मुख्य समाचार
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ

। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

बाग्लुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार अपाह्न पक्राउ गरेको हो ।




अभियुक्त परियारले २८ लाख, कार्कीले एक र बिष्टले दुई लाख ठगेको केन्द्रीय प्रहरी समाचारकक्षले मंगलबार जानकारी गराएको छ ।

उनीहरूलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोकिएर दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले ...
वनमन्त्री चिडियाखानाबाट सरे
: गौशाला नगरपालिकाले मातहतका क्रसर उद्योगहरुले मरहा खोलामा अवैध उत्खनन तथा प्रशोधन गरेको भेट्टिएपछि बन्द गर्न पत्राचार गरेको छ। नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने मरहा खोलामा गत माघ ११ र १२ गते अवैध उत्खनन गरेको नाप जाँच भएपछि त्यस स्थानमा रहेको ८ क्रसर उद्योगको ढुवानी, प्रशोधन र उत्खननमा रोक लगाएको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी ...
: नेपाल उद्योग वाणिज्य महासंघले निर्बाध रूपमा पेसा व्यवसाय गर्न पाउने र सम्पत्तिको हक सम्बन्धी नैसर्गिक अधिकारको सम्मान हुने गरी राजनीतिक दलहरूले घोषणापत्र तयार गर्नुपर्ने जनाएको छ। शनिबार काठमाडौंमा राजनीतिक दलका घोषणापत्रमा निजी क्षेत्रलाई समेट्नुपर्ने विषयहरू सार्वजनिक गर्दै महासंघले देशको रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व योगदानकर्ता एवं सम्पत्ति निर्माणकर्ता उद्यमी व्यवसायीको मनोबल उच्च राखी ...
: गोरखकाली रबर उद्योग पुनः सञ्चालन सुझाव कार्यदलले १० महिना लगाएर तयार गरेको प्रतिवेदन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासमक्ष पेस गरेको छ। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य जनकराज शाह नेतृत्वमा गठित पाँच सदस्यीय सुझाव कार्यदलले तयार गरेको १३ पृष्ठको सुझाव प्रतिवेदन बुधबार मन्त्री सिन्हासमक्ष पेस गरेको हो। प्रतिवेदनमा उच्च व्यावसायिक सम्भावना रहेको यस उद्योगको पुनः सञ्चालन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम