मुख्य समाचार
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-युक्रेन संकटका विषयमा नयाँ अमेरिकी प्रशासनसँग वार्ता गर्न खुला रहेको बताए
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-युक्रेन संकटका विषयमा नयाँ अमेरिकी प्रशासनसँग वार्ता गर्न खुला रहेको बताए

— रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-युक्रेन संकटका विषयमा नयाँ अमेरिकी प्रशासनसँग वार्ता गर्न खुला रहेको बताएका छन् । डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिका रूपमा शपथ लिएलगत्तै पुटिनको यस्तो भनाइ सार्वजनिक भएको हो । रूसको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा पुटिनले यस्तो बताएका हुन् ।

क्रेमलिनले जारी गरेको विज्ञप्तिमा पुटिनले देशको सुरक्षा परिषदका सदस्यहरूसँगको बैठकमा द्वन्द्वको मूल कारण सधैँका लागि हटाउने कुरामा विशेष जोड दिदै दीर्घकालीन शान्तिका लागि काम गर्नुपर्ने बताएको उल्लेख छ ।


राष्ट्रपति पुटिनले युक्रेन संकटको सम्भावित समाधानले अर्को द्वन्द्वको लागि सेनालाई पुनर्गठन गर्न अस्थायी युद्धविरामको सट्टा सबै क्षेत्रका देशहरूको वैध हितको सम्मानमा आधारित दीर्घकालीन शान्ति हुनुपर्ने कुरा दोहोर्‍याएका थिए । उनले भने, 'संवाद समानता र पारस्परिक सम्मानमा आधारित हुनेछ भन्ने धारणा हो, जसले रणनीतिक स्थिरता र सुरक्षासहितका प्रमुख विषयहरूमा हाम्रो देशहरूले खेल्ने महत्त्वपूर्ण भूमिकालाई विचार गर्नेछ ।'

सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा पुटिनले मस्कोले कहिले पनि वार्ता र छलफललाई अस्वीकार नगरेको बताउँदै अमेरिकी प्रशासनसँग सहकार्य गर्न सधैँ खुला रहेको बताए । यसका अलावा पुटिनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पदभार ग्रहणको बधाई पनि दिए । बैठकमा रुसी विदेशमन्त्री सर्जेई लाभरोभले मस्को नयाँ अमेरिकी प्रशासन र अन्य पश्चिमी नेताहरूसँग सम्पर्क गर्न तयार रहेको रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...