मुख्य समाचार
अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प
अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प

: अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सपथ लिएका छन्। सोमबार क्यापिटल हिलमा आयोजित भव्य समारोहमा राष्ट्रपति ट्रम्पले सपथ लिएका हुन्।


उनको सपथग्रहण समारोहमा पूर्व राष्ट्रपति जो बाइडेन, जर्ज बुस, बिल क्लिन्टन, बाराक ओबामा, विभिन्न देशका राष्ट्र प्रमुख र विश्वकै धनाढ्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। समारोहमा चर्चित स्टारहरू पनि सहभागी थिए। समारोहमा एलन मस्क, मार्क जुकरवर्ग, सुन्दर पिचाइलगायत पनि सहभागी थिए।

सपथग्रहण गर्नुअघि ट्रम्पले आफैंले तोडेको परम्परालाई पुनःर्जीवन दिएका थिए। उनले ह्वाइट हाउसको उत्तरी पोर्टिकोमा रहेको बाइडेन निवास पुगेका थिए, जहाँ वर्तमान राष्ट्रपति बाइडेनलाई उनलाई स्वागत गरेका थिए।




अमेरिकामा नवनिर्वाचित र वर्तमान राष्ट्रपतिबीच चिया परम्परा रहँदै आएको छ। सन् १८३७ मा राष्ट्रपति मार्टिन भ्यान बुरेन र एन्ड्रयू ज्याक्सनबाट यो परम्परा सुरु भएको थियो। तर, २०२१ मा बाइडेन राष्ट्रपति निर्वाचित हुँदा ट्रम्पले चिया परम्परालाई तोडेका थिए। उनले बाइडेनलाई चिया निम्तोमा नबोलाई सत्ता हस्तान्तरण गरेका थिए।

गत नोभेम्बर ६ मा डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा विजयी भएका थिए। अमेरिकाको लोकप्रिय मतसहित उनी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए। यसअघि बाइडेनसँग पराजित भएका ट्रम्प सन् २०१३ मा हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको ४५औं राष्ट्रपति बनेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबाया कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो खानी क्षेत्र एएफसी/एम२३ विद्रोहीको कब्जामा छ । यहाँ विद्रोहीले नियुक्त गरेका गर्भनरका प्रवक्ता लुमुम्बा कम्बेरे मुयिसाले घटनामा कामदार, महिला र बालबालिकाको मृत्यु भएको बताए । 'यो पहिरोमा २०० भन्दा बढी व्यक्ति परेका छन् । उत्‍खननमा संलग्न कामदार, ...
— इरानका विभिन्न सातवटा सहरमा विस्फोट भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित विभिन्न रिपोर्ट्स अनुसार शनिबार राजधानी तेहरान, परन्द, तबरीज, कोम, अहवाज, नंताज र बंदर अब्बासमा विस्फोट भएका हुन् । टर्कीएको न्यूज एजेन्सी अनादोलुका अनुसार विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । तर इरानी सरकारका तर्फबाट विस्फोटबारे ...
— संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बिक्री स्वीकृत गरेको छ । ट्रम्प प्रशासनले इजरायलका लागि ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि ९ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको छ । अमेरिकाले साउदी अरबलाई ७३० वटा पैट्रियट मिसाइल र सम्बन्धित उपकरणहरू दिइने छ, जसले ...
— इरानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र समान’ वार्ताका तयार रहेको बताएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले वार्ताका लागि धम्कीको वातावरण हुन हुन नहुनेमा जोड दिए। ‘इरानलाई वार्तामा कुनै समस्या छैन,’ शुक्रबार टर्कीमा पत्रकारहरूसँग बोल्दै उनले भने, ‘तर धम्कीको छायाँमा वार्ता हुन सक्दैन।’ अलजजिराका अनुसार अराघचीले इरानको क्षेप्यास्त्र क्षमता र मिसाइललाई भने वार्ताको विषय बनाउन नसकिने ...
— चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको आलोचनाका लागि बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको शुक्रबार बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बताएका छन् । सांसदहरूलाई चीन प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो र सन् २०२१ मा चिनियाँ संस्थाहरूलाई उनीहरूसँग व्यापार गर्न प्रतिबन्ध लगाइएको थियो । बेइजिङले आफ्नो सिन्जियाङ ...