मुख्य समाचार
टर्कीले अवैधरुपमा बसेका पाँचजना नेपालीलाई निष्काशन गरे
टर्कीले अवैधरुपमा बसेका पाँचजना नेपालीलाई निष्काशन गरे

: टर्कीले अवैधरुपमा बसेका पाँचजना नेपालीलाई निष्काशन गरेको छ। उनीहरू गत शनिबार टर्किस एयरलाइन्सको जहाजबाट काठमाडौं आइपुगेका छन्।


अवैधरुपमा बसेको थाहा पाएपछि टर्कीको प्रहरीले उनीहरूलाई केहीदिनअघि पक्राउ गरेको थियो। निष्काशित हुनेहरूमा जीवन राज आङदाम्बे,राजु सुनुवार,गोविन्द श्रेष्ठ,नरध्वज थारु र श्रीष थापा रहेका छन्।

स्रोतका अनुसार पक्राउ परेका न‍ेपालीहरू टर्कीलाई ट्रान्जिट बनाइ युरोप र अमेरिका छिर्ने प्रयासमा थिए। उनीहरूलाई काठमाडौंबाट मानव तस्करको सञ्जालले त्यहाँ पुर्‍याएको हुनसक्ने बताइएको छ।




उनीहरूको साथमा आफ्नो राहदानीसमेत थिएन। ट्राभल डकुमेन्ट बनाएर उनीहरू नेपाल आएका हुन्। उनीहरूलाई मानव तस्करकै सञ्जालले त्यहाँ अलपत्र पारेको थियो । लुकिछिपी बसेका उनीहरूलाई टर्कीको अध्यागमन प्रहरीले पक्राउ गरी निष्काशन गरेको हो।

टर्कीमा रहेका बेला उनीहरूले क-कस्तो काम गरेका थिए भन्ने विषयमा भने खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल-अतिसँग आज फोनवार्ता गरेकी छन् । इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ । परराष्ट्रमन्त्री राणाले पहिलो ...
— अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) को खोजीमा ९७ नेपाली छन्, जसमध्ये ७२ जनालाई रेड नोटिस जारी गरिएको छ भने २५ जनालाई डिफ्युजन नोटिस जारी छ । नेपालमा ५ विदेशीलाई रेड र ११ जनालाई डिफ्युजन नोटिस जारी गरेर खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १० वर्षयता ६६ जनालाई इन्टरपोल मार्फत नेपाल ल्याइएको छ । ...
। थाइल्यान्डमा अलपत्र परेका एक जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । थाइल्यान्डस्थित नेपाली दूतावासले १ जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ । दूतावासका अनुसार आकर्षक रोजगारीको प्रलोभनमा पारी लाओसको गोल्डन ट्र्याङ्गलमा लगेर गैरकानुनी रूपमा काम गर्न बाध्य बनेका ती नेपाली नागरिक भागेर थाइल्यान्ड छिरेका थिए । थाई सरकारी निकायको ...
: मलेसिया सरकारले त्यहाँको अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपालीलाई निष्काशन(डिपोर्ट) गरेको छ । उनीहरू गत साता काठमाडौं आइपुगेका छन् । वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् त्यहाँ पुगेका उनीहरूले कम्पनी फेर्ने,प्रवेशाज्ञाको म्याद सकिएपछि समेत काम गर्नेलगायत अध्यागमन कानुन उल्लंघन गरेपछि मलेसिया सरकारले निष्काशन गरेको हो । अध्यागमन प्रहरीले पक्राउ गरेपछि अनुसन्धान गरी मालिन्दो एयरलाइन्सको ...
— गत मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख १७ हजार पाँच सय ३० रुपैयाँ प्रदान गरिएको छ । ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोङलाई ...