मुख्य समाचार
सांसद अवकाशको उमेर हद तोक्नुपर्छ : डा. कार्की
सांसद अवकाशको उमेर हद तोक्नुपर्छ : डा. कार्की

— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सांसद अवकाश हुने उमेर हद तोक्नुपर्ने बताएकी छन् । ८० वर्षको उमेरमा पनि सांसद पदमा नेताहरू रहिरहेकाले कानुन निर्माणदेखि जनताको प्रतिनिधित्वसम्म खस्किँदै गएको बताउँदै उनले सांसदको अधिकतम उमेर संविधान र कानुनमा तोक्नुपर्ने बताइन् ।

संसदीय मामिला पत्रकार समाजले शुक्रबार आयोजना गरेको निर्वाचन प्रणाली सुधारको बहस कार्यक्रममा सांसद कार्कीले मान्छेको शारीरिक अवस्थालाई पनि ख्याल गरेर अवकाशको उमेर कानुनमा राख्नुपर्ने बताइन् ।


'संविधानमा सांसदको योग्यताको विषय उल्लेख छ । २५ वर्ष उमेर पूरा भएको मान्छे सांसदको उमेदवार हुनसक्ने भन्ने छ । तर, ऊ कति वर्षसम्म सांसद हुन पाउने भन्ने कुरा लेखिनुपर्दैन ? एउटा मान्छे कतिपटक सांसद हुने, कति वर्षसम्म भइरहने हो ?.' उनले भनिन्, 'हाम्रो कानुनले व्यवस्था गरेको छैन, यो कानुनमै लेखिनुपर्छ जस्तो लाग्छ ।'

त्यस्तै, सांसद कार्कीले निर्वाचन प्रणालीमा सुधारको बहससँगै शासकीय प्रणालीको विषयमा पनि छलफल गर्नुपर्ने बताइन् । 'संविधान संशोधनको कुरा चलिरहेको छ । अब निर्वाचन प्रणाली सुधारको बहससँगै शासकीय प्रणाली सुधारको बहस पनि सँगसँगै लैजानुपर्छ,' उनले भनिन्. 'हाम्रो पार्टीले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनिरहेको छ । प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री भनिरहेको छ ।'

सांसद कार्कीले सांसद बन्ने शैक्षिक योग्यता पनि कानुनमा नै लेख्नुपर्ने बताइन् । 'सांसदको शैक्षिक योग्यता पनि कानुनमै उल्लेख गर्नुपर्छ । विधि निर्माण गर्ने थलोमा पुग्ने व्यक्तिको शैक्षिक योग्यता महत्त्वपूर्ण विषय हो,' उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकका महत्वपूर्ण व्यक्तिगत विवरण दुरुपयोग नहुनेमा ढुक्क हुन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले नागिरकको व्यक्तिगत विवरण सुरक्षित राख्ने जिम्मा सरकारले लिएको बताए । उनले जनतालाई सहज तथा सरल सेवा दिन, अपराध नियन्त्रण गर्न तथा सम्पत्ति शुद्धीकरणको विषयलाई ...
— सरकारी कार्यालयहरूमा कम्प्युटर इन्जिनियरलगायत सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्ति टिकाउन मुस्किल भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले बताएका छन् । विभागमा अहिले १५ दरबन्दीमध्ये १० जना इन्जिनियरले जागिर छोडेर कोही विदेश गएको र कोही अन्य क्षेत्रमा प्रवेश गरेपछि ५ जनाले काम गरिरहेको उनले बताए । दर्ता तथा परिचयपत्र छपाइका कामहरू प्रभावकारी ...
— राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगका सिफारिसमध्ये मात्र १३.६७ प्रतिशत पूर्ण रूपमा कार्यान्वयन भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै अध्यक्ष मगरले पीडकलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनका लागि आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयन नहुँदा आयोगप्रति जनआस्था घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । अध्यक्ष मगरले आयोगका ...
— वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यले सगरमाथा संवाद आयोजनाको तयारी गर्न लागिएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार आयोजना गरेको स्वच्छ वायु अधिकार र जलवायु न्यायसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठकमा मन्त्री शाहीले उक्त भनाइ राखेका हुन् । कार्यक्रममा मन्त्री शाहीले उपलब्ध अवसरहरू र स्वच्छ प्रविधिको उपयोग ...
— साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत अपचलनमा चितवन प्रहरीले रवि लामिछाने, छविलाल जोशीलगायत १४ जनाविरुद्ध अनुसन्धान पूरा गरेर शुक्रबार जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)को कार्यालयमा प्रतिवेदन बुझाएको छ । यो प्रकरणमा यसअघि नै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । सरकारी वकिलको कार्यालयको थप अनुसन्धान गर्नु भन्ने निर्देशनबमोजिम प्रहरीले पूरक अनुसन्धान गरेको हो । प्रहरी कार्यालयबाट ...