मुख्य समाचार
अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प
अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प

: अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सपथ लिएका छन्। सोमबार क्यापिटल हिलमा आयोजित भव्य समारोहमा राष्ट्रपति ट्रम्पले सपथ लिएका हुन्।


उनको सपथग्रहण समारोहमा पूर्व राष्ट्रपति जो बाइडेन, जर्ज बुस, बिल क्लिन्टन, बाराक ओबामा, विभिन्न देशका राष्ट्र प्रमुख र विश्वकै धनाढ्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। समारोहमा चर्चित स्टारहरू पनि सहभागी थिए। समारोहमा एलन मस्क, मार्क जुकरवर्ग, सुन्दर पिचाइलगायत पनि सहभागी थिए।

सपथग्रहण गर्नुअघि ट्रम्पले आफैंले तोडेको परम्परालाई पुनःर्जीवन दिएका थिए। उनले ह्वाइट हाउसको उत्तरी पोर्टिकोमा रहेको बाइडेन निवास पुगेका थिए, जहाँ वर्तमान राष्ट्रपति बाइडेनलाई उनलाई स्वागत गरेका थिए।




अमेरिकामा नवनिर्वाचित र वर्तमान राष्ट्रपतिबीच चिया परम्परा रहँदै आएको छ। सन् १८३७ मा राष्ट्रपति मार्टिन भ्यान बुरेन र एन्ड्रयू ज्याक्सनबाट यो परम्परा सुरु भएको थियो। तर, २०२१ मा बाइडेन राष्ट्रपति निर्वाचित हुँदा ट्रम्पले चिया परम्परालाई तोडेका थिए। उनले बाइडेनलाई चिया निम्तोमा नबोलाई सत्ता हस्तान्तरण गरेका थिए।

गत नोभेम्बर ६ मा डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा विजयी भएका थिए। अमेरिकाको लोकप्रिय मतसहित उनी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए। यसअघि बाइडेनसँग पराजित भएका ट्रम्प सन् २०१३ मा हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको ४५औं राष्ट्रपति बनेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रशान्त क्षेत्रका राष्ट्रहरूले चीनले हालै प्रशान्त महासागरमा गरेको रणनीतिक क्षेप्यास्त्र परीक्षणको विरोधमा कडा संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले क्षेत्रीय सहमतिका लागि उक्त वक्तव्यको मस्यौदा प्रशान्त टापु फोरमका सदस्य राष्ट्रबीच छलफलमा रहेको जानकारी दिए । ब्रिस्बेनमा पपुवा न्यू गिनी, टोङ्गा र सामोआका नेतासँग सुरक्षा वार्ताअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री अल्बानिजले ...
। अमेरिका र इरानबीचको द्वन्द्वले पश्चिम एसियामा थप उग्र रूप लिन थालेको छ। अमेरिकाले इरानमाथि भीषण हवाई हमला गरेलगत्तै इरानले एक अत्याधुनिक अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ भने द्वन्द्वको असर छिमेकी राष्ट्र कुवेतसम्म पुगेको छ। इरानी समाचार एजेन्सी तस्निमका अनुसार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रवक्ता हुसेन मोहबीले इरानी वायु रक्षा प्रणालीले बुशेहर ...
: सिरियाको राजधानी दमास्कसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको भ्रमणका क्रममा कम्तीमा दुई वटा विष्फोट भएका छन् । सिरियाको गृह मन्त्रालयका अनुसार विष्फोटमा चार जना प्रहरीसहित कम्तीमा १८ जना घाइते भएका छन् । सरकारी समाचार संस्था सिरिया अरब न्यूज एजेन्सी (साना) ले मंगलबार जानकारी दिएको हो । टेलिभिजन दृश्यहरूमा शहरमाथि धुवाँको मुस्लो उठेको देखिएको छ । साथै, ...
। मध्य चीनको हुबेई प्रान्तमा सोमबार राति आएको भीषण आँधीबेहरी र चक्रवातका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३१ जना घाइते भएका छन्। यस प्राकृतिक विपत्तिमा परी एक जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। स्थानीय प्रशासनका अनुसार सोमबार राति ७ देखि ११ बजेको समयमा हुबेईको पूर्वी क्षेत्र-विशेषगरी हुआङ्सी, हुआङ्गाङ, एजोउ र ...
। अमेरिकाले होर्मुज स्ट्रेट हुँदै गइरहेका तीनवटा व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा इरानमाथि शृङ्खलाबद्ध र शक्तिशाली हवाई हमला गरेको छ। अमेरिकी आक्रमणबाट कैयौँ मानिस घाइते भएको खबर छ, यद्यपि हालसम्म कुनै मानवीय क्षतिको पुष्टि भएको छैन। युएस सेन्टकमले मङ्गलबार राति जारी गरेको जानकारीअनुसार अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक दल रहेका व्यावसायिक जहाजहरूलाई निसाना बनाइएपछि यसको रक्षा र ...