मुख्य समाचार
दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धविराम अस्थायी भएको भन्दै हमासविरुद्ध फेरि युद्ध गर्न तयार रहेको बताएका छन् ।

पहिलो चरणको युद्धविराम सुरु हुनुअघि टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहुले दोस्रो चरणको युद्धविराम सफल नभएमा फेरि युद्ध सुरु गर्ने चेतावनी दिएका हुन् । उनले हमासविरुद्ध गाजा क्षेत्रमा आक्रमण गर्ने अधिकार इजरायललाई रहेको दाबी गरेका छन् ।




१५ महिना लामो युद्धपछि सन् २०२५ जनवरी १५ मा इजरायल र हमासबीच युद्धविराम सहमति भएको थियो । युद्धविराम तीन चरणमा हुने छ । पहिलो चरण आज १९ जनवरीदेखि १ मार्चसम्म हुने छ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् । इजरायली सेना गाजा क्षेत्रबाट सात सय मिटर पछि हट्ने छन् ।

पहिलो चरणको युद्धविराम सफल भएमा दोस्रो चरणको युद्धविराम सुरु हुने छ । यस चरणमा दुवैपक्षबाट कुनै पनि आक्रमण नगर्ने, राहत सामग्री आपूर्ति गर्ने र बन्दी रिहाइ जारी राख्ने सहमति छ ।
तेस्रो चरणमा भने इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्रको पुनर्निर्माण गरिने छ ।



युद्धविरामको क्रममा इजरायलले १ हजारभन्दा बढी प्यालेस्टिनीलाई रिहा गर्ने जनाइएको छ ।

युद्धविराम कार्यान्वयनमा आउनुअघिको टेलिभिजन सम्बोधनको क्रममा नेतन्याहुले अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्प समेत इजरायलको पक्षमा रहेको जिकिर गरे ।

उनले हमासका नेता याह्या सिनवार मारिएको लगायतका युद्ध सफलताका विवरण सुनाएका थिए । उनले भने, ‘हामीले मध्यपूर्वमा परिवर्तन ल्याइदिएका छौं । हमास अब पूरै एक्लिएको छ ।’

उनले युद्धविराम सम्झौताको उल्लंघन कुनै पनि हालतमा सैह्य नहुने समेत बताए । तर बुधबार युद्धविराम सम्झौताको घोषणा भएपछि पनि इजरायलले आक्रमण गर्दा १२० जना मारिएको हमासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बेलायती नागरिकले ३० दिनभन्दा कम अवधिका लागि चीन यात्रा गर्दा भिसा लिन नपर्ने भएको छ। बेलायत र चीनबीच भएको नयाँ समझदारीअनुसार उक्त व्यवस्था छोटो अवधिका यात्राका लागि लागू हुनेछ। जसअन्तर्गत व्यापार तथा पर्यटन प्रयोजनका लागि चीन जाने बेलायती नागरिकले बिना भिसा यात्रा गर्न सक्नेछन्। बेलायती प्रधानमन्त्री किएर स्टार्मरले चीन विश्वका प्रमुख आर्थिक शक्तिमध्ये एक भएकाले ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले 'अत्यधिक चिसो'का कारण एक हप्तासम्म युक्रेनको राजधानी कीभ र अन्य शहरहरूमा आक्रमण नगर्न सहमति जनाएको बताएका छन्। राष्ट्रपति ट्रम्पले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई एक हप्ताको लागि कीभ र अन्य शहरहरूमा आक्रमण गर्नबाट रोक्न आग्रह गरेको बताए। उनका अनुसार पुटिन यसमा सहमत छन्। ट्रम्पले मन्त्रिपरिषद् बैठकमा उक्त कुरा बताएका ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई फेरि चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाले गलत र गैरकानुनी रूपमा लगातार गल्फस्ट्रीम ५००, ६००, ७०० र ८०० जेटहरूलाई प्रमाणित गर्न अस्वीकार गरेको दाबी गरे। उनले ट्रुथ सोशलमा लेखेका छन्, यी जेटहरू अहिलेसम्म निर्मित सबैभन्दा परिष्कृत र प्राविधिक रूपमा उन्नत विमानहरू मध्ये एक हुन्। हामी उनीहरूको बम्बार्डियर ग्लोबल एक्सप्रेस ...
— थाईल्याण्डका राजपरिवार सदस्य सिनेनाथ बिलासकल्यानी बुद्ध जन्मस्थल लुम्बिनी आउँदैछिन्। भारतका विभिन्न बौद्ध तीर्थस्थलमा पूजाआजा गरी बिहीबार अपरान्ह ४ बजे भैरहवाको बेलहिया नाका हुँदै उनी नेपाल प्रवेश गर्ने कार्यक्रम छ। ४१ वर्षे उनी बिहीबार लुम्बिनी आएर यहाँ रहेको रोयल थाई मोनाष्ट्रीमा बस्ने कार्यक्रम छ । साँझ उनले थाई विहारमा पूजाआजा गर्ने कार्यक्रम रहेको लुम्बिनीस्थित थाई मोनाष्ट्रीका प्रमुख ...
— ईरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकाविरुद्ध प्रत्याक्रमणका लागि ईरानी सेना तयारी अवस्थामा रहेको बताएका छन् । उनले कुनै पनि सम्भावित आक्रमणको जवाफ तत्कालै र शक्तिशाली ढंगले दिइने बताएका छन् । ‘ हाम्रो प्यारो भूमी, आकाश र समुद्रमा हुने कुनै पनि आक्रमणविरुद्ध तत्कालै र शक्तिशाली जवाफ फर्काउनका लागि हाम्रा बहादुर सैनिकहरु तयार छन् । उनीहरुको औंला ट्रिगरमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम