार आयोजना गरेको स्वच्छ वायु अधिकार र जलवायु न्यायसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठकमा मन्त्री शाहीले उक्त भनाइ राखेका हुन् । कार्यक्रममा मन्त्री शाहीले उपलब्ध अवसरहरू र स्वच्छ प्रविधिको उपयोग ...
— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सांसद अवकाश हुने उमेर हद तोक्नुपर्ने बताएकी छन् । ८० वर्षको उमेरमा पनि सांसद पदमा नेताहरू रहिरहेकाले कानुन निर्माणदेखि जनताको प्रतिनिधित्वसम्म खस्किँदै गएको बताउँदै उनले सांसदको अधिकतम उमेर संविधान र कानुनमा तोक्नुपर्ने बताइन् । संसदीय मामिला पत्रकार समाजले शुक्रबार आयोजना गरेको निर्वाचन प्रणाली सुधारको बहस कार्यक्रममा सांसद ...