मुख्य समाचार
ट्रम्पले भने : अमेरिकामा भर्खरै स्वर्ण युग सुरु भयो
ट्रम्पले भने : अमेरिकामा भर्खरै स्वर्ण युग सुरु भयो

: डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिएका छन्। ट्रम्पले आफ्नो उद्घाटन भाषणमा उनको विजय अमेरिकी जनताको आवाज भएको बताए।


उनले अब अमेरिकामा स्वर्ण युग सुरु भएको उल्लेख गरे। उनले भने, ' अबको भविष्य हाम्रो हो। हाम्रो स्वर्ण युग भर्खरै सुरु भएको छ।'

उनले आफू राष्ट्रपति बनेर फेरि आउनुले कुनै पनि कुरा कहिल्यै असम्भव छ भनेर विश्वास गर्नु हुँदैन भन्ने प्रमाण दिएको बताएका छन्।




उनले भने, 'अमेरिकामा, असम्भवलाई सम्भव बनाउनु नै हाम्रो सर्वोत्तम प्रयास हो। हामी असफल हुने छैनौं। आजको दिनदेखि, अमेरिका एक सार्वभौम र स्वतन्त्र राष्ट्र हुनेछ।'

आफ्नो भाषणमा ट्रम्पले विजय र सफलताको नयाँ उचाइ छुने बारेमा पनि कुरा गरे। उनले पानामा नहरको उल्लेख गर्दै भने, 'हामीले यो चीनलाई दिएका छैनौं। यसलाई फिर्ता लिने छौं।'

मध्यपूर्वमा शान्ति स्थापनाकर्ताको भूमिका खेल्ने

उनले आफ्नो उद्घाटन भाषणमा मध्य पूर्वसँग सम्बन्धित मुद्दाहरूको बारेमा पनि कुरा गरेका छन्। उनले मध्यपूर्वमा शान्ति स्थापनाकर्ता र एकताकारीको भूमिका खेल्ने बताए।

ट्रम्पले गाजामा हमासद्वारा बन्धक बनाइएका तीन इजरायली बन्धकहरूको पनि उल्लेख गरे। आइतबार सबै बन्धकहरूले आफ्ना परिवारलाई भेटेको बताए।

अमेरिकाले सम्पूर्ण विश्वलाई प्रेरणा दिने मात्र नभइ विश्वले यसको प्रशंसा पनि गर्ने उनले बताए।'अमेरिका पृथ्वीको सबैभन्दा महान, सबैभन्दा शक्तिशाली र सबैभन्दा सम्मानित राष्ट्रको रूपमा आफ्नो उचित स्थानमा फर्कनेछ,' ट्रम्पले भने।

उनले चाँडै नै मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर अमेरिकाको खाडी राख्ने पनि उल्लेख गरेका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...