मुख्य समाचार
सपथ ग्रहण गर्दै डोनाल्ड ट्रम्पले मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने बाचा
सपथ ग्रहण गर्दै डोनाल्ड ट्रम्पले मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने बाचा

— नेपाली समयअनुसार सोमबार राती अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा सपथ ग्रहण गर्दै डोनाल्ड ट्रम्पले मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने बाचा गरेका छन् । समारोहमा उनले ‘रातो ग्रह’ भनिने मंगलमा अमेरिकी झण्डा (तारा र धर्काहरू) फहराउने महत्वाकांक्षी योजना सुनाएका थिए । यसअघि सन् २०१७ को पहिलो राष्ट्रपतीय कार्यकालमा पनि ट्रम्पले मंगल ग्रहमा झण्डा गाड्ने भिजनलाई प्रमुख एजेन्डामध्ये राखेका थिए ।

मंगल ग्रहमा एस्ट्रोनट पठाउने ट्रम्पको घोषणा सुनेर सोमबार इन्यागुरेसन कार्यक्रममा विशेष अतिथिका रूपमा डायसको अग्रभागमा उभिएका सूचना प्रविधि कम्पनीका सीईओहरू उत्साहित बने । उनीहरूमध्ये ट्रम्पका निकट अर्ब पति इलन मस्क सबैभन्दा गद्गद देखिन्थे । अन्तरिक्षसम्बन्धी कम्पनी ,स्पेस एक्सका संस्थापक मस्कले मंगल ग्रहमा बस्ती बसाउने लक्ष्य लिएका छन् ।


मस्कले अमेरिकी अन्तरिक्ष अभियान चन्द्रमाभन्दा पर मंगल ग्रहमा केन्द्रित हुनुपर्ने सुझाव दिँदै आएका छन् । ट्रम्पले उनकै चाहनाबमोजिम मंगलमा अन्वेषण अघि बढाउने बताएपछि मस्क गद्गद हुँदै ताली बजाएका देखिन्थे । पृथ्वीभन्दा औसतमा करिब २२ करोड ५० लाख किलोमिटर पर रहेको मंगलमा मान्छे पुर्‍याउने मात्रै नभएर उपनिवेश नै स्थापना गर्ने मस्कको लक्ष्य छ ।

‘अमेरिकी अन्तरिक्ष यात्रीहरूलाई मंगल ग्रहमा स्टार्स एन्ड स्ट्राइप्स (झन्डा) फहराउन पठाएर हामी ताराहरूमा हाम्रो निर्धारित भविष्यका लागि खोज अघि बढाउनेछौँ,’ ट्रम्पले भनेका थिए । यसमा मस्कले ‘थम्ब्स अप’ दिँदै थपडी बजाए । उनले आफ्नो एक्स ह्यान्डलमा पनि ‘अमेरिका मंगलमा जाँदै छ’ लेखेर खुसी साटेका छन् ।

केही दिनअघि मात्रै मस्कले मंगल ग्रहमा उपनिवेश खडा गर्नु ‘जीवनको जीवन बिमा’ गरिएको हुने बताएका थिए । एक्सकै पोस्टमा उनले लेखेका थिए, ‘हामी सिधै मंगलमा जाँदै छौं, चन्द्रमा अवरोध मात्रै हो ।’ अन्तरिक्ष अभियानमा चन्द्रमातिर लाग्नु ध्यान भड्काउने काम (डिस्ट्रयाक्सन) भएको बताउने मस्कले यो साता मात्रै स्पेस एक्सको फालन ९ रकेटमार्फत दुई वटा निजी ल्यान्डर चन्द्रमामा पठाएका छन् । यसमा फायरफ्लाइ एरोस्पेसको ‘ब्लु गोस्ट’ र जापानी आइस्पेस कम्पनीको ‘रेजिलियन्स ल्यान्डर’ छन् ।

मस्कले अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई पनि चन्द्रमा अभियान छोडेर मंगल ग्रहतिर लाग्न आग्रह गर्दै आएका छन् । नासाले भने मंगल ग्रहमा मानिस पठाउने काम चन्द्रमामा पठाउनेभन्दा साह्रै कठिन भएको जनाएको छ । मंगल अभियानमा जाँदा अन्तरिक्ष विकिरण, पृथ्वीबाट दूरी, माइक्रोग्य्राभिटिको असर र जटिल एवं महिनौसम्म यानभित्रको बन्द वातावरणमा रहनु अन्तरिक्ष यात्रीका लागि असहज हुने अध्ययनहरूले देखाएका छन् । नासाका अनुसार पृथ्वीबाट मंगलमा पुग्न ६ देखि ९ महिना लाग्छ । सबैभन्दा सहज र ऊर्जा-मितव्ययी मार्ग मानिने ‘होम्यान ट्रान्सफर अर्बिट’ प्रयोग गर्दा पनि मंगलमा पुगेर पृथ्वीमा फर्किन करिब २ वर्ष लाग्ने अनुमान गरिएको छ ।



मंगलमा ९६ प्रतिशत कार्बनडाइअक्साइड र ०.१३ प्रतिशत अक्सिजन रहेको बताइन्छ । पृथ्वीमा २१ प्रतिशत अक्सिजन छ । त्यहाँको औसत तापक्रम माइनस ६३ डिग्री सेल्सियस छ । दिनमा २० डिग्रीदेखि माइनस १२५ डिग्री सेल्सियससम्म हुने पत्तो लागेको छ । पृथ्वीमा जस्तो म्याग्नेटिक फिल्ड र वायुमण्डल नभएकाले सौर्य ताप र अन्य खगोलीय विकिरणका कारण त्यहाँ लामो समय बस्दा स्वास्थ्य जटिलता उत्पन्न हुने ठानिएको छ ।



मंगलका केही ठाउँमा बरफ र वायु भेटिएकाले खाना, पानी र सास फेर्ने हावा त्यहीँ उत्पादन गर्न सकिने अपेक्षा गरिएको छ । तथापि, मंगलमा हप्तौँ र महिनौँसम्म धुलोको भयानक आँधी आउने भएकाले त्यसले पृथ्वीबाट पुगेका उपकरण र भविष्यमा हुने मानव अन्वेषणलाई ठूलो चुनौती खडा गर्ने ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...