मुख्य समाचार
अम्पायरसँग भएको विवाद सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई कारबाही
अम्पायरसँग भएको विवाद सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई कारबाही

— नेपाल क्रिकेट संघ(क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई अनुशासनको कारबाही गरेको छ । जय ट्रफीका क्रममा सामाजिक सञ्जालमा नेपालका अम्पायरको गुणस्तरबारे टिप्पणी गरेपछि उनलाई कारबाही गरिएको हो ।

सन्दीपलाई खेलाडी आचारसंहिताको आर्टिकल २.७ अनुसार कारबाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । लामाका अनुसार सन्दीपलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाइएको छ । आर्टिकल २.७ मा कुनै क्यान, एसीसी र आईसीसी, खेलाडी, म्याच अफिसियल र टिमका बारेमा सार्वजनिक रूपमा टिप्पणी गर्न प्रतिबन्ध लगाइएको छ ।


सन्दीपले जय ट्रफीका क्रममा नेपालमा अम्पायरको अवस्था निकै कमजोर भएको टिप्पणी गरेका थिए । 'मैले भन्न त नहुने हो, तर नेपालमा अम्पायरिङको स्तरमा महत्त्वपूर्ण सुधारको आवश्यकता छ । यो लामो समयदेखि स्थिर रहेको छ । यदि आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण धेरै खेलाडीहरू प्रभावित हुने सम्भावना छ ।...,' उनले फेसबुकमा लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित