मुख्य समाचार
खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली उपविजेता
खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली उपविजेता

— प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्कने भएको छ । दुवै टोली उपविजेता बन्यो । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो ।

आइतबार साँझ नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको फाइनलमा दुवै टोली आयोजक भारतसँग पराजित भएपछि उपविजेतामा सीमित भएको थियो । नेपालले रजत पदकको लक्ष्य बनाएर दिल्ली यात्रा गरेको हो । त्यो पूरा गर्न सक्नु नै नेपालका लागि ऐतिहासिक उपलब्धि बनेको छ ।


नेपाल खो–खो संघका अध्यक्ष प्रदीप महर्जन भने, ‘विश्वकपमा हामीले जे लक्ष्य बनाएका थियौं, त्यसलाई खेलाडीको मिहिनेत र परिश्रमका कारण पूरा गरेका छौं । यो नै हाम्रा लागि ऐतिहासिक उपलब्धि हो ।’ ‘खो–खो भारतको सदियौं पुरानो खेल हो । त्यसमा भारतको पकड बलियो छ । त्यसलाई तोड्दै हामी विश्व च्याम्पियन हुन्छौं भन्नु मूर्खता हुन्थ्यो, त्यसैले हामीले पदक लक्ष्यमात्र बनाएका थियौं, त्यो प्राप्त गरेका छौं,’ अध्यक्ष महर्जनले थपे ।

फाइनलमा नेपालले पुरुषतर्फको खेल ५४–३६ स्कोरले भारतलाई सुम्पेको थियो । महिलातर्फ नेपाल प्रियन्काको कप्तानीमा रहेको भारतीय टिमसँग ७८–४० स्कोरले पराजित भएको हो । दुवै नेपाली टिमले फाइनलमा टस जितेर पहिले डिफेन्स गर्ने निर्णय गरेका थिए । सुरुआती एट्याकिङ पाएको भारतले राम्रो अंक बटुलेको थियो ।

महिलातर्फ भारतले पहिलो टर्नमा एट्याकिङ हुँदा ३४–० ले बनायो । दोस्रो टर्नमा नेपालले एट्याकिङमा हुँदा २२ स्कोर जोड्दा डिफेन्सिभ भारतले १ अंक थप्यो । तेस्रो टर्नमा भारत एट्याकिङमा हुँदा ७३ रन बनायो भने डिफेन्सिभ नेपालले २ स्कोर थप्यो । चौथो टर्नमा नेपालले एट्याकिङमा हुँदा १६ स्कोर थप्दा डिफेन्सिभ भारतले पनि ५ स्कोर बटुल्यो ।

पुरुषतर्फ नेपाली टिम हेमराज पनेरुको कप्तानीमा उत्रेको थियो । दोस्रो र चौथो टर्नमा एट्याकिङ रहेको नेपालले १८–१८ स्कोर जोड्दा पहिलो र तेस्रो टर्नमा एट्याकिङ रहेको भारतले २६ र २८ स्कोर बटुलेको थियो ।




सरस्वती कडायतको कप्तानीमा विश्वकप खेलेको महिला नेपाली टिम अपराजित रहँदै फाइनल पुगेको थियो । पुरुषतर्फ नेपाली टिम समूह चरणमा भारतसँग मात्र पराजित भएको हो । प्रतियोगितामा पुरुषतर्फ नेपालका रोहित वर्मा र महिलामा मानमति धामी बेस्ट डिफेन्डर भएका थिए ।

महिलाको फाइनल नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनल पुनरावृत्तिको रूपमा रह्यो । सन् २०१९ मा भएको सागमा भारतले नेपाललाई १७–५ स्कोरले हराएर स्वर्ण जितेको थियो । खो–खो विश्वकपको पहिलो संस्करणमा पुरुषतर्फ २० र महिलातर्फ १९ राष्ट्रको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित