मुख्य समाचार
लोसपाका केन्द्रीय उपाध्यक्ष झा जसपामा प्रवेश
लोसपाका केन्द्रीय उपाध्यक्ष झा जसपामा प्रवेश

: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय उपाध्यक्ष एवं वीरगन्जका पूर्व उपमेयर पुरुषोत्तम लाल झा जनता समाजवादी पार्टी(जसपा)मा प्रवेश गरेका छन्।


बलिदानी दिवसका अवसरमा शनिबार वीरगन्जमा जसपा पर्साले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा लोसपाका केन्द्रीय उपाध्यक्ष झा, लोसपाका केन्द्रीय सदस्य रेखा कर्ण, उद्योगपति भागमतलाल झा, थारू कल्याणकारिणी समाजका महासचिव विकास चौधरीसहितका अन्य दलका सयौं नेताकार्यकर्ता जसपामा प्रवेश गरेका हुन्।

कार्यक्रममा उनीहरूलाई जसपाका केन्द्रीय अध्यक्ष अशोक राई, जसपाका उपमहासचिव तथा खानेपानी मन्त्री प्रदीप यादव, वीरगन्ज महानगरका मेयर राजेशमान सिंह लगायतले झालाई अबिर टीका लगाएर पार्टीमा स्वागत गरे।




कार्यक्रममा लोसपा, जसपा नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका गरी ५ सय बढी नेता कार्यकर्ता जसपामा प्रवेश गरेको जसपाका केन्द्रीय सदस्य जनार्दन यादवले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकका महत्वपूर्ण व्यक्तिगत विवरण दुरुपयोग नहुनेमा ढुक्क हुन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले नागिरकको व्यक्तिगत विवरण सुरक्षित राख्ने जिम्मा सरकारले लिएको बताए । उनले जनतालाई सहज तथा सरल सेवा दिन, अपराध नियन्त्रण गर्न तथा सम्पत्ति शुद्धीकरणको विषयलाई ...
— सरकारी कार्यालयहरूमा कम्प्युटर इन्जिनियरलगायत सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्ति टिकाउन मुस्किल भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले बताएका छन् । विभागमा अहिले १५ दरबन्दीमध्ये १० जना इन्जिनियरले जागिर छोडेर कोही विदेश गएको र कोही अन्य क्षेत्रमा प्रवेश गरेपछि ५ जनाले काम गरिरहेको उनले बताए । दर्ता तथा परिचयपत्र छपाइका कामहरू प्रभावकारी ...
— राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगका सिफारिसमध्ये मात्र १३.६७ प्रतिशत पूर्ण रूपमा कार्यान्वयन भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै अध्यक्ष मगरले पीडकलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनका लागि आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयन नहुँदा आयोगप्रति जनआस्था घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । अध्यक्ष मगरले आयोगका ...
— वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यले सगरमाथा संवाद आयोजनाको तयारी गर्न लागिएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार आयोजना गरेको स्वच्छ वायु अधिकार र जलवायु न्यायसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठकमा मन्त्री शाहीले उक्त भनाइ राखेका हुन् । कार्यक्रममा मन्त्री शाहीले उपलब्ध अवसरहरू र स्वच्छ प्रविधिको उपयोग ...
— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सांसद अवकाश हुने उमेर हद तोक्नुपर्ने बताएकी छन् । ८० वर्षको उमेरमा पनि सांसद पदमा नेताहरू रहिरहेकाले कानुन निर्माणदेखि जनताको प्रतिनिधित्वसम्म खस्किँदै गएको बताउँदै उनले सांसदको अधिकतम उमेर संविधान र कानुनमा तोक्नुपर्ने बताइन् । संसदीय मामिला पत्रकार समाजले शुक्रबार आयोजना गरेको निर्वाचन प्रणाली सुधारको बहस कार्यक्रममा सांसद ...