मुख्य समाचार
अमेरिकाको ४७ औं राष्ट्रपतिमा ट्रम्प, २ सय कार्यकारी आदेश जारी गर्ने तयारी
अमेरिकाको ४७ औं राष्ट्रपतिमा ट्रम्प, २ सय कार्यकारी आदेश जारी गर्ने तयारी

— अमेरिकामा गत नोभेम्बरमा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । ट्रम्पले सोमबार १२ बजे (नेपाली समयानुसार १०:४५ बजे) अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ लिँदैछन् । ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबर्ट्सले क्यापिटल रोटुन्डामा आयोजित विशेष समारोहमा सपथ गराउनेछन् ।

'म यो कुराको गम्भीरतापूर्वक शपथ लिन्छु कि म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको पदलाई निष्ठापूर्वक निर्वाह गर्ने छु र आफ्नो पूर्ण क्षमताअनुसार अमेरिकाको संविधानको संरक्षण, बचाउ र रक्षा गर्ने छु' भन्ने वाक्यांश वाचन गरेसँगै ट्रम्प औपचारिक रूपमा अमेरिकाको ४७औं राष्ट्रपति बन्नेछन् । ट्रम्पसँगै जेडी भान्सले अमेरिकाको ५० औं उपराष्ट्रपतिको शपथ लिँदैछन् ।


सामान्यत: शपथ ग्रहण समारोह युएस क्यापिटोलको बाहिर हुने गरेको भएपनि यसपटक चिसोका कारण भवनभित्र गर्न लागिएको हो । शपथपछि ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्ने जनाइएको छ । शपथग्रहण समारोहमा करिब २ लाख समर्थकहरूले वासिङटन पुग्ने अनुमान गरिएको छ ।

समारोहमा राजनीतिक नेताहरू, पूर्वराष्ट्रपतिहरू र प्रभावशाली अर्बपतिहरू इलन मस्क र जेफ बेजोस लगायतको उपस्थिति रहनेछ । समारोहमा पूर्व अमेरिकन आइडल विजेता तथा गायिका क्यारी अन्डरवुडले 'अमेरिका द ब्यूटीफुल' गीत गाउने कार्यक्रम तय गरिएको छ ।

अमेरिकी डिस्को समूह 'द भिलेज पिपुल'ले पनि कार्यक्रममा प्रस्तुति दिने घोषणा गरेको छ । चुनावी अभियानका बेला ट्रम्पले आफ्ना र्‍यालीहरूमा उक्त समूहका वाइएमसीए र माचो म्यान गीतहरू बजाएका थिए । ट्रम्पका लामो समयदेखि मित्र र सहकर्मी गायिका ली ग्रीनवूड र ओपेरा गायक क्रिस्टोफर माचियोले पनि प्रस्तुति दिने अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

पद तथा गोपनीयताको शपथ लिएसँगै ट्रम्प र भान्स दुवैले तत्काल अध्यागमन लगायतका २ सयवटा कार्यकारी आदेशहरू जारी गर्ने अपेक्षा गरिएको छ । ती आदेशहरूमा आप्रवासन र सीमा, व्यापार तथा अर्थतन्त्र, जलवायु र ऊर्जा, लिखतहरूको गोप्यता, विदेश नीति, गर्भपतन, टिकटक लगायतका मुद्दा समावेश रहेका बीबीसीले जनाएको छ ।

कार्यकारी आदेश राष्ट्रपतिद्वारा संघीय सरकारलाई जारी गरिने लिखित आदेशहरू हुन् । नीतिगत परिवर्तनहरूका लागि राष्ट्रपतिले जारी गर्ने यस्ता आदेशका लागि संसद्को स्वीकृति आवश्यक पर्दैन । तर, यस्ता कार्यकारी आदेशहरूले कानूनको दायरा भित्र रहुनपर्छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा २ सय २० कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । तीमध्ये केहीले अदालतमा चुनौतीको सामना गरेका थिए ।




