मुख्य समाचार
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-युक्रेन संकटका विषयमा नयाँ अमेरिकी प्रशासनसँग वार्ता गर्न खुला रहेको बताए
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-युक्रेन संकटका विषयमा नयाँ अमेरिकी प्रशासनसँग वार्ता गर्न खुला रहेको बताए

— रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-युक्रेन संकटका विषयमा नयाँ अमेरिकी प्रशासनसँग वार्ता गर्न खुला रहेको बताएका छन् । डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिका रूपमा शपथ लिएलगत्तै पुटिनको यस्तो भनाइ सार्वजनिक भएको हो । रूसको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा पुटिनले यस्तो बताएका हुन् ।

क्रेमलिनले जारी गरेको विज्ञप्तिमा पुटिनले देशको सुरक्षा परिषदका सदस्यहरूसँगको बैठकमा द्वन्द्वको मूल कारण सधैँका लागि हटाउने कुरामा विशेष जोड दिदै दीर्घकालीन शान्तिका लागि काम गर्नुपर्ने बताएको उल्लेख छ ।


राष्ट्रपति पुटिनले युक्रेन संकटको सम्भावित समाधानले अर्को द्वन्द्वको लागि सेनालाई पुनर्गठन गर्न अस्थायी युद्धविरामको सट्टा सबै क्षेत्रका देशहरूको वैध हितको सम्मानमा आधारित दीर्घकालीन शान्ति हुनुपर्ने कुरा दोहोर्‍याएका थिए । उनले भने, 'संवाद समानता र पारस्परिक सम्मानमा आधारित हुनेछ भन्ने धारणा हो, जसले रणनीतिक स्थिरता र सुरक्षासहितका प्रमुख विषयहरूमा हाम्रो देशहरूले खेल्ने महत्त्वपूर्ण भूमिकालाई विचार गर्नेछ ।'

सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा पुटिनले मस्कोले कहिले पनि वार्ता र छलफललाई अस्वीकार नगरेको बताउँदै अमेरिकी प्रशासनसँग सहकार्य गर्न सधैँ खुला रहेको बताए । यसका अलावा पुटिनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पदभार ग्रहणको बधाई पनि दिए । बैठकमा रुसी विदेशमन्त्री सर्जेई लाभरोभले मस्को नयाँ अमेरिकी प्रशासन र अन्य पश्चिमी नेताहरूसँग सम्पर्क गर्न तयार रहेको रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दशकौँपछि पनि प्रशंसकको मनपर्ने बनेको आफ्नो चर्चित संवाद ‘खामोश’ का कारण परिचित बलिउड अभिनेता शत्रुघ्न सिन्हाले व्यक्तित्व अधिकारको मुद्दामा राहत पाएका छन् । भारतीय संचारमाध्यमका अनुसार मुम्बई उच्च अदालतले उक्त ‘खामोश’ संवाद सिन्हाको व्यक्तित्वसँग ‘विशेष रूपमा जोडिएको’ ठहर गरेको छ । अदालतले उनको अनुमति बिना उनको नाम, तस्वीर वा अन्य व्यक्तिगत पहिचान प्रयोग गरेर अनलाइन सामग्री ...
। रूसी सिनेटरले युक्रेनी सरकारले जानीजानी नागरिक र बालबालिकाहरूलाई निशाना बनाएर शान्ति सम्झौतामा ढिलाइ गर्न खोजेको आरोप लगाएका छन् । एनेर्गोदर स्थित एउटा विद्यालयमा युक्रेनी ड्रोनले आक्रमण गरेपछि रूसी पक्षबाट यस्तो कडा प्रतिक्रिया आएको हो । एनेर्गोदरका मेयर म्याक्सिम पुखोभका अनुसार एउटा युक्रेनी ड्रोन विद्यालयको आँगनमा रहेको रूखमा ठोक्किएर विस्फोट भएको थियो। उक्त समयमा विद्यालयमा ६०० ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डका बासिन्दाहरूको उपचारका लागि एउटा विशाल ‘हस्पिटल शिप’ पठाएको घोषणा गरेका छन् । यस कदमलाई उनले मानवीय सहायताको नाम दिए पनि यसले डेनमार्कसँगको कूटनीतिक तनावलाई थप बढावा दिएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ग्रिनल्याण्डमा धेरै मानिसहरू बिरामी परेको र उनीहरूको उचित उपचार नभएको दाबी गर्दै जहाज पठाएको बताएका छन्। यो ...
। ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी) की सह-अध्यक्ष एलिस वेइडेलले युरोपमा स्थायी शान्तिका लागि रूससँगको सहकार्य अनिवार्य रहेको बताएकी छिन् । वर्तमान जर्मन सरकारको विदेश नीतिलाई ‘त्रुटिपूर्ण’ भन्दै उनले मस्कोसँगको सम्बन्ध सुधार्नुपर्नेमा जोड दिएकी हुन् । चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमा रहेको सीभीयू/सीएसयू र एसपीडी गठबन्धनको कडा आलोचना गर्दै वेइडेलले वर्तमान सरकारको बाटो शान्तिपूर्ण नरहेको दाबी गरिन् । आफ्नो पार्टीले ...
। नासाका प्रशासक जारेड आइज्याकम्यानले प्राविधिक समस्याका कारण आगामी मार्चमा हुने भनिएको ‘आर्टिमिस २’ चन्द्र मिशन तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन् । ५० वर्षभन्दा बढी समयपछि मानवसहित चन्द्रमाको परिक्रमा गर्ने यो पहिलो मिशन थियो । फेब्रुअरी २१ मा रकेटको माथिल्लो हिस्सामा हिलियम ग्यासको प्रवाहमा अवरोध देखिएको थियो। रकेटको इन्धन ट्याङ्कीमा चाप सन्तुलन मिलाउन र इन्जिन ...