मुख्य समाचार
ट्रम्पले भने : अमेरिकामा भर्खरै स्वर्ण युग सुरु भयो
ट्रम्पले भने : अमेरिकामा भर्खरै स्वर्ण युग सुरु भयो

: डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिएका छन्। ट्रम्पले आफ्नो उद्घाटन भाषणमा उनको विजय अमेरिकी जनताको आवाज भएको बताए।


उनले अब अमेरिकामा स्वर्ण युग सुरु भएको उल्लेख गरे। उनले भने, ' अबको भविष्य हाम्रो हो। हाम्रो स्वर्ण युग भर्खरै सुरु भएको छ।'

उनले आफू राष्ट्रपति बनेर फेरि आउनुले कुनै पनि कुरा कहिल्यै असम्भव छ भनेर विश्वास गर्नु हुँदैन भन्ने प्रमाण दिएको बताएका छन्।




उनले भने, 'अमेरिकामा, असम्भवलाई सम्भव बनाउनु नै हाम्रो सर्वोत्तम प्रयास हो। हामी असफल हुने छैनौं। आजको दिनदेखि, अमेरिका एक सार्वभौम र स्वतन्त्र राष्ट्र हुनेछ।'

आफ्नो भाषणमा ट्रम्पले विजय र सफलताको नयाँ उचाइ छुने बारेमा पनि कुरा गरे। उनले पानामा नहरको उल्लेख गर्दै भने, 'हामीले यो चीनलाई दिएका छैनौं। यसलाई फिर्ता लिने छौं।'

मध्यपूर्वमा शान्ति स्थापनाकर्ताको भूमिका खेल्ने

उनले आफ्नो उद्घाटन भाषणमा मध्य पूर्वसँग सम्बन्धित मुद्दाहरूको बारेमा पनि कुरा गरेका छन्। उनले मध्यपूर्वमा शान्ति स्थापनाकर्ता र एकताकारीको भूमिका खेल्ने बताए।

ट्रम्पले गाजामा हमासद्वारा बन्धक बनाइएका तीन इजरायली बन्धकहरूको पनि उल्लेख गरे। आइतबार सबै बन्धकहरूले आफ्ना परिवारलाई भेटेको बताए।

अमेरिकाले सम्पूर्ण विश्वलाई प्रेरणा दिने मात्र नभइ विश्वले यसको प्रशंसा पनि गर्ने उनले बताए।'अमेरिका पृथ्वीको सबैभन्दा महान, सबैभन्दा शक्तिशाली र सबैभन्दा सम्मानित राष्ट्रको रूपमा आफ्नो उचित स्थानमा फर्कनेछ,' ट्रम्पले भने।

उनले चाँडै नै मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर अमेरिकाको खाडी राख्ने पनि उल्लेख गरेका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबाया कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो खानी क्षेत्र एएफसी/एम२३ विद्रोहीको कब्जामा छ । यहाँ विद्रोहीले नियुक्त गरेका गर्भनरका प्रवक्ता लुमुम्बा कम्बेरे मुयिसाले घटनामा कामदार, महिला र बालबालिकाको मृत्यु भएको बताए । 'यो पहिरोमा २०० भन्दा बढी व्यक्ति परेका छन् । उत्‍खननमा संलग्न कामदार, ...
— इरानका विभिन्न सातवटा सहरमा विस्फोट भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित विभिन्न रिपोर्ट्स अनुसार शनिबार राजधानी तेहरान, परन्द, तबरीज, कोम, अहवाज, नंताज र बंदर अब्बासमा विस्फोट भएका हुन् । टर्कीएको न्यूज एजेन्सी अनादोलुका अनुसार विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । तर इरानी सरकारका तर्फबाट विस्फोटबारे ...
— संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बिक्री स्वीकृत गरेको छ । ट्रम्प प्रशासनले इजरायलका लागि ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि ९ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको छ । अमेरिकाले साउदी अरबलाई ७३० वटा पैट्रियट मिसाइल र सम्बन्धित उपकरणहरू दिइने छ, जसले ...
— इरानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र समान’ वार्ताका तयार रहेको बताएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले वार्ताका लागि धम्कीको वातावरण हुन हुन नहुनेमा जोड दिए। ‘इरानलाई वार्तामा कुनै समस्या छैन,’ शुक्रबार टर्कीमा पत्रकारहरूसँग बोल्दै उनले भने, ‘तर धम्कीको छायाँमा वार्ता हुन सक्दैन।’ अलजजिराका अनुसार अराघचीले इरानको क्षेप्यास्त्र क्षमता र मिसाइललाई भने वार्ताको विषय बनाउन नसकिने ...
— चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको आलोचनाका लागि बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको शुक्रबार बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बताएका छन् । सांसदहरूलाई चीन प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो र सन् २०२१ मा चिनियाँ संस्थाहरूलाई उनीहरूसँग व्यापार गर्न प्रतिबन्ध लगाइएको थियो । बेइजिङले आफ्नो सिन्जियाङ ...