मुख्य समाचार
लेखा समितिका सभापतिलाई नैतिकताको आधारमा राजीनामा दिन माओवादीको माग
लेखा समितिका सभापतिलाई नैतिकताको आधारमा राजीनामा दिन माओवादीको माग

— प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई नैतिकताका आधारमा पदबाट राजीनामा गर्न आग्रह गरेको छ । लेखा समिति सभापति प्रतिपक्षी दललाई दिनुपर्ने, लेखा समिति सभापतिकी श्रीमती सहकारी ठगी र स्वकीय सचिव ठगी गरेको आरोप लागेको अवस्थामा पोखरेलले नैतिकताका आधारमा पदबाट राजीनामा गर्नुपर्ने माओवादीले माग गरेको हो ।

सार्वजनिक लेखा समितिको मंगलबारको बैठकको सुरुमै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभापति पोखरेललाई राजीनामा गर्न सुझाव दिए । 'सभापतिमाथि नैतिक प्रश्न उठेपछि मार्गप्रशस्त गरिदिने र लोकतान्त्रिक ढंगले प्रतिपक्षी दललाई दिन माग गर्दछु,' दाहालले भने, 'लेखा समिति सभापति प्रतिपक्षी दलको नेतालाई दिनुपर्ने अभ्यास छ । तपाईं सभापति बनिसकेपछि केही विषयवस्तु बाहिर आए । उहाँको स्वकीय सचिवमार्फत भएका विषयवस्तु पनि बाहिर आएका छन् ।'


सार्वजनिक लेखा समिति सभापतिले सरकारको पक्षपोषण गरिरहेको पनि दाहालको भनाइ थियो । पोखरेल एमालेका सांसद हुन् । ९५ उजुरी समितिमा थन्किएको अवस्थामा सभापतिले छलफलमा नल्याएको पनि दाहालको भनाइ थियो । 'सरकारले गरेका कुकर्म र दुष्कर्मको पक्षपोषण गर्ने, उजुरी रोक्ने, छोप्ने उद्देश्य तथा बदलनियत जोडिएका छन् कि भन्ने लागेको छ,' सभापति नछोड्नुको पछाडि यस्तो उद्देश्य रहेको हो कि भन्ने आशंका रहेको उनले बताए ।

सार्वजनिक लेखा समितिलाई सरकारको लाचार छायाँ बनाइएको पनि दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सत्तारुढ कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएका अध्यादेशले नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने व्यवस्था गरेको दाबी गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसद केसीले सरकारले हालैमात्र सरकारले ल्याएका कम्तीमा दुईवटा अध्यादेशले नीतिगत भ्रष्टाचारलाई बढावा दिने व्यवस्था गरेको बताए । सरकारलाई अध्यादेश ल्याउनका लागि संविधानले अधिकार दिएको तर त्यसको अर्थ जनप्रतिनिधिको संस्था ...
: गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान स्थायी रुपमा रोक्न भारतसँग सहमति गरेर अघि बढ्ने बताएका छन्। उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको मंगलबार अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने बताएका हुन्। ‘सप्तकोशीले गर्ने कटान रोक्न अस्थायी र दीर्घकालिन योजनासहित सरकारले कदम चाल्छ’, गृहमन्त्री लेखकले भने। तत्कालका लागि विपद् व्यवस्थापन विभागबाट अस्थायी ...
— पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभञ्ज्याङमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु भएको खुलेको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग प्र ००३–००१ प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको र मृत्यु हुनेमा आमाछोरा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जनाएका छन् । उनका अनुसार तनहुँको ऋषिङ ...
— सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद गोकुल बास्कोटाले बजेट पारित भएको महिनौं बितिसक्दा पनि योजनाको ठेक्का नलागेको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारले हालसम्म पनि योजनाको ठेक्का नलगाउँदा योजना आर्थिक वर्षभित्रै सम्पन्न हुनेमा उनले आशंका जनाए । सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसद बास्कोटाले बजेटमार्फत ल्याइएका योजना कार्यान्वयनमा भइरहेका ढिलाइबारे प्रश्न उठाएका हुन् । 'बजेट ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुनका लागि मंगलबार भैरहवा आइपुगेका छन्। लामिछानेमाथि जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएपछि अदालतमा उपस्थित हुनका लागि भैरहवा आइपुगेका हुन्। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा गत माघ ...