मुख्य समाचार
राष्ट्रपति ट्रम्पले अमेरिका-मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्ने
राष्ट्रपति ट्रम्पले अमेरिका-मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्ने

: डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिएका छन्। उनले अमेरिकाको राष्ट्रपतिको रुपमा शपथ ग्रहणपछि उद्घाटन भाषण दिएका छन्। उक्त भाषणमा राष्ट्रपति ट्रम्पले अमेरिका-मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्ने बताएका छन्।


यस सम्बन्धमा कार्यकारी आदेशमा हस्ताक्षर गरिने उनले बताए।

ट्रम्पले अवैध प्रवेश तुरुन्तै रोकिने र सरकारले लाखौं "अवैध" आप्रवासीहरूलाई उनीहरूको देश फिर्ता पठाउने प्रक्रिया सुरु गर्ने बताएका छन्।


यसका साथै 'मेक्सिकोमै रहनुहोस्' नीतिलाई पुन: लागू गर्ने र सीमामा थप सेना र स्रोतसाधन तैनाथ गर्ने योजना पनि रहेको उनले उल्लेख गरे।

उनले चाँडै नै मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर 'अमेरिकाको खाडी' राख्ने पनि उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले होर्मुज स्ट्रेट हुँदै गइरहेका तीनवटा व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा इरानमाथि शृङ्खलाबद्ध र शक्तिशाली हवाई हमला गरेको छ। अमेरिकी आक्रमणबाट कैयौँ मानिस घाइते भएको खबर छ, यद्यपि हालसम्म कुनै मानवीय क्षतिको पुष्टि भएको छैन। युएस सेन्टकमले मङ्गलबार राति जारी गरेको जानकारीअनुसार अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक दल रहेका व्यावसायिक जहाजहरूलाई निसाना बनाइएपछि यसको रक्षा र ...
: हर्मुज जलडमरूमध्यमा व्यावसायिक ट्यांकरमाथि भएको आक्रमणपछि अमेरिकाले इरानमा हवाई हमला गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले मंगलबार राति अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकले सञ्चालन गरिरहेका व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफी सैन्य कारबाही सुरु गरिएको जनाएको हो। सेन्टकमले इरानले गरेको आक्रमणलाई अनुचित, खतरनाक तथा युद्धविरामको स्पष्ट उल्लंघन भएको दाबी गरेको छ। व्यावसायिक जहाजलाई निशाना बनाउने कार्यको ...
: पाकिस्तानको एउटा मालवाहक (कार्गो) विमान मंगलबार राति रहस्यमय रुपमा सम्पर्कविहीन भएको छ । विमानमा चालक दलका पाँच सदस्य सवार थिए । यो विमान शारजाहबाट कराँचीतर्फ जाँदै थियो । तर, उडानका क्रममा नेभिगेसन प्रणालीमा समस्या आएपछि यसको हवाई ट्राफिक नियन्त्रण (एटीसी) सँगको सम्पर्क टुटेको थियो । प्रारम्भिक विवरणअनुसार विमान कराँचीको दक्षिण–पश्चिमस्थित अरब सागरमा दुर्घटनाग्रस्त भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहलगाम आक्रमणपछि सिर्जित भारत र पाकिस्तानबीचको द्वन्द्वलाई लिएर पुनः टिप्पणी गरेका छन्। युक्रेनको राजधानी किभमा रुसले गरेको आक्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पले आफूले अहिलेसम्म आठवटा युद्ध रोक्न सफल भएको दाबी समेत गरे। ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “मैले भारत र पाकिस्तानबीचको द्वन्द्व पनि रोक्काएको थिएँ। अन्य मामिलाहरूमा पनि मैले ...
: श्रीलंकाको नेगोम्बो जेलमा सोमबार बिहान भएको हिंसाका कारण २५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।बीबीसीका अनुसार मृत्यु हुनेहरूमा तीन जना प्रहरी अधिकारी पनि रहेका छन्। आइतबार पनि यसै जेलमा झडप भएको थियो, जसमा दुई जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए। यद्यपि, आइतबार नेगोम्बो जेलभित्रको तनावपूर्ण स्थितिलाई ...