मुख्य समाचार
चितवनको सहकारी ठगीमा रवि र छविसहित थप १४ विरुद्ध मुद्दा चलाउन राय
चितवनको सहकारी ठगीमा रवि र छविसहित थप १४ विरुद्ध मुद्दा चलाउन राय

— साहारा चितवन बहुद्देश्यीय सहकारीको बचत ठगीमा रवि लामिछाने, छविलाल जोशीलगायत १४ व्यक्ति र ७ कम्पनीविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । यो प्रकरणमा यसअघि नै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।

सरकारी वकिलको कार्यालयले सहकारीको रकम गएको देखिएको गोर्खा मिडिया नेटवर्कको थप अनुन्धान गर्न निर्देशन दिएबमोजिम प्रहरीले पूरक अनुसन्धान गरी प्रतिवेदन बुझाएको हो । ‘प्रहरीबाट अनुसन्धान प्रतिवेदन प्राप्त भएको छ, अध्ययन गरेर अदालतमा मुद्दा लैजान एक/दुई दिन लाग्न सक्छ,’ जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले भने ।


चितवन प्रहरीका प्रवक्ता डीएसपी ज्ञानकुमार महतोका अनुसार पूरक प्रतिवेदनमा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्धिकी, भगवती बोमजोन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला र शिवबहादुर गुरुङलाई प्रतिवादी बनाउनुपर्ने राय छ । ‘रकम लेनदेन देखिएका ७ वटा कम्पनीलाई पनि मुद्दा चलाउन सिफारिस गरेर प्रतिवेदन बुझाएका छौं,’ महतोले भने ।

‘जसमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हर्ब्स इन्टरनेसनल प्रालि, जीबी ग्रुप अफ कम्पनी, स्प्रिङ उड रियलस्टेट एन्ड हाउजिङ प्रालि, नेचर नेष्ट प्रालिलगायत छन्,’ डीएसपी महतोले भने । उक्त सहकारीको बचत हिनामिनासम्बन्धमा २०८० असोज ९ मा चितवन प्रहरीमा जाहेरी परेको थियो ।

करिब एक वर्ष लगाएर प्रहरीले गरेको अनुसन्धानका आधारमा गत असोज ८ मा १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । मुद्दा दायर हुँदा नै पूरक अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको थियो । सरकारी वकिलको कार्यालयले सहकारीको रकम गएको देखिएको गोर्खा मिडिया नेटवर्कको थप अनुसन्धान गर्न पनि प्रहरीलाई निर्देशन दिएको थियो ।

प्रहरीले यस विषयमा बल्ल अनुसन्धान पूरा गरेको हो । मंसिर ५ मा साहारा चितवनका २४ बचतकर्ताले ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै रवि लामिछानेसहित थप १० जनाविरुद्ध पूरक उजुरी दिएका थिए । लामिछानेलाई गोर्खा मिडियाको तत्कालीन सेयरधनी/सञ्चालक र प्रबन्ध निर्देशकको हैसियतमा बचतकर्ताले उजुरी दिएका हुन् ।

त्यसैगरी छविलाल जोशी तत्कालीन सेयरधनी तथा सञ्चालक रहेको जाहेरीमा उल्लेख छ । उजुरीकर्ताले गोर्खा मिडियामा नियमविपरीत साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट १० करोड ८० लाख रुपैयाँ गएको दाबी गरेका छन् ।




‘हामीले संगठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धान सुरु गर्‍यौं । अनुसन्धान गर्दै जाँदा साहाराको कुल पुँजी दायित्व ६५ करोड १६ लाख ७१ हजार ७ सय १२ रुपैयाँ देखिन्छ । बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम ५२ करोड ३२ लाख ८५ हजार देखिन्छ,’ डीएसपी महतोले भने । कर्जा लिएका व्यक्ति र कम्पनीले भुक्तानी गर्नुपर्ने रकम ५६ करोड २२ लाख ५० हजार रुपैयाँ देखिएको पनि उनले बताए ।

अनुसन्धान प्रतिवेदनअनुसार कम्पनीमा ४३ करोड १४ लाख ४९ हजार लगानी भएको पाइएको छ । त्यसैगरी प्रतिवादीले ५ करोड ७९ लाख ८३ हजार ८ सय ७३ रुपैयाँ एकआपसमा रकम ऋण लिएको देखिएको महतोले बताए । अन्य बचतकर्ता १ सय १८ जनामा मात्र ऋण लगानी भएको पनि उनले जानकारी दिए । सहकारीमा करिब ७ हजार बचतकर्ता छन् । तीमध्ये ४ सय ५६ जनाले जाहेरी दिएको डीएसपी मतहोको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकका महत्वपूर्ण व्यक्तिगत विवरण दुरुपयोग नहुनेमा ढुक्क हुन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले नागिरकको व्यक्तिगत विवरण सुरक्षित राख्ने जिम्मा सरकारले लिएको बताए । उनले जनतालाई सहज तथा सरल सेवा दिन, अपराध नियन्त्रण गर्न तथा सम्पत्ति शुद्धीकरणको विषयलाई ...
— सरकारी कार्यालयहरूमा कम्प्युटर इन्जिनियरलगायत सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्ति टिकाउन मुस्किल भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले बताएका छन् । विभागमा अहिले १५ दरबन्दीमध्ये १० जना इन्जिनियरले जागिर छोडेर कोही विदेश गएको र कोही अन्य क्षेत्रमा प्रवेश गरेपछि ५ जनाले काम गरिरहेको उनले बताए । दर्ता तथा परिचयपत्र छपाइका कामहरू प्रभावकारी ...
— राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगका सिफारिसमध्ये मात्र १३.६७ प्रतिशत पूर्ण रूपमा कार्यान्वयन भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै अध्यक्ष मगरले पीडकलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनका लागि आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयन नहुँदा आयोगप्रति जनआस्था घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । अध्यक्ष मगरले आयोगका ...
— वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यले सगरमाथा संवाद आयोजनाको तयारी गर्न लागिएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार आयोजना गरेको स्वच्छ वायु अधिकार र जलवायु न्यायसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठकमा मन्त्री शाहीले उक्त भनाइ राखेका हुन् । कार्यक्रममा मन्त्री शाहीले उपलब्ध अवसरहरू र स्वच्छ प्रविधिको उपयोग ...
— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सांसद अवकाश हुने उमेर हद तोक्नुपर्ने बताएकी छन् । ८० वर्षको उमेरमा पनि सांसद पदमा नेताहरू रहिरहेकाले कानुन निर्माणदेखि जनताको प्रतिनिधित्वसम्म खस्किँदै गएको बताउँदै उनले सांसदको अधिकतम उमेर संविधान र कानुनमा तोक्नुपर्ने बताइन् । संसदीय मामिला पत्रकार समाजले शुक्रबार आयोजना गरेको निर्वाचन प्रणाली सुधारको बहस कार्यक्रममा सांसद ...