मुख्य समाचार
अमेरिकामा शनिबार साँझदेखि अवरुद्ध भएको टिकटक पुन: सञ्चालनमा
अमेरिकामा शनिबार साँझदेखि अवरुद्ध भएको टिकटक पुन: सञ्चालनमा

— अमेरिकामा शनिबार साँझदेखि अवरुद्ध भएको टिकटक पुन: सञ्चालनमा आएको छ । सोमबारबाट राष्ट्रपतिको पदभार सम्हाल्न लागेका डोनाल्ड ट्रम्पले ‘टिकटकलाई जोगाउने’ बताएपछि सेवा सुचारु गरिएको टिकटकले उल्लेख गरेको छ । टिकटकले ट्रम्पलाई नै देखाएर सेवा सञ्चालनमा ल्याएको हो ।

सीएनएनका अनुसार टिकटकले ‘राष्ट्रपति ट्रम्पको पहलका कारण अमेरिकामा टिकटक पुन: सञ्चालनमा आएको छ, यहाँहरूको धैर्य र सहयोगका लागि धन्यवाद’ भन्ने सूचनासहित एप सुचारु गरेको छ । करिब १२ घण्टा अवरुद्ध भएपछि १७ करोड अमेरिकी प्रयोगकर्तामाझ टिकटक फेरि चल्न थालेको हो ।


‘वास्तवमै, यसलाई बचाउनुबाहेक हामीसँग विकल्प नै छैन,’ ट्रम्पलाई उद्रित गर्दै रोयटर्सले लेखेको छ । ट्रम्पले राष्ट्रपतिको पदभार सम्हाल्नुअघि आइतबार आयोजना गरेको र्‍यालीमा टिकटकलाई सञ्चालनमा ल्याउन संयुक्त पहलहरू गर्ने बताएका थिए । आइतबार साँझसम्म अमेरिकामा यो एप प्लेस्टोर र एपस्टोरमा उपलब्ध थिएन ।

‘हाम्रा सेवा प्रदायकहरूसँगको सहमतीअनुसार टिकटकले सेवा सुचारू गर्ने प्रक्रिया अघि बढाएको छ,’ टिकटकले ट्रम्पप्रति कृतज्ञता जनाउँदै विज्ञप्तीमा भनेको छ, ‘अमेरिकाका १७ करोडभन्दा बढी प्रयोगकर्तालाई टिकटक उपलब्ध गराउँदा वा ७० लाखभन्दा बढी साना व्यवसायहरूलाई फस्टाउन मद्दत गर्दा सजाय भोग्नुपर्ने छैन भन्नेमा राष्ट्रपती ट्रम्पले हाम्रा सेवा प्रदायकहरूलाई आवश्यक स्पष्टता र आश्वासन प्रदान गर्नुभएको छ ।’

ट्रम्पले ह्वाइट हाउस प्रवेश गर्नुभन्दा अघिल्लो दिन टिकटकले सार्वजनिक रूपमै उनलाई धन्यवाद दिनुलाई अर्थपूर्ण रूपले हेरिएको छ । अमेरिका-चीनबीचको चिसो सम्बन्धमाझ टिकटकको विषय पेचिलो बन्दै गएको रोयर्टर्सको विश्लेषण छ । ट्रम्पले चिनियाँ सामग्रीमा भन्सार महशुल बढाउने बताइरहेका छन् भने चिनियाँ नेताहरूसँग पनि प्रत्यक्ष सम्पर्क बढाउन चाहेका छन् ।

वासिङ्टनस्थित चिनियाँ दूतावासले टिकटकमाथि दमन गर्न अमेरिकाले अनुचित राज्य शक्तीको प्रयोग गरेको आरोप लगाएको थियो । ‘चीनले आफ्ना वैध अधिकार र हितलाई दृढतापूर्वक सुरक्षित गर्न आवश्यक सबै कदम चाल्नेछ,’ दूतावासका प्रवक्तालाई उद्रित गर्दै रोयटर्सले लेखेको छ ।

टिकटकसम्बन्धी अमेरिकी संघीय सरकारको कानुनलाई त्यहाँको सर्वोच्च अदालतले सदर गरेसँगै शनिबार साँझदेखि नै अमेरिकामा टिकटक चल्न छोडेको थियो । अदालतले शुक्रबार चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी सञ्चालन बिक्री गर्न वा आगामी आइतबारदेखि देशभर प्रतिबन्ध सामना गर्न सरकारले दिएको अल्टिमेटम सही भएको फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...