मुख्य समाचार
अम्पायरसँग भएको विवाद सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई कारबाही
अम्पायरसँग भएको विवाद सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई कारबाही

— नेपाल क्रिकेट संघ(क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई अनुशासनको कारबाही गरेको छ । जय ट्रफीका क्रममा सामाजिक सञ्जालमा नेपालका अम्पायरको गुणस्तरबारे टिप्पणी गरेपछि उनलाई कारबाही गरिएको हो ।

सन्दीपलाई खेलाडी आचारसंहिताको आर्टिकल २.७ अनुसार कारबाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । लामाका अनुसार सन्दीपलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाइएको छ । आर्टिकल २.७ मा कुनै क्यान, एसीसी र आईसीसी, खेलाडी, म्याच अफिसियल र टिमका बारेमा सार्वजनिक रूपमा टिप्पणी गर्न प्रतिबन्ध लगाइएको छ ।


सन्दीपले जय ट्रफीका क्रममा नेपालमा अम्पायरको अवस्था निकै कमजोर भएको टिप्पणी गरेका थिए । 'मैले भन्न त नहुने हो, तर नेपालमा अम्पायरिङको स्तरमा महत्त्वपूर्ण सुधारको आवश्यकता छ । यो लामो समयदेखि स्थिर रहेको छ । यदि आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण धेरै खेलाडीहरू प्रभावित हुने सम्भावना छ ।...,' उनले फेसबुकमा लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...