मुख्य समाचार
अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) को खोजीमा ९७ नेपाली
अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) को खोजीमा ९७ नेपाली

— अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) को खोजीमा ९७ नेपाली छन्, जसमध्ये ७२ जनालाई रेड नोटिस जारी गरिएको छ भने २५ जनालाई डिफ्युजन नोटिस जारी छ । नेपालमा ५ विदेशीलाई रेड र ११ जनालाई डिफ्युजन नोटिस जारी गरेर खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १० वर्षयता ६६ जनालाई इन्टरपोल मार्फत नेपाल ल्याइएको छ । सबैभन्दा बढी युएईबाट २५ जनालाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको छ । त्यस्तै कतारबाट १०, कुवेतबाट ५, साउदी अरब र मलेसियाबाट ३–३ तथा भारत, मकाउ, चीन र कम्बोडियाबाट २–२ जनालाई नेपाल ल्याइएको छ । अमेरिका, पोर्चुगल, बहराइन, रोमानिया, युकेबाट १–१ जनालाई ल्याइएको थियो ।


सन् २०१५ यता नेपाल ल्याइएका ६६ मध्ये ५३ जनालाई रेड नोटिस जारी गरिएको थियो । १३ जनालाई भने डिफ्युजन नोटिस जारी गरिएको थियो । उनीहरुमध्ये सबैभन्दा धेरै हत्या आरोपमा १५, बलात्कारमा ९, सुन तस्करीमा ८, धोखाधडीमा ७, मानव वेचविखनमा ६, अपहरण, साइबर अपराधमा र बैदेशी रोजगारी ठगीमा ५–५, वन्यजन्तु अपराध, कर्पोरेट र बैकिङ्ग ठगिमा २–२ जना पक्राउ परेका थिए ।

प्रहरीका अनुसार उक्त अवधिमा ७ विदेशीलाई पक्राउ गरेर सम्बन्धित मुलुक पठाइएको छ । रेड नोटिस जारी भएका चीनका ४, स्वीडेन, कोरिया र भारतका १–१ जनालाई नेपालमा खोजी गरी फिर्ता पठाइएको छ । अदालतमा विचाराधीन मुद्दामा आरोपी लुकेको ठाउँ थाहा पाउन डिफ्युजन नोटिस जारी गरिन्छ भने ठाउँ पत्ता लागेमा पक्राउका लागि रेड नोटिस जारी हुन्छ । र, इन्टरपोलमार्फत सदस्य मुलुकमा खोजी हुन्छ । इन्टरपोलमा नेपालसमेत १९६ सदस्य राष्ट्र छन् ।

नेपालमा इन्टरपोलको खोजीमा अपराधीको सूचीमा सबैभन्दा धेरै भारतीय नागरिक छन् । इन्टरपोलमार्फत् खोजी भइरहेका ६ मध्ये ४ भारतीयलाई रेड नोटिस र २ भारतीयलाई डिफ्युजन नोटिस जारी गरेर खोजी भइरहेको छ । लागू औषध तस्करीमा संलग्न एक जनालाई रेड नोटिस, अपहरण र हत्याजस्ता गम्भीर अपराधमा संलग्न दुई जनालाई इन्टरपोलले डिफ्युजन नोटिसमा राखेर ८ वर्षदेखि खोजिरहेको छ ।

यस बाहेक यौन अपराधका एक र हत्यामा दुई जनालाई रेड नोटिसमा राखेर खोजी भैइरहेको प्रहरीको भनाइ छ । संरक्षित वन्यजन्तुको अवैध व्यापारमा संलगन एक कोरियन पनि रेड नोटिसमा छन् । सबैभन्दा लामो समयदेखि इन्टरपोलले खोजी गरिरहेका अपराधी भने पाकिस्तानी नागरिक हुन् ।

उनीमाथि नक्कली नोटको कारोबारमा संलग्न भएको आरोप छ । र, उनलाई सन् २०११ देखि डिफ्युजन नोटिस जारी गरेर खोजी भइरहेको छ । त्यस्तै, बैङ्किङ्ग ठगीमा पनि डिफ्युजन नोटिस जारी गरेर दुई रोमानियन नागरिकको खोजी भइरहेको छ । सुन तस्करीमा संलग्न ६ जना चिनियाँ नागरिक पनि इन्टरपोलको खोजी सूचीमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले अन्नपूर्ण पोस्टसँग बताए। द न्यूज हिमाचलका ...
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...
: संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा ...
— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका ...
: वुडसाइडका पुराना बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको डिस्ट्रिक्ट ३० का लागि उम्मेदवारी घोषणा गरेका छन् । उनका मुख्य एजेन्डाहरूमा सुलभ आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक हकहितको संरक्षण, र डिस्ट्रिक्ट ३० का सबै बासिन्दाहरूको समावेशी प्रतिनिधित्व रहेको उल्लेख छ। उम्मेदवारी घोषणा गर्दै घिमिरेले भने, "क्विन्स एउटा यस्तो ठाउँ हो जहाँ हरेक ...