मुख्य समाचार
राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका फेरि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) बाट बाहिरिने
राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका फेरि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) बाट बाहिरिने

— राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका फेरि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) बाट बाहिरिने भएको छ । सोमबार अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेसँगै ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै डब्लूएचओबाट बाहिरिने बताएका हुन् ।

ह्वाइट हाउसमा डब्लूएचओबाट बाहिरिने कागजातमा हस्ताक्षर गर्दै ट्रम्पले भनेका थिए, 'त्यो त ठूलोमध्येकै एक हो ।'


यसअघि पहिलो कार्यकालमा पनि ट्रम्पले डब्लूएचओसँग सम्बन्ध तोड्ने घोषणा गरेका थिए । कोरोना महामारीका बेला डब्लूएचओ चीनको 'कठपुतली' बनेको उनको आरोप छ । साथै कार्यकारी आदेशमा डब्लूएचओ संयुक्त राष्ट्र संघको हिस्सा भए पनि अमेरिकाले धेरै लगानी गर्नु परेको उल्लेख छ ।

राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो दिन(२१ जनवरी २०२१) मै डब्लूएचओबाट बाहिरिने ट्रम्प प्रशासनको निर्णय उल्टाइदिएका थिए । सन् २०२३ मा डब्लूएचओको कुल बजेटको २० प्रतिशत हिस्सा अमेरिकाले नै बेहोरेको थियो । विश्वव्यापी स्वास्थ्य संगठनका रूपमा रहेको डब्लूएचको वार्षिक बजेट करिब ६.८ बिलियन डलरबराबर रहेको छ ।

डब्लूएचओबाट बाहिरिने ट्रम्प प्रशासनको निर्णयप्रति जनस्वास्थ्य विज्ञहरू भने असन्तुष्ट छन् । मलेरिया, टिबी, एचआईभी र एड्सजस्ता सरुवा रोगहरूसँगको लडाइँमा अमेरिकी निर्णयले असर पुर्‍याउन सक्ने उनीहरूको भनाइ छ ।

बाइडेन प्रशासनमा कोभिड-१० प्रतिकार्यका संयोजक रहेका आशिष झाले यस निर्णयले विश्वसमुदायको स्वास्थ्यमा असर पुर्‍याउने मात्र नभई अमेरिकी नेतृत्व र वैज्ञानिक कौशलतामा पनि क्षति पुर्‍याउने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...