वर्तमान जो बाइडेनले १ सय ६० कार्यकारी आदेश जारी गरेका थिए । दुई कार्यकाल राषट्रपति बनेका बाराक ओबामा र जर्ज बुशले क्रमशः २ सय ७७ र २ सय ९१ वटा कार्यकारी आदेश जारी गरेका थिए ।

ट्रम्प नोभेम्बर ५ मा भएको चुनावमा रिपब्लिकन दलका तर्फबाट राष्ट्रपतिमा विजयी भएका थिए । उनले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गरेका हुन् । ट्रम्प ३ सय १४ इलेक्टोरल मतसहित विजयी भएका हुन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ मतमध्ये कम्तीमा २७० इलेक्टोरल मत ल्याउनुपर्छ । ह्यारिसले २ सय २६ इलेक्टोरल मत पाएकी थिइन् ।

यसअघि ट्रम्प सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए । २०१६ को चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराएका ट्रम्प सन् २०२० मा जो बाइडेनसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलले अमेरिका र इरानबीच भएको युद्धविरामको घोषणा मान्ने भएको छ । तर, उसले लेबनानमा भने युद्धविराम लागू नहुने प्रष्ट्याएको छ । इजरायलले आफ्नो आधिकारिक बयानमा भनेको छ, ‘हामी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलामा समर्थन गर्दछौं, जसमा इरानमाथि दुई साताका लागि हमला नगरिने उल्लेख छ । बिना शर्त इरानले तत्काल होर्मुज स्ट्रेट खोलोस् र अमेरिका, इजरायल र ...
। पाकिस्तानको मध्यस्थतामा बुधबार बिहान सबेरै घोषणा गरिएको अमेरिका-इरान युद्धविरामलाई कतारको मन्त्रिपरिषद्ले स्वागत गरेको छ। मन्त्रिपरिषद्ले एक विज्ञप्ति जारी गर्दै ‘क्षेत्रीय स्थिरतालाई कमजोर बनाउने सबै प्रकारका शत्रुतापूर्ण कार्य र गतिविधिहरूलाई तत्काल रोक्नुपर्ने आवश्यकता, राज्यको सार्वभौमसत्ताप्रतिको सम्मान, र समुद्री मार्गको सुरक्षा, जलयात्राको स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय व्यापारको सुनिश्चितता’ मा जोड दिएको छ। युद्धविराम घोषणा भएको केही घण्टापछि बुधबार पनि ...
: इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका लागि १० बुँदे सर्तसहितको कार्ययोजना अघि सारेको छ। आगामी अप्रिल १० मा पाकिस्तानको इस्लामावादमा हुने वार्ताका लागि इरानले १० बुँदे कार्ययोजना सार्वजनिक गरेको हो। इरानले अघि सारेका प्रस्तावहरूले मध्यपूर्वी क्षेत्रको राजनीति र विश्व अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने देखिएको छ। इरानले अघि सारेका मुख्य सर्तहरूमा ...
: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका रेलमार्ग र पुलहरूमा आक्रमण गरेको बताएका छन्। सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत् उनले दर्जनौं विमान र हेलिकोप्टर नष्ट गरेको उल्लेख गरेका छन्। रिभोल्युशनरी गार्ड्सले प्रयोग गर्ने रेलमार्ग र पुलहरूमा पनि आक्रमण गरेको उनको भनाइ छ। यसैबीच इजरायलको आइडीएफले आठ वटा पुलमा आक्रमण गरेको जनाएको छ। उक्त पुल इरानी सेनाले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकै रातमा ध्वस्त पार्न सकिने धम्की दिएका छन्। उनले अमेरिकासँगको सम्झौतामा ढिलाइ नगर्न चेतावनी समेत दिएका हुन्। ट्रम्पले यदि इरानले दिएको समयसीमा भन्दा पहिले अमेरिकासँग सम्झौता गर्न असफल भयो भने आक्रमण मंगलबार राति पनि हुनसक्ने चेतावनी दिएका छन्। ट्रम्पको सम्झौता अनुसार इरानले विश्वको २०% तेल आपूर्ति ढुवानी गर्ने होर्मुजको ...