मुख्य समाचार
सपथ ग्रहण गर्दै डोनाल्ड ट्रम्पले मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने बाचा
सपथ ग्रहण गर्दै डोनाल्ड ट्रम्पले मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने बाचा

— नेपाली समयअनुसार सोमबार राती अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा सपथ ग्रहण गर्दै डोनाल्ड ट्रम्पले मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने बाचा गरेका छन् । समारोहमा उनले ‘रातो ग्रह’ भनिने मंगलमा अमेरिकी झण्डा (तारा र धर्काहरू) फहराउने महत्वाकांक्षी योजना सुनाएका थिए । यसअघि सन् २०१७ को पहिलो राष्ट्रपतीय कार्यकालमा पनि ट्रम्पले मंगल ग्रहमा झण्डा गाड्ने भिजनलाई प्रमुख एजेन्डामध्ये राखेका थिए ।

मंगल ग्रहमा एस्ट्रोनट पठाउने ट्रम्पको घोषणा सुनेर सोमबार इन्यागुरेसन कार्यक्रममा विशेष अतिथिका रूपमा डायसको अग्रभागमा उभिएका सूचना प्रविधि कम्पनीका सीईओहरू उत्साहित बने । उनीहरूमध्ये ट्रम्पका निकट अर्ब पति इलन मस्क सबैभन्दा गद्गद देखिन्थे । अन्तरिक्षसम्बन्धी कम्पनी ,स्पेस एक्सका संस्थापक मस्कले मंगल ग्रहमा बस्ती बसाउने लक्ष्य लिएका छन् ।


मस्कले अमेरिकी अन्तरिक्ष अभियान चन्द्रमाभन्दा पर मंगल ग्रहमा केन्द्रित हुनुपर्ने सुझाव दिँदै आएका छन् । ट्रम्पले उनकै चाहनाबमोजिम मंगलमा अन्वेषण अघि बढाउने बताएपछि मस्क गद्गद हुँदै ताली बजाएका देखिन्थे । पृथ्वीभन्दा औसतमा करिब २२ करोड ५० लाख किलोमिटर पर रहेको मंगलमा मान्छे पुर्‍याउने मात्रै नभएर उपनिवेश नै स्थापना गर्ने मस्कको लक्ष्य छ ।

‘अमेरिकी अन्तरिक्ष यात्रीहरूलाई मंगल ग्रहमा स्टार्स एन्ड स्ट्राइप्स (झन्डा) फहराउन पठाएर हामी ताराहरूमा हाम्रो निर्धारित भविष्यका लागि खोज अघि बढाउनेछौँ,’ ट्रम्पले भनेका थिए । यसमा मस्कले ‘थम्ब्स अप’ दिँदै थपडी बजाए । उनले आफ्नो एक्स ह्यान्डलमा पनि ‘अमेरिका मंगलमा जाँदै छ’ लेखेर खुसी साटेका छन् ।

केही दिनअघि मात्रै मस्कले मंगल ग्रहमा उपनिवेश खडा गर्नु ‘जीवनको जीवन बिमा’ गरिएको हुने बताएका थिए । एक्सकै पोस्टमा उनले लेखेका थिए, ‘हामी सिधै मंगलमा जाँदै छौं, चन्द्रमा अवरोध मात्रै हो ।’ अन्तरिक्ष अभियानमा चन्द्रमातिर लाग्नु ध्यान भड्काउने काम (डिस्ट्रयाक्सन) भएको बताउने मस्कले यो साता मात्रै स्पेस एक्सको फालन ९ रकेटमार्फत दुई वटा निजी ल्यान्डर चन्द्रमामा पठाएका छन् । यसमा फायरफ्लाइ एरोस्पेसको ‘ब्लु गोस्ट’ र जापानी आइस्पेस कम्पनीको ‘रेजिलियन्स ल्यान्डर’ छन् ।

मस्कले अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई पनि चन्द्रमा अभियान छोडेर मंगल ग्रहतिर लाग्न आग्रह गर्दै आएका छन् । नासाले भने मंगल ग्रहमा मानिस पठाउने काम चन्द्रमामा पठाउनेभन्दा साह्रै कठिन भएको जनाएको छ । मंगल अभियानमा जाँदा अन्तरिक्ष विकिरण, पृथ्वीबाट दूरी, माइक्रोग्य्राभिटिको असर र जटिल एवं महिनौसम्म यानभित्रको बन्द वातावरणमा रहनु अन्तरिक्ष यात्रीका लागि असहज हुने अध्ययनहरूले देखाएका छन् । नासाका अनुसार पृथ्वीबाट मंगलमा पुग्न ६ देखि ९ महिना लाग्छ । सबैभन्दा सहज र ऊर्जा-मितव्ययी मार्ग मानिने ‘होम्यान ट्रान्सफर अर्बिट’ प्रयोग गर्दा पनि मंगलमा पुगेर पृथ्वीमा फर्किन करिब २ वर्ष लाग्ने अनुमान गरिएको छ ।



