मुख्य समाचार
राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका फेरि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) बाट बाहिरिने
राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका फेरि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) बाट बाहिरिने

— राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका फेरि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) बाट बाहिरिने भएको छ । सोमबार अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेसँगै ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै डब्लूएचओबाट बाहिरिने बताएका हुन् ।

ह्वाइट हाउसमा डब्लूएचओबाट बाहिरिने कागजातमा हस्ताक्षर गर्दै ट्रम्पले भनेका थिए, 'त्यो त ठूलोमध्येकै एक हो ।'


यसअघि पहिलो कार्यकालमा पनि ट्रम्पले डब्लूएचओसँग सम्बन्ध तोड्ने घोषणा गरेका थिए । कोरोना महामारीका बेला डब्लूएचओ चीनको 'कठपुतली' बनेको उनको आरोप छ । साथै कार्यकारी आदेशमा डब्लूएचओ संयुक्त राष्ट्र संघको हिस्सा भए पनि अमेरिकाले धेरै लगानी गर्नु परेको उल्लेख छ ।

राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो दिन(२१ जनवरी २०२१) मै डब्लूएचओबाट बाहिरिने ट्रम्प प्रशासनको निर्णय उल्टाइदिएका थिए । सन् २०२३ मा डब्लूएचओको कुल बजेटको २० प्रतिशत हिस्सा अमेरिकाले नै बेहोरेको थियो । विश्वव्यापी स्वास्थ्य संगठनका रूपमा रहेको डब्लूएचको वार्षिक बजेट करिब ६.८ बिलियन डलरबराबर रहेको छ ।

डब्लूएचओबाट बाहिरिने ट्रम्प प्रशासनको निर्णयप्रति जनस्वास्थ्य विज्ञहरू भने असन्तुष्ट छन् । मलेरिया, टिबी, एचआईभी र एड्सजस्ता सरुवा रोगहरूसँगको लडाइँमा अमेरिकी निर्णयले असर पुर्‍याउन सक्ने उनीहरूको भनाइ छ ।

बाइडेन प्रशासनमा कोभिड-१० प्रतिकार्यका संयोजक रहेका आशिष झाले यस निर्णयले विश्वसमुदायको स्वास्थ्यमा असर पुर्‍याउने मात्र नभई अमेरिकी नेतृत्व र वैज्ञानिक कौशलतामा पनि क्षति पुर्‍याउने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानमा तहरीक-ए-लब्बैकको विरोध प्रदर्शनका कारण राजधानी इस्लामाबाद जाने सडकहरू बन्द गरिएका छन्। सरकारले मोबाइल इन्टरनेट सेवा पनि बन्द गरेको छ। धार्मिक तथा राजनीतिक दल तहरीक-ए-लब्बैक (टीएलपी) ले आज इस्लामाबादमा विरोध प्रदर्शनको आह्वान गरेको हो। बीबीसी उर्दूका अनुसार टीएलपीको घोषणापछि गृहमन्त्री मोहसिन नक्वीले इस्लामाबाद र रावलपिंडीमा मोबाइल इन्टरनेट सेवा बन्द गर्ने निर्णय गरेका हुन्। ...
: नोबेल शान्ति पुरस्कारको घोषणापछि ह्वाइट हाउसले नोबेल समितिको आलोचना गरेको छ। ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीवन चेउङले समितिले शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको बताएका हुन्। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै चेउङले लेखे, ʻराष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौतामा मध्यस्थता गर्ने, युद्ध अन्त्य गर्ने र जीवन बचाउने काम जारी राख्नुहुनेछ। नोबेल समितिले शान्ति होइन, राजनीति रोजेको प्रमाणित गरेको छ।ʼ उनले ...
: इजरायलले ‘गाजा युद्धविराम र बन्धक रिहाइ’ सम्बन्धी योजनालाई स्वीकृत गरेको छ। प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयले एक वक्तव्यमार्फत् गाजा युद्धविराम र बन्धक रिहाइ’ सम्बन्धी योजना स्वीकृत गरेको जनाएको हो। नेतन्याहूले यसलाई महत्त्वपूर्ण घटनाक्रम भनेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका साथै अमेरिकी दूत स्टीभ विटकफ र ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नरलाई धन्यवाद दिएका छन्। विटकफ र ...
: इजरायल र हमासबीच दुई वर्ष लामो युद्ध अन्त्य गर्दै बाँकी बन्धकहरूलाई मुक्त गर्ने ऐतिहासिक सम्झौता बिहीबारदेखि लागू हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा तयार गरिएको यो चरणबद्ध सम्झौताले गाजामा स्थायी शान्तिको दिशा खोल्ने अपेक्षा गरिएको छ। सम्झौताको पहिलो चरणको कार्यतालिका यस्तो छ: बिहीबार - मध्यान्ह १२ बजे: गाजामा युद्धविराम औपचारिक रूपमा सुरु हुने। - साँझ ५ बजे: इजरायली ...
: २०२५ को लागि नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ। नोबेल समितिले भेनेजुएलाका जनताका लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्न, तानाशाहीको सामना गर्दै न्यायपूर्ण र शान्तिपूर्ण तरिकाले लोकतन्त्रका लागि लडेकोमा मारियालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको जनाएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नोबेल शान्ति पुरस्कारमा दाबी गर्दै आएका थिए। ट्रम्पले आफूले ...