मुख्य समाचार
बार्सिलोनाले बेनफिकालाई उसैको मैदानमा ५-४ गोलले हराए
बार्सिलोनाले बेनफिकालाई उसैको मैदानमा ५-४ गोलले हराए

। यूरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार पुनरागमन जित हासिल गरेको छ । बार्सिलोनाले पोर्चुगिज क्लब बेनफिकालाई उसैको मैदानमा ५-४ गोलअन्तरले हराएको हो ।

खेलमा ४-२ ले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले शानदार पुनरागमन गर्‍यो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की र राफिन्हाले दुई-दुई गोल गरे भने एरिक गार्सियाको नाममा एक गोल रह्‍यो । बेनफिकाका लागि भान्जेलिस पाभिल्डिसले पहिलो हाफमै ह्‍याट्रिक गरे पनि व्यर्थ रह्‍यो ।




खेलको दोस्रो मिनेटमा नै बेनफिकाले अग्रता लिएको थियो । पाभिल्डिसले गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए । १३औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि खेल बराबरीमा आयो ।

२२औं मिनेटमा फेरि पाभिल्डिसको गोलमा बेनफिका खेलमा अगाडि आयो । ३०औं मिनेटमा उनले पेनाल्टीमार्फत ह्‍याट्रिक नै पूरा गर्दा पहिलो हाफमा बार्सिलोना ३-१ ले पछाडि रह्‍यो ।



दोस्रो हाफको ६४औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे । त्यसको चार मिनेटमा आत्मघाती गोलमार्फत बेनफिका ४-२ को अग्रतामा पुग्यो ।

त्यसपछि बार्सिलोनाको पुनरागमन सुरू भयो । ७८औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरे । ८६औं मिनेटमा एरिक गार्सियाले गोल गर्दै खेल ४-४ को बराबरीमा ल्याए । इन्जुरी समयको छैटौं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई उत्कृष्ट पुनरागमन जित दिलाए ।

च्याम्पियन्स लिग इतिहासमा ५-४ को अन्तरले खेलको नतिजा आएको यो पहिलोपटक हो । बार्सिलोनाले च्याम्पियन्स लिग वा यूरोपियन कपको कुनै पनि खेलमा २ गोलले पछाडि परेर पुनरागमन गर्दै खेल जितेको यो पहिलोपटक हो ।

४ भन्दा बढी गोल व्यहोरेर पनि खेल जित्ने बार्सिलोना दोस्रो टोली हो । यसअघि २०१६ मा बोरुसिया डर्टमुन्डले लेगिया वार्सलाई ८-४ गोलअन्तरले हराएको थियो ।

गएराति नै भएका अन्य खेलहरूमा लिभरपुलले लिललाई २-१ ले हराउँदा एट्लेटिको मड्रिडले बायर्न लेभरकुसनलाई २-१ ले हरायो ।

जितसँगै बार्सिलोना र लिभरपुलले अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दशकौँपछि पनि प्रशंसकको मनपर्ने बनेको आफ्नो चर्चित संवाद ‘खामोश’ का कारण परिचित बलिउड अभिनेता शत्रुघ्न सिन्हाले व्यक्तित्व अधिकारको मुद्दामा राहत पाएका छन् । भारतीय संचारमाध्यमका अनुसार मुम्बई उच्च अदालतले उक्त ‘खामोश’ संवाद सिन्हाको व्यक्तित्वसँग ‘विशेष रूपमा जोडिएको’ ठहर गरेको छ । अदालतले उनको अनुमति बिना उनको नाम, तस्वीर वा अन्य व्यक्तिगत पहिचान प्रयोग गरेर अनलाइन सामग्री ...
। रूसी सिनेटरले युक्रेनी सरकारले जानीजानी नागरिक र बालबालिकाहरूलाई निशाना बनाएर शान्ति सम्झौतामा ढिलाइ गर्न खोजेको आरोप लगाएका छन् । एनेर्गोदर स्थित एउटा विद्यालयमा युक्रेनी ड्रोनले आक्रमण गरेपछि रूसी पक्षबाट यस्तो कडा प्रतिक्रिया आएको हो । एनेर्गोदरका मेयर म्याक्सिम पुखोभका अनुसार एउटा युक्रेनी ड्रोन विद्यालयको आँगनमा रहेको रूखमा ठोक्किएर विस्फोट भएको थियो। उक्त समयमा विद्यालयमा ६०० ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डका बासिन्दाहरूको उपचारका लागि एउटा विशाल ‘हस्पिटल शिप’ पठाएको घोषणा गरेका छन् । यस कदमलाई उनले मानवीय सहायताको नाम दिए पनि यसले डेनमार्कसँगको कूटनीतिक तनावलाई थप बढावा दिएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ग्रिनल्याण्डमा धेरै मानिसहरू बिरामी परेको र उनीहरूको उचित उपचार नभएको दाबी गर्दै जहाज पठाएको बताएका छन्। यो ...
। ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी) की सह-अध्यक्ष एलिस वेइडेलले युरोपमा स्थायी शान्तिका लागि रूससँगको सहकार्य अनिवार्य रहेको बताएकी छिन् । वर्तमान जर्मन सरकारको विदेश नीतिलाई ‘त्रुटिपूर्ण’ भन्दै उनले मस्कोसँगको सम्बन्ध सुधार्नुपर्नेमा जोड दिएकी हुन् । चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमा रहेको सीभीयू/सीएसयू र एसपीडी गठबन्धनको कडा आलोचना गर्दै वेइडेलले वर्तमान सरकारको बाटो शान्तिपूर्ण नरहेको दाबी गरिन् । आफ्नो पार्टीले ...
। नासाका प्रशासक जारेड आइज्याकम्यानले प्राविधिक समस्याका कारण आगामी मार्चमा हुने भनिएको ‘आर्टिमिस २’ चन्द्र मिशन तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन् । ५० वर्षभन्दा बढी समयपछि मानवसहित चन्द्रमाको परिक्रमा गर्ने यो पहिलो मिशन थियो । फेब्रुअरी २१ मा रकेटको माथिल्लो हिस्सामा हिलियम ग्यासको प्रवाहमा अवरोध देखिएको थियो। रकेटको इन्धन ट्याङ्कीमा चाप सन्तुलन मिलाउन र इन्जिन ...