मुख्य समाचार
उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु
उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

। उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् ।

बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । त्यतिबेला होटलमा २३४ पाहुना थिए ।

आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका थिए । होटलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको थियो । अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको थियो ।

आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो । त्यसैले धेरैलाई होटलभित्रै पनि बाहिर निस्किने बाटो पहिल्याउन कठिन भएको थियो । स्थानीय मिडियाहरुका अनुसार आगो लाग्दा पनि चेतावनीको साइरन बजेको थिएन ।



टर्कीका गृहमन्त्री अलि येरलिकायाले घटनास्थलको निरीक्षणपछि ७६ जनाको मृत्यु र कम्तिमा ५० जना घाइते भएको जानकारी पत्रकारहरुलाई दिएका छन् । उनले यो घटनाबाट सरकार दुःखी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग भएको घोषणा गरेका छन् । यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्दै उनले भनेका छन्, ‘यो एक ठूलो फैसला हो ।’ ट्रम्पका अनुसार अमेरिकाले अन्य देशको तुलनामा डब्ल्यूएचओमा आबद्ध हुँदा अनुचित मूल्य चुकाइरहेको छ । ट्रम्पले विश्व स्वास्थ्य संगठन कोरोना लगायतका महामारीमा असफल भएको भन्दै आलोचना गर्दै ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका छन् । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बन्नुभएका ट्रम्प गत नोभेम्बरमा अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएका थिए । अघिल्लो कार्यकालमा पेरिस सम्झौताबाट अलग हुने घोषणा गरेका ट्रम्पले दोस्रो कार्यकालमा शपथसँगै पुनः पेरिस सम्झौताबाट बाहिरिने घोषणा गरे । ...
। यूरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार पुनरागमन जित हासिल गरेको छ । बार्सिलोनाले पोर्चुगिज क्लब बेनफिकालाई उसैको मैदानमा ५-४ गोलअन्तरले हराएको हो । खेलमा ४-२ ले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले शानदार पुनरागमन गर्‍यो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की र राफिन्हाले दुई-दुई गोल गरे भने एरिक गार्सियाको नाममा एक गोल रह्‍यो । बेनफिकाका लागि भान्जेलिस ...
— राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका फेरि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) बाट बाहिरिने भएको छ । सोमबार अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेसँगै ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै डब्लूएचओबाट बाहिरिने बताएका हुन् । ह्वाइट हाउसमा डब्लूएचओबाट बाहिरिने कागजातमा हस्ताक्षर गर्दै ट्रम्पले भनेका थिए, 'त्यो त ठूलोमध्येकै एक हो ।' यसअघि पहिलो कार्यकालमा पनि ट्रम्पले डब्लूएचओसँग सम्बन्ध ...
— रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-युक्रेन संकटका विषयमा नयाँ अमेरिकी प्रशासनसँग वार्ता गर्न खुला रहेको बताएका छन् । डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिका रूपमा शपथ लिएलगत्तै पुटिनको यस्तो भनाइ सार्वजनिक भएको हो । रूसको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा पुटिनले यस्तो बताएका हुन् । क्रेमलिनले जारी गरेको विज्ञप्तिमा पुटिनले देशको सुरक्षा परिषदका सदस्यहरूसँगको बैठकमा द्वन्द्वको मूल ...