मुख्य समाचार
विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता
विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता

— हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल-अतिसँग आज फोनवार्ता गरेकी छन् ।


इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ । परराष्ट्रमन्त्री राणाले पहिलो चरणमै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा अब्देल अतिमार्फत् इजिप्ट सरकारसँग आज सो आग्रह गरेकी हुन् ।

आफ्नो स्वास्थ्य उपचारका लागि बैंककमा रहेकी मन्त्री राणाले त्यहीँबाट इजिप्टका मन्त्रीसँग फोनवार्ता गरेकी हुन् ।

फोनवार्ताका क्रममा मन्त्री राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्टि सरकारलाई धन्यवाद दिएकी थिइन् । त्यसैगरी इजिप्टका विदेशमन्त्री डा अब्देल अतिले विपिनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएका थिए ।
इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिररहेकी छन् ।

केही दिनमात्र अघि मन्त्री राणाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग पनि फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।




त्यसैगरी मन्त्री डा राणाले इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि केही दिनअघि फोनवार्ता गरी हमासहरुले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरुको पहिलो चरणमै विपिन जोशीको रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गरेकी थिइन् ।

विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा राणाले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकहरुमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । अमेरिकी झण्डाको समान उचाइ र आकारमा नेपालको झण्डा राखिएको छ । यो झण्डा आगामी केही साता सो पार्कमा रहने नेपाली महावाणिज्य दूतावासले जनाएको छ । यस पार्कमा सन् ...
। रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु डायमण्ड सी सेक्सन कमाण्डरमा बढुवा भएका छन् । म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन् । ‘…कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ उनले लेखेका छन् । आफू जनयुद्धमा सहभागी भएरपनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रूसी ...
: इजरायलबाट विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको शव फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याउन लागिएको हो। विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने मन्त्रालयले जनाएको छ। हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको ...
: हमासद्वारा अपहरण भई हत्या गरिएका नेपाली नागरिक विपिन जोशीको शवलाई आज इजरायलले अन्तिम बिदाइ गरेको छ। इजरायलले उनको शव नेपाल पठाएको हो। तेलअभिवस्थित बेन गुरियन विमानस्थलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतको “अपहृत, बेपत्ता र फर्कने समन्वय निर्देशनालय”को तर्फबाट राज्यस्तरीय श्रद्धाञ्जली समारोह आयोजना गरिएको थियो। समारोहमा अपहृत तथा बेपत्ता समन्वयकर्ता गल हिर्श, इजरायली परराष्ट्र मन्त्रालयका प्रतिनिधि जिभ बिलाउस, नेपाल ...
: दुई वर्षअघि इजरायलमा कृषि अध्ययनका लागि आएका नेपाली विद्यार्थी समूहको पहिलो दिनको तस्बिर अहिले एक सम्झना बनेको छ। सो समूह इजरायलको परराष्ट्र मन्त्रालयको कृषि लाभान्वित परियोजना अन्तर्गत एसजीओटी जीभ लाभान्वित केन्द्रमार्फत आएको थियो। त्यो दिन इजरायली प्रशिक्षक र अधिकारीहरूले उनीहरूलाई उत्साहका साथ स्वागत गरेका थिए। उनीहरू हर्ष, जिज्ञासा र भविष्यप्रतिको आशाले भरिएका युवा थिए। तर, ...