मुख्य समाचार
इजरायली सेनालाई गाजामा तत्काल युद्धविराम सुरु नगर्न निर्देशन
इजरायली सेनालाई गाजामा तत्काल युद्धविराम सुरु नगर्न निर्देशन

। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनालाई गाजामा तत्काल युद्धविराम सुरु नगर्न निर्देशन दिएका छन् ।

बीबीसीका अनुसार हमासले रिहा गरिने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म युद्धविराम लागु नगर्न निर्देशन दिएका हुन् । उनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) लाई युद्धविराम सुरु नगर्न निर्देशन दिएको उल्लेख गरेको छ।




युद्धविराम स्थानीय समयअनुसार बिहान ८:३० बजेबाट सुरु हुने तय भएको थियो।

हमासले भने बन्धकहरूको नाम सार्वजनिक गर्न भएको ढिलाइ ‘स्थानीय प्राविधिक कारणहरू’का भएको स्पष्ट पारेको छ ।



इजरायली नेताले गए राति नै गाजामा युद्धविराम सम्झौताको पहिलो चरण ‘अस्थायी युद्धविराम’ मात्र भएको चेतावनी दिएका थिए । यदि सम्झौता तोडियो भने इजरायललाई युद्ध जारी राख्ने अधिकार हुने र यसमा उसलाई अमेरिकाको समर्थन हुने उनीहरूको भनाइ थियो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले इजरायल अझै रिहा गरिने तीन बन्धकहरूको नाम पर्खिरहेको जनाएको छ ।

युद्धविराम सम्झौताअनुसार बन्धक रिहा गर्ने प्रक्रिया सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अघि नाम उपलब्ध गराउनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बेलायती नागरिकले ३० दिनभन्दा कम अवधिका लागि चीन यात्रा गर्दा भिसा लिन नपर्ने भएको छ। बेलायत र चीनबीच भएको नयाँ समझदारीअनुसार उक्त व्यवस्था छोटो अवधिका यात्राका लागि लागू हुनेछ। जसअन्तर्गत व्यापार तथा पर्यटन प्रयोजनका लागि चीन जाने बेलायती नागरिकले बिना भिसा यात्रा गर्न सक्नेछन्। बेलायती प्रधानमन्त्री किएर स्टार्मरले चीन विश्वका प्रमुख आर्थिक शक्तिमध्ये एक भएकाले ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले 'अत्यधिक चिसो'का कारण एक हप्तासम्म युक्रेनको राजधानी कीभ र अन्य शहरहरूमा आक्रमण नगर्न सहमति जनाएको बताएका छन्। राष्ट्रपति ट्रम्पले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई एक हप्ताको लागि कीभ र अन्य शहरहरूमा आक्रमण गर्नबाट रोक्न आग्रह गरेको बताए। उनका अनुसार पुटिन यसमा सहमत छन्। ट्रम्पले मन्त्रिपरिषद् बैठकमा उक्त कुरा बताएका ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई फेरि चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाले गलत र गैरकानुनी रूपमा लगातार गल्फस्ट्रीम ५००, ६००, ७०० र ८०० जेटहरूलाई प्रमाणित गर्न अस्वीकार गरेको दाबी गरे। उनले ट्रुथ सोशलमा लेखेका छन्, यी जेटहरू अहिलेसम्म निर्मित सबैभन्दा परिष्कृत र प्राविधिक रूपमा उन्नत विमानहरू मध्ये एक हुन्। हामी उनीहरूको बम्बार्डियर ग्लोबल एक्सप्रेस ...
— थाईल्याण्डका राजपरिवार सदस्य सिनेनाथ बिलासकल्यानी बुद्ध जन्मस्थल लुम्बिनी आउँदैछिन्। भारतका विभिन्न बौद्ध तीर्थस्थलमा पूजाआजा गरी बिहीबार अपरान्ह ४ बजे भैरहवाको बेलहिया नाका हुँदै उनी नेपाल प्रवेश गर्ने कार्यक्रम छ। ४१ वर्षे उनी बिहीबार लुम्बिनी आएर यहाँ रहेको रोयल थाई मोनाष्ट्रीमा बस्ने कार्यक्रम छ । साँझ उनले थाई विहारमा पूजाआजा गर्ने कार्यक्रम रहेको लुम्बिनीस्थित थाई मोनाष्ट्रीका प्रमुख ...
— ईरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकाविरुद्ध प्रत्याक्रमणका लागि ईरानी सेना तयारी अवस्थामा रहेको बताएका छन् । उनले कुनै पनि सम्भावित आक्रमणको जवाफ तत्कालै र शक्तिशाली ढंगले दिइने बताएका छन् । ‘ हाम्रो प्यारो भूमी, आकाश र समुद्रमा हुने कुनै पनि आक्रमणविरुद्ध तत्कालै र शक्तिशाली जवाफ फर्काउनका लागि हाम्रा बहादुर सैनिकहरु तयार छन् । उनीहरुको औंला ट्रिगरमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम