मुख्य समाचार
खानेपानी मन्त्री यादवले धरानमा खानेपानीको लागि यही वर्ष टेण्डर निकाल्ने आश्वासन
खानेपानी मन्त्री यादवले धरानमा खानेपानीको लागि यही वर्ष टेण्डर निकाल्ने आश्वासन

: खानेपानी मन्त्री प्रदिप यादवले धरानमा खानेपानीको समस्या चाँडै समाधान आश्वासन दिएका छन्। खानेपानी मन्त्रालयमा पुगेका धरानका मेयर हर्क साम्पाङलाई मन्त्री यादवले धरानमा खानेपानीको लागि यही वर्ष टेण्डर निकाल्ने आश्वासन दिएका हुन्।


मन्त्री यादवले आफू धरानवासीप्रति सधैँ सकारात्मक रहेको बताउँदै खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले धरानका जनताको माग अनुसार खानेपानी मन्त्रालयले काम गर्ने र धरानको समस्या छिटै समाधान हुने बताए। मन्त्री यादवले धरानमा मात्र हैन देशैभरको खानेपानीको समस्या समाधान गर्ने दावी गरे।

खानेपानी मन्त्री यादवसँगको भेटपछि मेयर साम्पाङले धरानमा खानेपानीको समस्या समाधान हुनेमा आफू सकारात्मक भएको बताए। धरानको खानेपानी समस्या समाधानका लागि मंगलबार सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानीमन्त्री यादवसँग भेट गरेर आफ्ना समस्या राखेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सत्तारुढ कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएका अध्यादेशले नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने व्यवस्था गरेको दाबी गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसद केसीले सरकारले हालैमात्र सरकारले ल्याएका कम्तीमा दुईवटा अध्यादेशले नीतिगत भ्रष्टाचारलाई बढावा दिने व्यवस्था गरेको बताए । सरकारलाई अध्यादेश ल्याउनका लागि संविधानले अधिकार दिएको तर त्यसको अर्थ जनप्रतिनिधिको संस्था ...
: गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान स्थायी रुपमा रोक्न भारतसँग सहमति गरेर अघि बढ्ने बताएका छन्। उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको मंगलबार अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने बताएका हुन्। ‘सप्तकोशीले गर्ने कटान रोक्न अस्थायी र दीर्घकालिन योजनासहित सरकारले कदम चाल्छ’, गृहमन्त्री लेखकले भने। तत्कालका लागि विपद् व्यवस्थापन विभागबाट अस्थायी ...
— पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभञ्ज्याङमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु भएको खुलेको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग प्र ००३–००१ प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको र मृत्यु हुनेमा आमाछोरा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जनाएका छन् । उनका अनुसार तनहुँको ऋषिङ ...
— सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद गोकुल बास्कोटाले बजेट पारित भएको महिनौं बितिसक्दा पनि योजनाको ठेक्का नलागेको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारले हालसम्म पनि योजनाको ठेक्का नलगाउँदा योजना आर्थिक वर्षभित्रै सम्पन्न हुनेमा उनले आशंका जनाए । सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसद बास्कोटाले बजेटमार्फत ल्याइएका योजना कार्यान्वयनमा भइरहेका ढिलाइबारे प्रश्न उठाएका हुन् । 'बजेट ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुनका लागि मंगलबार भैरहवा आइपुगेका छन्। लामिछानेमाथि जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएपछि अदालतमा उपस्थित हुनका लागि भैरहवा आइपुगेका हुन्। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा गत माघ ...