मंगलमा ९६ प्रतिशत कार्बनडाइअक्साइड र ०.१३ प्रतिशत अक्सिजन रहेको बताइन्छ । पृथ्वीमा २१ प्रतिशत अक्सिजन छ । त्यहाँको औसत तापक्रम माइनस ६३ डिग्री सेल्सियस छ । दिनमा २० डिग्रीदेखि माइनस १२५ डिग्री सेल्सियससम्म हुने पत्तो लागेको छ । पृथ्वीमा जस्तो म्याग्नेटिक फिल्ड र वायुमण्डल नभएकाले सौर्य ताप र अन्य खगोलीय विकिरणका कारण त्यहाँ लामो समय बस्दा स्वास्थ्य जटिलता उत्पन्न हुने ठानिएको छ ।



मंगलका केही ठाउँमा बरफ र वायु भेटिएकाले खाना, पानी र सास फेर्ने हावा त्यहीँ उत्पादन गर्न सकिने अपेक्षा गरिएको छ । तथापि, मंगलमा हप्तौँ र महिनौँसम्म धुलोको भयानक आँधी आउने भएकाले त्यसले पृथ्वीबाट पुगेका उपकरण र भविष्यमा हुने मानव अन्वेषणलाई ठूलो चुनौती खडा गर्ने ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दशकौँपछि पनि प्रशंसकको मनपर्ने बनेको आफ्नो चर्चित संवाद ‘खामोश’ का कारण परिचित बलिउड अभिनेता शत्रुघ्न सिन्हाले व्यक्तित्व अधिकारको मुद्दामा राहत पाएका छन् । भारतीय संचारमाध्यमका अनुसार मुम्बई उच्च अदालतले उक्त ‘खामोश’ संवाद सिन्हाको व्यक्तित्वसँग ‘विशेष रूपमा जोडिएको’ ठहर गरेको छ । अदालतले उनको अनुमति बिना उनको नाम, तस्वीर वा अन्य व्यक्तिगत पहिचान प्रयोग गरेर अनलाइन सामग्री ...
। रूसी सिनेटरले युक्रेनी सरकारले जानीजानी नागरिक र बालबालिकाहरूलाई निशाना बनाएर शान्ति सम्झौतामा ढिलाइ गर्न खोजेको आरोप लगाएका छन् । एनेर्गोदर स्थित एउटा विद्यालयमा युक्रेनी ड्रोनले आक्रमण गरेपछि रूसी पक्षबाट यस्तो कडा प्रतिक्रिया आएको हो । एनेर्गोदरका मेयर म्याक्सिम पुखोभका अनुसार एउटा युक्रेनी ड्रोन विद्यालयको आँगनमा रहेको रूखमा ठोक्किएर विस्फोट भएको थियो। उक्त समयमा विद्यालयमा ६०० ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डका बासिन्दाहरूको उपचारका लागि एउटा विशाल ‘हस्पिटल शिप’ पठाएको घोषणा गरेका छन् । यस कदमलाई उनले मानवीय सहायताको नाम दिए पनि यसले डेनमार्कसँगको कूटनीतिक तनावलाई थप बढावा दिएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ग्रिनल्याण्डमा धेरै मानिसहरू बिरामी परेको र उनीहरूको उचित उपचार नभएको दाबी गर्दै जहाज पठाएको बताएका छन्। यो ...
। ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी) की सह-अध्यक्ष एलिस वेइडेलले युरोपमा स्थायी शान्तिका लागि रूससँगको सहकार्य अनिवार्य रहेको बताएकी छिन् । वर्तमान जर्मन सरकारको विदेश नीतिलाई ‘त्रुटिपूर्ण’ भन्दै उनले मस्कोसँगको सम्बन्ध सुधार्नुपर्नेमा जोड दिएकी हुन् । चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमा रहेको सीभीयू/सीएसयू र एसपीडी गठबन्धनको कडा आलोचना गर्दै वेइडेलले वर्तमान सरकारको बाटो शान्तिपूर्ण नरहेको दाबी गरिन् । आफ्नो पार्टीले ...
। नासाका प्रशासक जारेड आइज्याकम्यानले प्राविधिक समस्याका कारण आगामी मार्चमा हुने भनिएको ‘आर्टिमिस २’ चन्द्र मिशन तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन् । ५० वर्षभन्दा बढी समयपछि मानवसहित चन्द्रमाको परिक्रमा गर्ने यो पहिलो मिशन थियो । फेब्रुअरी २१ मा रकेटको माथिल्लो हिस्सामा हिलियम ग्यासको प्रवाहमा अवरोध देखिएको थियो। रकेटको इन्धन ट्याङ्कीमा चाप सन्तुलन मिलाउन र इन्जिन ...