मुख्य समाचार
अमेरिकामा शनिबार साँझदेखि अवरुद्ध भएको टिकटक पुन: सञ्चालनमा
अमेरिकामा शनिबार साँझदेखि अवरुद्ध भएको टिकटक पुन: सञ्चालनमा

— अमेरिकामा शनिबार साँझदेखि अवरुद्ध भएको टिकटक पुन: सञ्चालनमा आएको छ । सोमबारबाट राष्ट्रपतिको पदभार सम्हाल्न लागेका डोनाल्ड ट्रम्पले ‘टिकटकलाई जोगाउने’ बताएपछि सेवा सुचारु गरिएको टिकटकले उल्लेख गरेको छ । टिकटकले ट्रम्पलाई नै देखाएर सेवा सञ्चालनमा ल्याएको हो ।

सीएनएनका अनुसार टिकटकले ‘राष्ट्रपति ट्रम्पको पहलका कारण अमेरिकामा टिकटक पुन: सञ्चालनमा आएको छ, यहाँहरूको धैर्य र सहयोगका लागि धन्यवाद’ भन्ने सूचनासहित एप सुचारु गरेको छ । करिब १२ घण्टा अवरुद्ध भएपछि १७ करोड अमेरिकी प्रयोगकर्तामाझ टिकटक फेरि चल्न थालेको हो ।


‘वास्तवमै, यसलाई बचाउनुबाहेक हामीसँग विकल्प नै छैन,’ ट्रम्पलाई उद्रित गर्दै रोयटर्सले लेखेको छ । ट्रम्पले राष्ट्रपतिको पदभार सम्हाल्नुअघि आइतबार आयोजना गरेको र्‍यालीमा टिकटकलाई सञ्चालनमा ल्याउन संयुक्त पहलहरू गर्ने बताएका थिए । आइतबार साँझसम्म अमेरिकामा यो एप प्लेस्टोर र एपस्टोरमा उपलब्ध थिएन ।

‘हाम्रा सेवा प्रदायकहरूसँगको सहमतीअनुसार टिकटकले सेवा सुचारू गर्ने प्रक्रिया अघि बढाएको छ,’ टिकटकले ट्रम्पप्रति कृतज्ञता जनाउँदै विज्ञप्तीमा भनेको छ, ‘अमेरिकाका १७ करोडभन्दा बढी प्रयोगकर्तालाई टिकटक उपलब्ध गराउँदा वा ७० लाखभन्दा बढी साना व्यवसायहरूलाई फस्टाउन मद्दत गर्दा सजाय भोग्नुपर्ने छैन भन्नेमा राष्ट्रपती ट्रम्पले हाम्रा सेवा प्रदायकहरूलाई आवश्यक स्पष्टता र आश्वासन प्रदान गर्नुभएको छ ।’

ट्रम्पले ह्वाइट हाउस प्रवेश गर्नुभन्दा अघिल्लो दिन टिकटकले सार्वजनिक रूपमै उनलाई धन्यवाद दिनुलाई अर्थपूर्ण रूपले हेरिएको छ । अमेरिका-चीनबीचको चिसो सम्बन्धमाझ टिकटकको विषय पेचिलो बन्दै गएको रोयर्टर्सको विश्लेषण छ । ट्रम्पले चिनियाँ सामग्रीमा भन्सार महशुल बढाउने बताइरहेका छन् भने चिनियाँ नेताहरूसँग पनि प्रत्यक्ष सम्पर्क बढाउन चाहेका छन् ।

वासिङ्टनस्थित चिनियाँ दूतावासले टिकटकमाथि दमन गर्न अमेरिकाले अनुचित राज्य शक्तीको प्रयोग गरेको आरोप लगाएको थियो । ‘चीनले आफ्ना वैध अधिकार र हितलाई दृढतापूर्वक सुरक्षित गर्न आवश्यक सबै कदम चाल्नेछ,’ दूतावासका प्रवक्तालाई उद्रित गर्दै रोयटर्सले लेखेको छ ।

टिकटकसम्बन्धी अमेरिकी संघीय सरकारको कानुनलाई त्यहाँको सर्वोच्च अदालतले सदर गरेसँगै शनिबार साँझदेखि नै अमेरिकामा टिकटक चल्न छोडेको थियो । अदालतले शुक्रबार चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी सञ्चालन बिक्री गर्न वा आगामी आइतबारदेखि देशभर प्रतिबन्ध सामना गर्न सरकारले दिएको अल्टिमेटम सही भएको फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबाया कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो खानी क्षेत्र एएफसी/एम२३ विद्रोहीको कब्जामा छ । यहाँ विद्रोहीले नियुक्त गरेका गर्भनरका प्रवक्ता लुमुम्बा कम्बेरे मुयिसाले घटनामा कामदार, महिला र बालबालिकाको मृत्यु भएको बताए । 'यो पहिरोमा २०० भन्दा बढी व्यक्ति परेका छन् । उत्‍खननमा संलग्न कामदार, ...
— इरानका विभिन्न सातवटा सहरमा विस्फोट भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित विभिन्न रिपोर्ट्स अनुसार शनिबार राजधानी तेहरान, परन्द, तबरीज, कोम, अहवाज, नंताज र बंदर अब्बासमा विस्फोट भएका हुन् । टर्कीएको न्यूज एजेन्सी अनादोलुका अनुसार विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । तर इरानी सरकारका तर्फबाट विस्फोटबारे ...
— संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बिक्री स्वीकृत गरेको छ । ट्रम्प प्रशासनले इजरायलका लागि ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि ९ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको छ । अमेरिकाले साउदी अरबलाई ७३० वटा पैट्रियट मिसाइल र सम्बन्धित उपकरणहरू दिइने छ, जसले ...
— इरानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र समान’ वार्ताका तयार रहेको बताएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले वार्ताका लागि धम्कीको वातावरण हुन हुन नहुनेमा जोड दिए। ‘इरानलाई वार्तामा कुनै समस्या छैन,’ शुक्रबार टर्कीमा पत्रकारहरूसँग बोल्दै उनले भने, ‘तर धम्कीको छायाँमा वार्ता हुन सक्दैन।’ अलजजिराका अनुसार अराघचीले इरानको क्षेप्यास्त्र क्षमता र मिसाइललाई भने वार्ताको विषय बनाउन नसकिने ...
— चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको आलोचनाका लागि बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको शुक्रबार बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बताएका छन् । सांसदहरूलाई चीन प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो र सन् २०२१ मा चिनियाँ संस्थाहरूलाई उनीहरूसँग व्यापार गर्न प्रतिबन्ध लगाइएको थियो । बेइजिङले आफ्नो सिन्जियाङ ...