मुख्य समाचार
नेपालआईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको ‘सुपर फोर’ मा पुग्न कठिन
नेपाल आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको ‘सुपर फोर’ मा पुग्न कठिन

— नेपालको आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको दोस्रो चरणमा पुग्ने सम्भावना निकै कमजोर बनेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा स्कटल्यान्डले सोमबार नेपाललाई नाटकीय खेलमा १ विकेटले हरायो ।


नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । नेपालले अब बुधबार अस्ट्रेलियासँग खेल्नेछ । समूह ‘डी’ मा अस्ट्रेलियाको ४ तथा बंगलादेश

र स्कटल्यान्डको २–२ अंक छ । नेपाल अंकविहीन छैन । समूहका शीर्ष तीन टोली ‘सुपर फोर’ मा पुग्ने प्रावधान छ । स्कटल्यान्ड र बंगलादेश समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो पटक यू–१९ महिला ट्वान्टी–२० विश्वकप खेलिरहेको नेपालले अन्तिम खेलमा अस्ट्रेलियालाई पराजित गरेमा मात्र ‘सुपर फोर’ पुग्ने झिनो सम्भावना रहन्छ । वाईएसडी यूकेएम क्रिकेट ओभलमा रचना चौधरीले १७ औं ओभरमा पिपा स्प्रोल र माइसे माकेइरालाई आउट गर्दा ७४ रनको विजय लक्ष्य पाएको स्कटल्यान्ड ५८–९ को स्थितिमा पुग्यो । तर, ग्याब्रियला फोन्टेनला र क्रिस्टी म्याकोलको अन्तिम जोडीले अविजित १६ रनको साझेदारी गरेर स्कटल्यान्डलाई रोमाञ्चक विजय दिलाए ।

फोन्टेनला ९ बलमा १ चौकासहित १२ र म्याकोल ४ बलमा १ चौकासहित ६ रनमा अविजित रहे । स्प्रोलले स्कटल्यान्डबाट सर्वाधिक ३५ रन बनाइन् । उनले ४७ बल खेल्दै ३ चौका प्रहार गरिन् । नेपालबाट रचना र सिमानाले २–२ तथा कप्तान पूजा महतो र कृष्मा गुरुङले १–१ विकेट लिए । रचनाले ३ ओभरमा १३ र सिमानाले ४ ओभरमा १६ रन खर्चेका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रनमा अलआउट भयो । पूजाले सर्वाधिक २७ रन बनाइन् । उनले ४३ बल खेल्दै ३ चौका प्रहार गरिन् । ओपनर सावित्री धामीले ११ बलमा १ चौकासहित १० रन बनाइन् । उपकप्तान सोनी पाख्र्रिनविना खेलेको नेपालबाट अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सना प्रविन १, ज्योत्सनिका मरासिनी र किरण कुँवर ४–४, कृष्मा २, सिमाना १, एलिसा यादव ३, रचना शून्य र रिया शर्मा २ रनमा आउट भए । अनु कडायत ५ रनमा अविजित रहिन् । स्कटल्यान्डबाट माकेइराले ५ विकेट लिइन् । उनले ३.५ ओभरमा १५ रनमात्र खर्चेकी थिइन् । एमी बाल्डी र नायमा शेखले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्यान्ड आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटबाट एक खेल खेल्नुअगावै बाहिरिएको छ । शुक्रबार भएको सुपर सिक्सअन्तर्गतको खेलमा अमेरिकासँग २८ रनले पराजित भएसँगै थाइल्यान्डको विश्वकपमा छनोट हुने सम्भावना सकिएको हो । सुपर सिक्समा शून्य अंकबाट सुरुवात गरेको थाइल्यान्डले अब अन्तिम खेल जितेपनि पर्याप्त हुने छैन । अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १९ ओभरमा १०० रनमा ...
। यही फेब्रुअरी दोस्रो सातादेखि थाइल्यान्डमा सुरु हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा नेपालको कप्तानी पूजा महतोले गर्ने भएकी छन् । नियमित कप्तान इन्दु बर्मा चोटका कारण कम्तीमा ८ साताका लागि मैदानबाहिर रहने भएपछि यसअघिकी उपकप्तान पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो । प्रतियोगिताका लागि पूजाको कप्तानीमा नेपालको १५ सदस्यीय टोली पनि घोषणा भएको छ । पूजाले ...
— युरोपा लिगका लिग चरणका खेल बिहीबार सकिएका छन् । लियोन तथा एस्टन भिल्ला शीर्ष दुईमा रहे । यस्तै मिडट्जल्यान्ड, रियल बेटिस, पोर्टो, ब्राग, फ्रेबर्ग र रोमा शीर्ष आठमा रहेर अन्तिम १६ मा प्रवेश गरेका छन् । यस्तै नवौंदेखि २४ औं स्थानसम्म रहने टिमले अब अन्तिम १६ मा प्रवेशका लागि प्ले अफ खेल्नेछन् । अन्तिम दिनका प्रमुख ...
: नेदरल्यान्ड्स महिला क्रिकेट टोली पहिलो पटक महिला टी-२० विश्वकपमा छनोट भएको छ। नेपालमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको सुपर सिक्स अन्तर्गत पहिलो खेलमा अमेरिकालाई हराउँदै विश्वकपका लागि छनोट भएको हो। त्रिवी क्रिकेट मैदानमा अमेरिकालाई डीएलएस (डकवर्थ लुइस स्ट्रेन)को माध्यमबाट २१ रनले हराउँदै नेदरल्यानड्सले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो। टस जितेर ब्याटिङ ...
: आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरीको स्थान सुधार भएको छ। आइसीसील बुधबार सार्वजनिक गरेको वरीयतामा ऐरी आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन्। त्यस्तै कुशल भुर्तेलले पनि अलराउन्डर वरीयतामा २ स्थान सुधार गरेका छन्। उनी २६ औं स्थानबाट २४ औं स्थानमा उक्लिएका हुन्। कप्तान रोहित पौडेलको भने अलराउन्डर वरीयता खस्किएको छ। रोहित ४३ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम