मुख्य समाचार
स्याङ्जाका किशोरीलाई लक्षित गर्दै माघ २२ देखि २७ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने
स्याङ्जाका किशोरीलाई लक्षित गर्दै माघ २२ देखि २७ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने

: स्याङ्जाका किशोरीलाई लक्षित गर्दै माघ २२ देखि २७ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ। स्याङ्जाका ११ पालिकाका ९ हजार ३१९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग गरिने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको हो।


एचपीभी अभियानका लागि सरकारले पहिलो पटक खोप लगाउन लागेको हो। यहाँका १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई एचपीभी खोप लगाइने भएको जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रमुख केशव चापागाईले जानकारी दिए।

प्रमुख चापागाईले भने,'यहाँका ५ नगरपालिकासहित ६ गाउँपालिकामा अध्ययनरत कक्षा ६ देखि १० कक्षाका ९ हजार २८८ जना छात्राहरू र विद्यालय नजाने ३१ जना किशोरीलाई खोप लगाइनेछ।’




तीमध्ये कक्षा ६ मा अध्ययरत १ हजार ८७७ जना छन् भने कक्षा ७ देखि १० सम्म अध्ययरत छात्राको संख्या ७ हजार ४११ छ। बिद्यालय नगएका मध्ये १० वर्ष उमेरका ७ जना र ११ देखि १४ वर्ष उमेरका २४ जना रहेको जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले जनाएको छ।

पुतलीबजार नगरपालिका १ हजार ७२०,वालिङ्का १ हजार ९८०,गल्याङका १ हजार १११ जना,चापाकोटका ८९० र भीरकोटका ८३३ जना किशोरीले खोप लगाउनेछन्।

यसैगरी, फेदीखोलाका ४६४, आँधीखोलाका ३९९, हरिनासका ४६१, बिरुवाका ४२६,अर्जुनचौपारीका ४३७ र कालीगण्डकीका ५९८ जना किशोरी छन्। एचपीभी खोप लगाउँदा एचपीभीको सङ्क्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्र बैंक र आरबीआईको साझा संयन्त्र बैठकमा अन्तरदेशीय भुक्तानी छलफल
मेलम्ची खानेपानी पाइप फुट्दा क्षति पुगेका २१ पीडित परिवारले पाए क्षतिपूर्ति
पोखरा विमानस्थलको सवा २ अर्ब बेरुजु उड्डयन प्राधिकरणले गर्‍यो फर्छ्योट
टीओबी समूहका तेन्जिन : न बाबुले छोरा चिने, न छोराले बाबु
। कर्णाली प्रदेशमा ७३१ जना एचआईभी संक्रमित भएको पाइएको छ । ५ वर्षको अवधिमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना संक्रमित भेटिएको सरकारी तथ्याक छ । आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ४९७ जनालाई जाँच गर्दा ३० जना एचआईभी सक्रमित भेटिएका छन् भने ०७८/०७९ मा १२ हजार ९० जनालाई जाँच गर्दा ७० जना ...