मुख्य समाचार
बार्सिलोनाले स्पेनी ला लिगामा गेटाफेसँग १–१ को बराबरी खेले
बार्सिलोनाले स्पेनी ला लिगामा गेटाफेसँग १–१ को बराबरी खेले

— बार्सिलोनाले स्पेनी ला लिगामा गेटाफेसँग १–१ को बराबरी खेलेको छ । बार्सिलोनाले अंक तालिकाको शीर्षमा रहेको एटलेटिको म्याड्रिडले बेहोरेको हारको फाइदा लिन सकेन ।

बार्सिलोनाबाट २० खेलबाट ३९ अंक भएको छ भने एटलेटिको समान खेलबाट ४४ अंकमै कायम रह्यो । यो पाँच अंकको दूरी हो । बार्सिलोनाले जुलेस कोन्डको गोलले अग्रता लिएपछि गेटाफेका लागि मउरो अराम्बारीले बराबरी गोल फर्काए ।


एटलेटिकोलाई भने लेगानेसले १–० ले स्तब्ध पारेको हो । त्यस खेलमा एक मात्र निर्णायक गोल माटिजा नास्टाचिसले ४९ औं मिनेटमा गरे । यो नतिजाले रियल म्याड्रिडलाई फाइदा पुग्ने छ । रियलको १९ खेलबाट ४३ अंक छ र दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली क्रिकेट टिमकी अलराउण्डर पुजा महतो काठमाडौंमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् । प्रतियोगितामान जितविहीन रहेपनि नेपालका लागि अलराउण्ड प्रदर्शन गरेकी पुजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै स्कुटर जितेकी हुन् । उनले प्रतियोगिताभर ६ खेलमा एक अर्धशतकसहित १३४ रन बनाइन्‌ भने ३ विकेट पनि लिइन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिपाथ्चा ...
। नेपाली राष्ट्रिय भलिबल टोलीकी मुख्य स्पाइकर सरस्वती चौधरी अस्ट्रेलियातर्फ लागेकी छन् । उनले एपीएफ क्लबबाट राजीनामा बुझाएर अस्ट्रेलिया गएको क्लबका व्यवस्थापक विजय केसीले जानकारी दिए । ‘पहिले चाहिँ बिदामा गएकी थिइन्, त्यहाँ गएर खेल पनि खेलिन्, अहिले चाहिँ अब सायद उनको भिसा लम्ब्याउने गरी फर्दर स्टेको प्रोसेसहरू मिलेको होला त्यसैले राजीनामा नै बुझाएर त्यता गएकी ...
। काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा नेपाल जितविहीन बनेको छ । शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो । नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । थाइल्याण्डका लागि कप्तान नारुमोल चाइवाइले अविजित रहँदै सर्वाधिक २७ रन बनाइन् । त्यस्तै नानपत कोन्चारोन्काइले ...
। पाकिस्तानको फुटबल फेरि फिफाको निलम्बनमा परेको छ । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय (फिफा)ले तत्काल लागू हुने गरी पाकिस्तान फुटबल फेडेरेसन (पीएफएप) लाई निलम्बन गर्ने निर्णय गरेको हो । पीएफएको संशोधित विधान लागू गर्न असफल भएको कारणले गर्दा पीएफएफलाई तत्कालै लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको फिफाले जनाएको छ । पाकिस्तानको फुटबल सामान्य अवस्थामा नफर्केसम्म ...
। पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा ३ पटकको विजेता संकटा क्लबलाई पराजित गर्दै आमन्त्रित टिम थन्डरबोल्टस् क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा सिक्किमको थन्डरबोल्ट्स युनाइटेडले संकटालाई ३-१ ले स्तब्ध पारेको हो । खेलको अग्रता भने संकटाले लिएको थियो । तर अग्रतालाई कायम गर्न संकटा पहिलो खेलबाटै फर्किनुपरेको छ । ...