मुख्य समाचार
भैरहवा आइपुगे रवि लामिछाने, भोलि अदालतमा उपस्थित हुने
भैरहवा आइपुगे रवि लामिछाने, भोलि अदालतमा उपस्थित हुने

: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुनका लागि मंगलबार भैरहवा आइपुगेका छन्। लामिछानेमाथि जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएपछि अदालतमा उपस्थित हुनका लागि भैरहवा आइपुगेका हुन्।


बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा गत माघ ६ गते अदालतमा दर्ता भएको पुरक अभियोगपत्रमा उनलाई प्रतिवादी बनाइएको छ।

बुद्ध एयरलाइन्सको उडान नम्बर यू ४-८५९ बाट श्रीमती निकिता पौडेल लामिछानेका साथ मंगलबार साँझ उनी भैरहवा आइपुगेका पुगेका हुन्। रास्वपा स्रोतका अनुसार अदालतमा मुद्दा दर्ता भएपछि उनी आफैँ अदालतमा उपस्थित हुनका लागि भैरहवा आएका हुन्।


हालसम्म सहकारीको रकम अपचलन गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीमा कुल ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ। यी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कुल एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदावी गरिएको छ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता छन् भने एक हजार ८ सय ७२ जनाले कुल ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका हुन्।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा धरौटी बुझाएर रिहा भएका छन्। कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटीमा लामिछाने थुनामुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सत्तारुढ कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएका अध्यादेशले नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने व्यवस्था गरेको दाबी गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसद केसीले सरकारले हालैमात्र सरकारले ल्याएका कम्तीमा दुईवटा अध्यादेशले नीतिगत भ्रष्टाचारलाई बढावा दिने व्यवस्था गरेको बताए । सरकारलाई अध्यादेश ल्याउनका लागि संविधानले अधिकार दिएको तर त्यसको अर्थ जनप्रतिनिधिको संस्था ...
: गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान स्थायी रुपमा रोक्न भारतसँग सहमति गरेर अघि बढ्ने बताएका छन्। उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको मंगलबार अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने बताएका हुन्। ‘सप्तकोशीले गर्ने कटान रोक्न अस्थायी र दीर्घकालिन योजनासहित सरकारले कदम चाल्छ’, गृहमन्त्री लेखकले भने। तत्कालका लागि विपद् व्यवस्थापन विभागबाट अस्थायी ...
— पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभञ्ज्याङमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु भएको खुलेको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग प्र ००३–००१ प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको र मृत्यु हुनेमा आमाछोरा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जनाएका छन् । उनका अनुसार तनहुँको ऋषिङ ...
— सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद गोकुल बास्कोटाले बजेट पारित भएको महिनौं बितिसक्दा पनि योजनाको ठेक्का नलागेको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारले हालसम्म पनि योजनाको ठेक्का नलगाउँदा योजना आर्थिक वर्षभित्रै सम्पन्न हुनेमा उनले आशंका जनाए । सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसद बास्कोटाले बजेटमार्फत ल्याइएका योजना कार्यान्वयनमा भइरहेका ढिलाइबारे प्रश्न उठाएका हुन् । 'बजेट ...
— वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रु ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । बाग्लुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार अपाह्न पक्राउ गरेको हो ...